काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग टेलिफोन सम्वाद गरेका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई ओलीले फोन गरेर स्वास्थ्य लाभको कामना गरेका हुन् ।
फोनमा ओलीले नेपालको स्वास्थ्य लाभको कामना गर्दै नयाँ गठबन्धनअनुसार बनेको सरकारमा सामेल हुन पनि आग्रह गरेको ओली निकट एक नेताले बताए । उनका अनुसार नेपाललाई फोन गरेर फोनमा स्वास्थ्य लाभको कामना गर्दै नयाँ बनेको गठबन्धनलाई साथ दिन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
नेपालले भने प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा आउन आग्रह गरेको स्मरण गर्दै पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए । नेपालनिकट स्रोतका अनुसार ओलीको फोन आएको पुष्टि गरेको छ । तर, के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाएन। नेपाल अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका छन् ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले समेत नेता नेपाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । प्रचण्डले नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि ल्याउन कसरत गरिरहेका छन् । सोही कसरतस्वरुप पूर्वप्रधानमन्त्री नेपाललाई फकाउन उनकै निवासमा पुगेको आकलन गरिएको छ ।
कांग्रेससँग गठबन्धन तोडेर (एमाले)सँग नयाँ गठबन्धन बनाउने प्रक्रियामा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेपाल रुष्ट देखिएका छन् । कांग्रेस सम्मिलित गठबन्धन तोडेर सोमबार एमालेसहितको गठबन्धन बनेको थियो । गठबन्धनमा एमाले-माओवादीसहित रास्वपा र जसपा अटे पनि एकीकृत समाजवादी भने अटेको छैन ।
यसअघि केही दिनअघि नेपालले जनकपुर पुगेर देश बनाउने कुरामा तत्कालिन पूर्वप्रधानमन्त्रीहरूबीच सहकार्य हुनुपर्ने समेत बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: