काठमाडौं । नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धन तोड्न प्रयास गरिरहेको छ । काँग्रेसले नेकपा एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन प्रयास गरिरहेको हो ।
काँग्रेसले प्रधानमन्त्रीमा विभिन्न दलका नेताहरूलाई अफर गरेर वर्तमान गठबन्धन तोड्ने र नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन गरेको प्रयास पछिल्लो घटनाक्रमले पनि देखाएकामे छ । काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय मङ्गलवार दिनभर चर्चामा रहेको थियो । यसको लगतै बुधवार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको पनि चर्चा भइरहेको छ । तर, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रधानमन्त्रीमा कसैलाई पनि अफर नगरेको बताएका छन् । उनले प्रधानमन्त्रीको अफर गरेको विषय अस्वीकार गरे पनि काँग्रेस स्रोतलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।
धोका दिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्न नदिने प्रयासमा काँग्रेस रहेको छ । धोका दिएका प्रचण्डलाई पाखा लगाउन काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको चर्चा छ । काँग्रेस नेतृत्व निरन्तर अन्य दलसँगको संवादमा छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
गठबन्धनमा सहभागी हुन हतार नगर्न नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस भिापति शेरबहादुर देउवाले भेटेरै भनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्देश पठाएका छन् । यसैगरी काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि सन्देश पठाएर हतारमा नर्णिय नगर्न भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: