काठमाडौं । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।
बचत फिर्ताको लागि पटक–पटक सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेर कार्यालय बन्द गर्दै फरार भएका महर्जन पक्राउ परेका हुन् ।
उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी भइरहेको बताइएको छ । उक्त सहकारी कृष्ण महर्जनका परिवारका सदस्य र आफन्तहरु मिलेर चलाउँदै आएका थिए । कृष्णकी श्रीमती अञ्जलाले सो सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएकी थिइन् ।
यसैगरी उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन तथा सदस्यमा सिरु श्रेष्ठ र दिव्यश्वरी महर्जन रहेका थिए ।
सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका थिए । दिव्य शान्ति सहकारीमा बचतकर्ताको ३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: