आँखाको रङबाट थाहा हुन्छ मान्छेको व्यक्तित्व, मन पराएको मान्छे चिन्ने सजिलो उपाय
भाद्र ११ गते, २०७२ शुक्रवार 28th August, 2015 Fri१७:३३:०१ मा प्रकाशित
आँखाले सबैकुरा बताउँछ, यो कुरा भनाईमा मात्र सिमित छैन, यो वास्तविक पनि हो । तपाईं कसैको आँखाको रङ हेरेर उनको स्वभावको बारेमा बताउन सक्नुहुन्छ । कुनै पनि मानिसको आँखाले उसको बारेमा सबै कुरा बताउँछ । कुनै पनि मानिसको आँखामा हेरेर तपाईंले उक्त व्यक्तिको बिचारधारा कस्तो हो भन्ने बारे थाहा पाउन सक्नुहुन्छ । अर्थात कुनै मानिसहरुको उदासिनता, प्रेम, अपनत्व, द्वेष आदि भावनाहरुको बारेमा उसको आँखाको रंग हेरेर अन्दाज लगाउन सकिन्छ ।
आउनुहोस्, आज हामी तपाईंलाई मानिसहरुको आँखाको रङबाट मानिसको व्यक्तित्व बारे जानकारी लिऔंः
१. खैरो आँखाः
अन्य रंगको तुलनामा सबैभन्दा सामान्य रुपमा पाइने रङ हो यो । खैरो रङ भएका मानिसहरुको स्वभाव निकै राम्रो हुन्छ भने उनीहरु स्नेही हुने गर्दछन् । यस्ता मानिसहरु आकर्षित गर्ने किसिमका र घरभन्दा बाहिर रमाउने हुन्छन् । यी व्यक्तिहरु आफूले जे चाहन्छन् त्यो कुरा पाएरै छाड्छन् अर्थात् उनीहरु दृढ निश्चयी हुन्छन् । यस्ता व्यक्तिहरु पैसाको पछाडि लाग्दैनन् र साथीहरु बनाउनु पर्ने कुरामा विश्वास राख्छन् ।
२. खरानी रङको आँखाः
यस प्रकारका मानिस शान्त, बुद्धिमान र संगठित व्यक्तित्वका हुने गर्दछन् । उनीहरु आफैंमा हराउने किसिमका हुन्छन् तर निकै बफादार हुन्छन् । सादा बिचारधाराका यी व्यक्तिहरु भित्रैबाट बलियो र तर्कसंगत बिचार भएका हुन्छन् भने कुशल नेतृत्व गर्ने क्षमता राख्दछन् ।
३. कालो आँखाः
कालो आँखा भएका मानिसहरु भेट्न निकै कठिन हुन्छ । यस्ता मानिसहरु रहस्य राख्ने किसिमका र भावुक हुने गर्दछन् । यी मानिसहरुले अरुलाई झट्ट विश्वास गर्दैनन् तर साथीहरुका लागि आफ्नो ज्यान नै दिन तयार हुन्छन् । उनीहरु थोरै धैर्यहीन हुन्छन् तर निकै आशावादी हुने गर्दछन् । यस्ता मानिसहरु सबैभन्दा विश्वासीला मानिन्छन् ।
४. हरियो आँखाः
आँखाको रङमा सबैभन्दा रुचाइने रङ हो यो । यस्ता मानिसहरु वुद्धिमान र स्वचालित हुन्छन् । सम्बन्धको विषयमा उनीहरु निकै भावुक हुने गर्दछन् । साथीहरुमाझ उनीहरुलाई हाँस्न र बोल्न मनपर्छ । उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ । उनीहरु आफ्नो जीवन निकै निष्फिक्री रुपमा व्यतित गर्न चाहन्छन् तर उनीहरु थोरै इष्र्यालु स्वभावका हुन्छन् ।
५. निलो आँखाः
निसन्देह संसारभरी अत्यधिक रुचाइने आँखाको रङ निलो हो । निलो आँखा भएका मानिसहरु सुन्दर, दयालु र स्मार्ट हुन्छन् । मानिसहरुलाई आवश्यक परेको बेला सहयोग गर्न उनीहरु सधैं तत्पर हुने गर्दछन् । उनीहरु आकर्षक र फ्रेन्डली नभएपनि मानिसहरु उनीहरुलाई निकै रुचाउँछन् ।
६. हल्का खैरो आँखाः
आँखाको नानी हल्का खैरो भएका मानिसहरु रहस्मयी र स्वतन्त्र बिचारधाराका हुन्छन् । यस्ता मानिसहरु शिष्ट, दयालु, मृदुभाषी, आनन्दित र अनेक चरित्र विशेषता भएका हुन्छन् । उनीहरु आफैंलाई निकै हराइरहेका हुन्छन् । यस्ता मानिसहरुसँगै बस्नु निकै कष्टकर हुने गर्दछ ।
७. आँखा भेदभाव गर्दैनः
कुनै पनि व्यक्तिको आँखामा नियालेर हेरेको खण्डमा तपाईंले उक्त व्यक्तिको इमोसन र मुड थाहा पाउन सक्नुहुन्छ । हाम्रो रिस, प्रेम, उदासिनता र घुणाजस्ता भावहरु आँखाबाट पत्ता लाग्छ । आँखाले नै विपरित सेक्सका मानिसहरुलाई एक–अर्काप्रति आकर्षित गराउँछ । आँखाले नै हामीलाई भीडबाट अलग गराउँछ । तपाईं जुनसुकै देशबाट भएपनि तपाईंका आँखा जुनसुकै रङको होस् यसको विशेषता समान हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: