Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

डनलाई संरक्षण दिने नेताको नालीबेली

\"Don\"काठमाडाैं । प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरूले असुरक्षित महसुस गर्न थालेका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ –प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए । ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरू तर्सिएका हुन् । गुन्डागर्दीमा संलग्न केही विदेशसमेत भाग्न थालेका छन् ।
कांग्रेसका नेताहरूसँग निकट रहेका घैँटे ३ भदौमा मारिएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी, नेताहरू भीमसेनदास प्रधान, धनराज गुरुङलगायतसँग उनको राम्रो सम्बन्ध थियो ।
कसलाई कुन नेताको संरक्षण ?
पहिला राप्रपामा आबद्ध गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन् । ठूलो पार्टीले राम्रो पद नदिएपछि उनी लोकतान्त्रिक फोरमको नेता भएका हुन् ।
लामाले आफ्ना सहयोगीलाई फोरम लोकतान्त्रिकमा प्रवेश गराएका छन् । गृहजिल्ला काभ्रेमा उनको कमिटी नै छ । उनी गच्छदारकै संरक्षणमा छन् ।
जेल परेर पनि नसुध्रिएका भन्दै प्रहरीले निगरानीमा राखेका चक्रे मिलन (मिलन गुरुङ)को एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्धसमेत छ । नेपालकी श्रीमतीसँग चक्रेले भाइटीका लगाउँदै आएका छन् ।
ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रूपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ भने अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन् । ललितपुरमा महर्जनका विरोधी समीर केसीको सभासद् उदयशमशेर राणासँग राम्रो सम्बन्ध छ । सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ खुमबहादुर खड्काका निकट छन् ।
काभ्रेका सञ्जीव लामा, अजयमान श्रेष्ठलाई कांग्रेस नेताहरूले संरक्षण दिँदै आएका छन् । काठमाडौंका पुराना डन राजु गोर्खाली कांग्रेस पृष्ठभूमिका भए पनि उनको सम्बन्ध एमाले नेताहरूसँग समेत छ ।
नयाँबजार क्षेत्रका डन भनिने साजन महर्जनको एमाले नेताहरूसँगै राम्रो सम्बन्ध छ । उनी एमाले सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका नेताहरूसँग निकट छन् । उनी तीन वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए । हाल जेलमा रहेका भक्तपुरका ठूलो सगुन भनिने सगुन श्रेष्ठको कांग्रेस सभासद् मोहन बस्नेतसँग निकटता छ । पहिला गणेश लामाकै निकट रहेका मनोज आचार्य तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवको निकट छन् ।
प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माता मधु श्रेष्ठसमेत छन् । उनको कांग्रेस नेता मीनेन्द्र रिजालसँग राम्रो सम्बन्ध छ । धादिङका राधे भण्डारीको समूहलाई पनि कांग्रेस नेताहरूको संरक्षण छ । -
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending