Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तादी किनारमा बालविवाह विरुद्धको कथा

\"tadiकाठमाडौं । ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेसले स्थानीय भृकुटीमण्डपमा यही भदौ ४ –१२ गतेसम्म आयोजना गरेको पुस्तक प्रदर्शनी आफ्नो उपन्यास ‘तादी किनारको गीत’ सर्वाधिक बिक्री हुनेमा परेकामा स्रष्टा महेश पौड्याल दङ्गदास छन् । किशोर वयका लागि लेखिएको भनिएको सो उपन्यासले यसअघि ‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१’ पनि पाइसकेको छ । दुई वर्षअघि स्थापित ‘बुकआर्ट नेपाल’ले प्रकाशन गरेको सो कृति ‘सम्पूर्ण माझी समुदायमा समर्पित’ छ । काभे्रपलाञ्चोकको दोलालघाट वरिपरि र नुवाकोटको तादी नदी किनारका माझी समुदायमा केन्द्रित सो किशोर उपन्यास सो समुदायमा प्रचलित बालविवाहको परम्परा र यसले बाल तथा किशोरहरुलाई पार्ने प्रभावबारे घुमेको छ । कृति ‘कुमार’ जस्ता स्थानीय गुन्डाहरुको लुट र शोषण तथा आधुनिक मोटरबोटहरुको आगमनले माझीहरुको जीविकाको स्रोत डुङ्गाको विस्थापनले बसाइँ सर्नुपरेको लुखुम माझीहरुको दुःखको कथा पनि हो । कृति पाँच हजार प्रति छापिएकामा दुई हजार प्रदर्शनीमा लगिएको थियो । “हामी पनि छक्कै प¥यौँ युवा र किशोरहरुको हारालुछले” प्रकाशक बुकआर्ट नेपालका प्रकाशन विभागका प्रमुख कार्तिकेय घिमिरेले भने । “लेखकको प्राध्यापन पेसा,  युवा, किशोर र बालबालिकासँगसको सम्बन्धले पनि यसमा काम गरेको छ भन्ने हामीलाई लाग्छ” आफैँ बालसाहित्यमा संलग्न  घिमिरेले अनुमान छ । पौड्यालका यसअघि एक एक कथा र नाटक सङ्ग्रह तथा छ वटा अङ्ग्रेजी भाषामा किशोर उपन्यास प्रकाशन भइसकेका छन् । “करिब पाँच सात चोटि त म उपन्यास लेख्नका लागि काभ्रेपलाञ्चोक र नुवाकोट पुगेँ”लेखक पौड्यालले भने । हुन पनि त्यस भेगको प्राकृतिक र जनजीवनको परिवेशमा लेखक चुर्लुम्मै डुवेका छन् । बालखै कालमा विवाहका लागि मगनी हुने परम्परा, किशोरवस्थामा हुने विवाहपछि आइलाग्ने पारिवारिक झन्झट र महिलाको नाजुक स्वास्थ स्थितिलाई लखुम र दुखिनी पात्रमार्फत देखाइएको छ । काभ्रेपलाञ्चोकबाट बसाइँ सरी आएको लखुमको  छोरो बिकवा र नुवाकोट तादी किनारका तिल्केकी छोरी मालश्री पनि बालखै कालमा भावी विवाहका लागि जोडी बनेको निर्णय तिनका बाबुआमाले गरिसकेका थिए । तिनको बालप्रेमलाई पनि लेखकले रोचक पाराले बुनेका छन् । “बालक र किशोरहरुको मनोविज्ञान र प्रेमप्रसङ्गलाई निकै रमाइलो पाराले लेखकले यसमा राखिदिनुभएको छ, त्यसैले हामी युवा लेखकको पुस्तक प्रकाशन गर्न हौसियौँ” घिमिरेले भने । बुकआर्टले विशेषगरी बाल र किशोर साहित्य नै प्रकाशन गर्ने गर्छ । आफूले राजधानी नजिकैका जिल्लाको प्रचलनलाई लिएर लैङ्गिक सन्तुलनका साथ बाल, किशोर, युवा र प्रौढ पात्र सबैलाई एउटै कृतिमा राख्न सकेकाले पनि कृतिप्रति पाठकको चासो बढेको अनुमान ३४ वर्षीय लेखक पौड्यालले गरे । “यसमा पुरानो र आधुनिक दुवै युगको कथा छ, राजधानी नजिकका जिल्लाका कथा भएकाले यहाँका धेरै मानिसलाई  त्यो परिवेश थाहा पनि छ, अचेल पाठक आख्यानतिर आकर्षित हुनु पनि कृतिको सफलता हो ”त्रिवि र पोखरा विविसँग सम्बद्ध इलामे कृतिकारले भने । सरल भाषामा परम्परागत कथा भन्ने शैलीमा सपाट रुपमा नै कृति लेखिएको छ । प्रवाहमयता कृतिको अर्को विशेषता हो । ‘तादी किनारको गीत’ भनिए पनि मालश्रीले गाउने गीत सेती नदीसँग सम्बन्धित हुनु, ढुङ्गेमा बस्ने किशोर बिकवा तादीमा बस्ने मालश्रीसँग भेट्नका लागि बाबुआमाले रोकेर रोकिनु, ‘पोका पन्तरा’ शब्दका ठाउँमा ‘पोका पत्यौरा’ जस्ता शब्द लेखिनु र वर्णविन्यासमा एकरुपता नदेखिनु कृतिका केही दोष हुन् । गुन्डागर्दी गर्ने ‘कुमार’को नाम पर्नु संयोग मात्र  भए पनि धरहरा हेर्ने उत्कट इच्छा राखेकी दुखिनीले धरहरा ढलेपछि त्यसलाई देख्न नपाएको वर्तमान घटनासँग मेल खाएको कुरा कृतिमा आउनाले यसलाई मार्मिक त बनाएको छ नै समयलाई पनि मजासँग समातेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending