भाद्र १५ गते, २०७२ मगलवार 1st September, 2015 Tue१६:२६:२२ मा प्रकाशित
पाल्पा । तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गरेका छन् ।
प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएका कृषक गुरुङको घरमा दिनहुँ तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । तानसेन नगरपालिका– ११ लामडाँडा निवासी ५२ वर्षीय गुरुङले उत्पादन गर्नुभएका तरकारी किन्न उपभोक्ता, व्यापारी मात्र नभई चिकित्सक र नर्सहरु समेत पुग्ने गरेका छन् ।
प्राङ्गारिक रुपमा तरकारी उत्पादन गरेकै कारण अहिले उहाँको व्यवसाय फस्टाउँदै गएको छ । बजारमा पाइने तरकारीमा रासायनिक मल, विषादीको अत्यधिक प्रयोग भएका कारण लुम्बिनी मेडिकल कलेजका चिकित्सक, नर्सहरुले गुरुङको बारीमा आफैँ टिपेर तरकारी किन्ने गरेका छन् ।
‘रासायनिक मल र विषादीको प्रयोग नभएकै कारण आजसम्म लुम्बिनी मेडिकल कलेजका डाक्टर, नर्स लगायतका उपभोक्ताहरुको मन जितेको छु’ उनले भने ।
छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले रासायनिक मल र विषादीको प्रयोग गरेर स्वास्थ्य बिगार्नुभन्दा विषादीरहित तरकारी लगाउन गुरुङले सबैलाई सल्लाह दिएका छन् । कृषक गुरुङले रासायनिक मलको सट्टा गाउँ घरमै उत्पादन गरिएको गाईभैँसी, बाख्रा, कुखुराको मल विभिन्न स्थानबाट खरिद गरेर तरकारीमा प्रयोग गर्दै आएका छन् ।
तरकारीमा रोग किरा लागेको अवस्थामा घरमै तयार पारिएको जैविक विषादीको प्रयोग उनले गर्दै आएका छन् । बढ्दो सहरीकरणले सदरमुकाम तानसेनमा रहेका जग्गा घडेरीमा बिक्री भइरहेको अवस्थामा राजमार्गको छेउमा रहेको जग्गामा गुरुङले तरकारीखेती गरेका छन् ।
कैयौं पटक दलालहरुले जग्गा किन्न माग्दा पनि उनले बेचेनन् । त्यही जग्गामा गुरुङले तरकारीखेती गरेर वार्षिक रुपमा चारदेखि पाँच लाख आम्दानी गर्छन ।
तरकारी बेचेको आम्दानीले छोरीलाई तानसेनमा उच्च शिक्षा दिएका छन् । अहिले उनको बारीमा मौसमी तथा बेमौसमी जातका तरकारी फलिरहेको छ । गोलभेँडा, काँक्रा, तितेकरेला, खुर्सानी, सिमी, बोडी, भान्टालगायतका तरकारीको उत्पादन राम्रो रहेको उनले बताए ।
तीस वर्ष गाडी चालकका रुपमा काम गरेका गुरुङलाई अहिले परिवारको महत्व थाहा भएको छ । ‘गाडी चलाउँदा साँझ घरमा नआउँदासम्म परिवारलाई सधैँ पिरलो हुन्थ्यो, परिवारको मन सधैँ चिन्तित हुने गथ्र्यो, तर अहिले पारिवारिक मायाको छहारीमा खुसीसाथ दिन बित्ने गरेको छ”उनले भने ।
परिवारमा एक श्रीमती, तीन छोरीबाट उनले व्यवसाय गर्न राम्रो सहयोग पाएका छन् । गुरुङले तरकारीखेतीसँगै मकैखेतीमा समेत नयाँ प्रविधिबाट अनुसन्धान सुरु गरेका छन् । उनले जिल्ला कृषि विकास कार्यालयको सल्लाह विपरीत बारीमा डोरी टाँगेरै एकै स्थानमा दुईदेखि तीनवटा मकै रोपी अध्ययन सुरु गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिकहरुले एकै स्थानमा एकभन्दा बढी मकैको बीउ रोपिएको स्थानमा राम्रो उत्पादन नहुने सल्लाह दिए पनि परीक्षणका लागि एकै स्थानमा दुईदेखि तीनवटा मकैका बीउ रोपेका गुरुङले नसोचेको उत्पादन भएको बताए ।
उनी भन्छन् –‘प्राविधिकको सल्लाह विपरीत परीक्षणका रुपमा नयाँ प्रविधिबाट रोपेको मकैबारीमा अध्ययन अनुसन्धान गर्ने गरी फलेको छ ।’ एकै ठाउँमा रोपिएका दुईदेखि तीनवटा मकैका प्रत्येक बोटमा दुई दुईवटा घोगा फलेका छन् ।
मकैमा समेत कुनै रासायनिक मल नराखी घरायसी मलको प्रयोग गरिएको गुरुङले बताए । आफूले गरेको मकैको अनुसन्धानबाट मल भएमा थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिने विश्वास मिलेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: