Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विरगंजबाट प्रहरीको सुरक्षामा दुईसय मालबाहक राजधानी पठाइयो

\"truck\"वीरगन्ज । लामो समयसम्मको बन्दले आयात तथा निर्यात ठप्प भैरहेको अवस्थामा प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानी पठाइएको छ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै विगत १८ दिनदेखि मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा अलपत्र अवस्थामा रहेका दुई सय मालबाहक बाहनलाई बुधबार बिहान सुरक्षाकर्मीले सुरक्षा दिएर गन्तव्यतर्फ पु¥याएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा कायम गराउन सदरमुकाम वीरगन्ज क्षेत्रलाई अर्को आदेश नभएसम्मका लागि क्रमशः निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । यसैबीच सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्द र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरू पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् । लामो समयदेखिको बन्द र हडतालका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा १० अर्बभन्दा बढीको घाटा भइसकेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष प्रदीप केडियाका अनुसार यो औद्योगिक करिडोरमा उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र, श्रम बजारलगायतमा एक दिन बन्द हुँदा करिब ५६ करोड बराबरको नोक्सानी हुन्छ । उद्योग व्यवसायीहरुले औद्योगिक क्षेत्रलाई बन्द निषेधित क्षेत्रका रुपमा घोषणा गर्नु पर्ने बताएका छन् । औद्योगिक क्षेत्रभित्र सानाठूला गरी हजारभन्दा बढी उद्योग छन् । बन्दका कारण १८ दिनदेखि सबै उद्योग अहिले ठप्प छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending