Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

रोग भूकम्प पीडितको छाप्रोमा, औषधी सदरमुकाममा

\"dokoकाभ्रेपलान्चोक । साल्मेचाकल–५ की कान्छी मायाँ तामाङ ज्वरोले थलिएको १० दिन भयो । तर २ घण्टा पैदल हिडेर पुगिने स्वास्थ्य चौकीमा जाँदा सिटामोल समेत खाना नपाएर उनी रित्तो हात फर्किइन । धेरै दिनसम्म औषधी खाना नपाएका कारण ज्वरोले थलिएको उनको शरिर कमजोर हुदै गएपछि उनका छोरा बिरबहादुरले महाभारतको लेक हुदै दुई दिन पैदल हिडेर खोपासी आएर मेडिकलबाट औषधी किनेर आमालाई खुवाए । त्रिपालमुनिको बसाईले उनलाई ज्वरो निको भएसँगै फेरि पखाला लाग्न थाल्यो । नुनपानी खुवाउँदा समेत कम नभएपछि थप उपचारको लागि अस्पताल ल्याउदै गर्दा कामीडाँडामा भेटिए । उनले भेटको क्रममा यातायातात नपुगेका कारण डोको एम्बुलेन्सको प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । कार्णलीकै पर्यायवाचीका रुपमा चिनीने उक्त क्षेत्रमा सडक यातायातको असुविधाका कारण वर्षेनी अकालमै ज्यान गुमाउनु परेको छ उनले भने ।’ औषधि अभाव र स्वास्थ्यकर्मी बस्न नमान्ने मात्र भौतिक संरचनामा मात्र सिमित यी स्वास्थ्य संस्थाहरुले नियमित स्वास्थ्य सेवा नदिएको विषयमा जिल्लामा बेलाबेला सरोकारवाला निकायबाट कुरा पनि उठ्ने गरे पनि परिस्थिति ज्यूँकात्यू छ । दुर्गमका अधिकांश स्वास्थ्य संस्था नियमित राम्रोसँग नखुल्नु र औषधी सकिए पनि जिल्ला जनस्वास्थ्य कार्यालयमा लिन नजानुले पनि गाउँमा सिटामोल समेत नपाएको उनीहरुको गुनासो छ । स्वास्थ्य संस्थाको चरम लापरर्बाहीका कारण उपचारको लागि २ दिन पैदल हिँडेर सदरमुकाममा रहेको जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता दुर्गम क्षेत्रमा पर्ने गाविसका सर्वसाधारणहरुको रहेको फलामेटार–५ का शिक्षक अमर तितुङले बताए । ‘कर्मचारी नियमित कार्यालय जाने नगरेपछि मिल्चे, साल्मेचाकल, डाँडागाउँ, गोकुले, घर्तीछाप, साल्धारा लगायतका गाविसमा रहेका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु भ्ूाकम्प जानु अघि देखि जिर्ण बन्दै गइरहेका छन् उनले भने ।’ गाउँघरमा नियमित लगाउनुपर्ने खोप शिविरहरु पनि म्याद सकिएपछि सञ्चालन गर्ने गरेको स्थानीय वासिन्दाहरुको गुनासो रहेको छ । उनीहरु भन्छन, ‘सामान्य स्वास्थ्य उपचारको लागि स्वास्थ्य चौकी पुग्दा जहिलेपनि ताला लगाइएको हुन्छ ।’ गाउँको उपस्वास्थ्य चौकीमा तीन जना कर्मचारी दरबन्दी भएता पनि कर्मचारी कार्यालयमा नबस्ने बिरामी परेको बेला उपचारको लागि दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गोकुलेका रमेश तामाङ बताउँछन । उनले गाँउको नजिकै भनिएको स्वास्थ्य चौकीबाट बिरामी परेको बेला अहिलेसम्म एक ट्याबलेट सिटामोल सम्म नपाएको गुनासो गरे । बिद्यालय नजिकै अस्पताल भएपनि कर्मचारी स्वास्थ्य चौकीमा नबस्ने गरेपछि बिद्यार्थी बिमारी परेका बेला सामान्य उपचारको लागि जिल्ला पु¥याउनुपर्ने बाध्यता रहेको उनले बताए । जनताको लागि राजनीति गर्छु भन्नेहरु सामान्य बिरामी पर्दा पनि देश बाहिर पुग्ने गरेतापनि कतिपय डाँडापारि बासीहरु सिटामोल नपाएरै मर्ने गरेको तितो यथार्थ विद्यमान नरहेको मिल्चेका सरिता मगरले बताइन । पहिला गाविसमा प्रसुति गृह नभएकै कारणले एक महिलाको सुत्केरी भएको दश दिनमा र त्यसको केही दिनपछि बच्चाको पनि मृत्यु भएको स्वास्थ्यकर्मी दुत्तराज थापा सम्झन्छन् । अहिले भने गाबिसमै प्रसुति गृह भएकाले महिलाहरुलाई सफल प्रसुति गराउन सहज भएको समेत उनले जानकारी दिए । तर, यस्तो सेवा सबै गाविसमा उपलब्ध छैन । भौगोलिक रुपमा बिकट भएकाले एक गाबिस बाट अर्को गाविस जानको लागि करिब एक दिन लाग्ने गर्दछ । मुस्किलले गाँउगाँउबाट उपचारको लागि आएका सर्वसाधारण स्वास्थ्यकर्मीको अभावमा धेरै जसो उपचार बिना नै फर्किने गरेका छन् । कहिले स्थास्थ्य चौकीनै नखुल्ने खुले पनि जीवनजल, सिटामोल लगायतका औषधि नै नपाइने गुनासा स्थानीयहरुले गरेका छन् । नेपाल सरकारले देशका ग्रामिण बस्तीहरुमा स्वास्थ्य क्षेत्रमा करोडाँै लगानी गरेता पनि उचित अनुगमन तथा निरीक्षणको अभावले सरकारी लगानीको सही सदुपयोग हुन सकेको छैन । यस्ता कर्मचारीहरुलाई कारबाहिको लागि पटक पटक गृह प्रशासनमा माग गरेता पनि स्थानिय प्रशासनले कारबाही नगर्ने गरेको मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले बताए । ‘जिल्लामा आबद्ध बिभिन्न राजनीतिक दलहरुको ध्यानपनि यतातिर जाँदैन । चुनाब आएपछि विभिन्न आश्वासन देखाउँदै जनताको घरदैलोमा भोट माग्न पुग्दछन नेताहरु तर आफनो स्वार्थ पूरा भएपछि जनताको समस्यालाई फर्केर पनि हेर्दैनन,’ सम्बन्धित निकायले कार्यालय नजाने कर्मचारीहरुलाई कारबाहि गर्न खोजे उल्टै राजनितिक संरक्षण दिने प्रवृतिले गर्दापनि कर्मचारी छाडा भएको उनीहरुको भनाइ छ ।’ औषधि लिन दिनहँु नजिकैको स्वास्थ्य चौकी जाँदा औषधि छैन मात्रै भनेको र भएकोे औषधि पनि म्याद नाघेको भन्ने गरेको फलामेटार–९ की राधिका तामाङ बताउँछिन । आफै बिरामी परेका स्वास्थ्य चौकीहरु अधिकांश कार्यालय सहयोगिहरुको भरमा चलिरहेकाछन भने केहि स्वास्थ्य चौकिहरुमा त कार्यालय सहयोगिले नै औषधि बितरण गर्ने गर्दछन । राम्रो सेवा दिईरहेको स्वास्थ्य चौकीहरु दिनमा तिन घण्टामात्र खुल्ने गर्दछन । सबै स्वास्थ्य चौकिको औषधि ढुवानिको जिम्मा पाएका ठेकेदारहरुले समयमै औषधि नपु¥याउँदा पटक पटक औषधिको अभावसमेत हुने गर्दछ भने स्वास्थ्य प्रमुख र ठेकेदारको मिलेमतोले गर्दा औषधि ढुवानीमा ढिलाई हुने गर्दछ र म्याद गुर्जिन लागेको औषधि मात्र दुर्गममा आइपुग्ने गर्दछ । टाढा पर्ने स्वास्थ्य चौकिहरुको अबस्था एकदमै दयनीय छ । यता कार्यालयमा कर्मचारी नबस्ने गरेको गुनासो सर्वसाधारणबाट आइरहँदा गाउँघरका उपस्थ्वास्थ्य चौकीहरुबाट औषधि नपाएको सर्बसाधारणको गुनासो स्वभाबिक रहेको र जिल्ला भित्रका स्वास्थ्य कार्यालयहरुको प्रमुखको रुपमा रहेको जनस्वास्थ्य कार्यालयले औषधि पुगिसकेको भन्ने र समयमै औषधि नपठाउने भएकाले औषधिको अभाब हुनेगरेको जनस्वास्थ्य कार्यालयक एक कर्मचारीले नाम नछाप्ने सर्तमा भने । उनका अनुसार गाँउगाँउका रहेका स्वास्थ्य चौकिहरुमा औषधिको अभाब भइरहँदा यहाँ भने लाखौंको औषधि लुकाईएको छ । यी औषधिहरु गाँउ गाँउमा नपठाएर नै म्याद गुर्जिएको छ । जनस्वास्थ्य कर्यालयका एक अधिकृतका अनुसार स्वास्थ्यको मामलामा प्रमुख भुमिकामा रहेको जनस्वास्थ्य कार्यालयमा काभ्रेको स्टोरमा लाखाँै बराबरको म्याद गुर्जिएको औषधि थन्क्याईएकोे छ । कर्मचारीकै मनोमानीले गर्दा अस्पतालमा नबस्ने गरेको र हुनेखानेहरुले मात्र औषधि पाउने गरेको र सोझासाझा जनताले औषधि नपाउने गरेको स्थानियबासि बिशाल तामाङले बताए । यसरी सरकारी नुनपानी खाएरपनि जनताको सेवा गर्न हिचकिचाउने कर्मचारीविरुद्ध समयमै सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख राजेन्द्र प्रसाद शाहले केही समस्या देखिएपनि गुनसो गरे जस्तो नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending