Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बीस हजार सुधारिएको चुल्हो निर्माण

\"cooking\"इलाम । दुई वर्षको अवधिमा इलाममा २० हजारभन्दा बढी सुधारिएको चुल्हो निर्माण भएका छन् । सन् २०१७ सम्ममा घरभित्रको धुवाँमुक्त जिल्ला बनाउने लक्ष्यका साथ सन् २०१३ देखि सुरु गरिएको अभियानका क्रममा हालसम्ममा २० हजार १८० वटा सुधारिएको चुल्हो निर्माण गरिएका छन् । जिल्लाका ४३ गाविस र तीन नगरपालिकामध्ये सात वटा गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषित भइसकेका छन् भने चार वटामा चुल्हो निर्माण सकेर घोषणा चरणमा छन् । गोर्खे, सिद्धिथुम्का, लुम्दे, साँखेजुङ, सोयाङ, नामसालिङ, जितपुर गाविसलाई प्रदूषणमुक्त घोषणा गरिसकिएको छ । प्याङ, पुवामझुवा, माइमझुवा र जोगमाई गाविस घोषणा चरणमा रहेका छन् । चौसट्ठी हजार ५०० घरधुरीमध्ये ४४ हजार घरधुरीमा अझै पनि परम्परागत चुल्होको प्रयोग भइरहेको छ । फलामे चुल्हो निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिए पनि सुधारिएको चुल्हो भने अनुदानको व्यवस्था छैन । दुई मुखे फलामे चुल्होमा रु तीन हजार र तीन मुखे चुल्होमा रु चार हजार तथा लक्षित वर्गलाई प्रतिचुल्हो रु एक हजार थप अनुदानको व्यवस्था रहेको छ । उत्तरी क्षेत्रका घरधुरीमा भने फलामे चुल्हो बनाउने धेरै छन् । जिल्ला विकास समितिअन्तर्गत वातावरण ऊर्जा तथा जलवायु शाखाका अनुसार घरभित्रको सुधारिएको चुल्हो निर्माण अभियानलाई व्यापक बनाइएपछि धेरै चुल्हो बनेको नामसालिङ सामुदायिक विकास केन्द्रअन्तर्गत वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाको सेवा केन्द्रका संयोजक प्रकाश खतिवडाले बताए । जिल्लाका गजुरमुखी, इभाङ, शान्तिडाँडा, साङरुम्वा, दानाबारी, चिसापानीलगायत १३  गाविसका ४० प्रतिशत घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेको छ । यी गाविसलाई चालु आवमा घरभित्रको धुवाँमुक्त बनाउने लक्ष्यका साथ चुल्हो निर्माणलाई प्राथमिकता दिइएको खतिवडाको भनाइ छ । खुला दिसामुक्तलाई गाविसले न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो सूचक मानेको छ भने घरभित्रको धुवाँमुक्तलाई दोस्रो सूचकका रुपमा लिइएको छ । सुधारिएको चुल्हो निर्माण अभियानलाई प्रभावकारी बनाउन जिविसले गाविस सचिवको क्षमता अभिवृद्धि, सुधारिएको चुल्होको तथ्याङ्क अद्यावधिक गर्ने र चुल्हो प्रवद्र्धकलाई तालिमजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । सुधारिएको चुल्हो क्षेत्रमा जिविस, नामसालिङ सामुदायिक विकास केन्द्रलगायत गैरसरकारी संस्था सक्रिय छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy