काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान गरेको बुझ्न सकिन्छ ।
ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
फाल्गुन ३० गते, २०८१ - १४:४४
काठमाडौं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
फाल्गुन ३० गते, २०८१ - १३:२३
काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक जना मानिसलाई उनकी सौतेनी आमाले २० वर्षसम्म सानो कोठामा थुनेर राखेको बताइएको छ। अधिकारीहरूका अनुसार बन्धक बनाइएका व...
प्रतिकृया लेख्नुहोस्: