Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सीमांकनपछि २४ दिन मा २४ को मृत्यु : यस्तो छ झडप र आन्दोलनको नालिबेली

\"surkhet-andalon\"कहिले, कहाँ र को ? २५ साउन: सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्यु । मृतकहरूलाई सहिद घोषणा र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि ३२ साउनमा मात्र आफन्तले शव बुझे १ भदौ: सप्तरीको भारदहमा प्रहरीको गोलीले राजेन्द्र (राजीव) राउतको मृत्यु । राउतका परिवारले सात दिनपछि शव बुझेका थिए । ३ भदौ: बन्दको प्रतिकारका क्रममा प्रहरीको गोलीबाट भैरहवाको दण्डखोलामा दुर्गेश यादव, सुनील यादव र सुधीराम यादवको मृत्यु । ६ भदौ : कर्णाली आन्दोलनका क्रममा ३१ साउनमा घाइते भएका हरिबहादुर कुँवरको उपचारको क्रममा काठमाडौंमा मृत्यु । ७ भदौ: रौतहटको बिपी चोकमा प्रहरीको गोलीबाट रामकिशोर ठाकुरको मृत्यु । ७ भदौ: थरुहट संघर्ष समितिका कार्यकर्ताद्वारा टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारद्वय रामबिहारी ठाकुर र ललित साउद मारिए । गोलीको छर्रा लागेर दुई वर्षीय टेकबहादुर साउदको पनि मृत्यु भयो । १४ भदौ: आन्दोलनका क्रममा प्रहरीसँग झडप हुादा वीरगन्जमा दिलीप चौरसियाको मृत्यु । १५ भदौ: कफ्र्यु उल्लंघन गर्दा प्रहरीको गोलीबाट वीरगन्जमा मनियारी भवानीपुरका धर्मराज सिंह, बहुअरी नौतनका दीनानाथ साह, भोला साह र सोहन साह कलवारको मृत्यु । बाराको कलैया रंगपुरका हिफाजत मियाँको मृत्यु । अाजकाे नयाँ पत्रिका दैनिकमा नवराज मैनाली लेख्छन्- संघीयतामा सीमांकनको विषयलाई लिएर २४ दिनयता भएका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । झडपका क्रममा करिब चार सयजना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १५ आन्दोलनकारी, आठ प्रहरी र एक नाबालकको आन्दोलनका क्रममा मृत्यु भएको छ । मंगलबार रुपन्देहीमा एक व्यक्तिको शव भेटिएको छ । तर, सो शव आन्दोलनकारीको हो वा अन्यको भन्ने खुलेको छैन । कहिले, कहाँ र को ? २५ साउन: सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्यु । मृतकहरूलाई सहिद घोषणा र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि ३२ साउनमा मात्र आफन्तले शव बुझे १ भदौ: सप्तरीको भारदहमा प्रहरीको गोलीले राजेन्द्र (राजीव) राउतको मृत्यु । राउतका परिवारले सात दिनपछि शव बुझेका थिए । ३ भदौ: बन्दको प्रतिकारका क्रममा प्रहरीको गोलीबाट भैरहवाको दण्डखोलामा दुर्गेश यादव, सुनील यादव र सुधीराम यादवको मृत्यु । ६ भदौ : कर्णाली आन्दोलनका क्रममा ३१ साउनमा घाइते भएका हरिबहादुर कुँवरको उपचारको क्रममा काठमाडौंमा मृत्यु । ७ भदौ: रौतहटको बिपी चोकमा प्रहरीको गोलीबाट रामकिशोर ठाकुरको मृत्यु । ७ भदौ: थरुहट संघर्ष समितिका कार्यकर्ताद्वारा टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारद्वय रामबिहारी ठाकुर र ललित साउद मारिए । गोलीको छर्रा लागेर दुई वर्षीय टेकबहादुर साउदको पनि मृत्यु भयो । १४ भदौ: आन्दोलनका क्रममा प्रहरीसँग झडप हुादा वीरगन्जमा दिलीप चौरसियाको मृत्यु । १५ भदौ: कफ्र्यु उल्लंघन गर्दा प्रहरीको गोलीबाट वीरगन्जमा मनियारी भवानीपुरका धर्मराज सिंह, बहुअरी नौतनका दीनानाथ साह, भोला साह र सोहन साह कलवारको मृत्यु । बाराको कलैया रंगपुरका हिफाजत मियाँको मृत्यु । प्रहरीको २४ साउनदेखि १५ भदौसम्मको तथ्यांकअनुसार विभिन्न ठाउँमा भएका झडपका क्रममा एक सय ९० प्रहरी घाइते भएका छन् । आन्दोलनकारीतर्फ एक सय ९५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रमुख दलले संघीयतामा ६ प्रदेशको सीमांकनको टुंगो लगाएलगत्तै मध्यपश्चिममा आन्दोलन चर्किएको थियो । मध्यपश्चिम टुक्रयाइएको भन्दै आन्दोलनकारीले नेताहरूको घरमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा गत २५ साउनमा सुर्खेतमा तीनजनाको मृत्यु भएको थियो । ३१ साउनमा जुम्लामा पनि प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मध्यपश्चिमसँगसँगै तराईमा आन्दोलन चर्कियो । दलहरूले ४ भदौमा ६ बाट ७ प्रदेशमा जाने निर्णय गरी मध्यपश्चिमलाई यथावत् राखेपछि मध्यपश्चिमको आन्दोलन रोकियो । तर, तराईमा निरन्तर बन्द र आन्दोलन चलिरहेको छ । तराईमा आन्दोलन उग्र हुँदै गएपछि शान्तिसुरक्षामा सेनालाई समेत स्थानीय प्रशासनको मातहतमा खटाउन थालिएको छ । १९ दिनदेखि निरन्तर तराई बन्द हुँदा जनजीवन कष्टकर भएको र प्रतिकार हुनसक्ने अवस्था देखिएको भन्दै छिटो समस्या समाधान हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । ‘बन्दको प्रतिकारमा सर्वसाधारण सडकमा उत्रिए भने त्यो अवस्थामा स्थिति भयावह हुनसक्छ,’ तराईका एक प्रहरी अधिकारी भन्छन्, ‘राजनीतिक नेतृत्वले तराईको अवस्थालाई अझै बुझ्न सकेको छैन जस्तो छ ।’ प्रहरीले राति स्कर्टिङ गरेर मालबाहक ट्रक तथा यात्रुबाहक सवारीसाधन गन्तव्यमा पुर्‍याउँदै आएका छन् । तराईका २० जिल्लामध्ये झापा, चितवन र कञ्चनपुरबाहेकका अन्य जिल्ला ठप्पजस्तै छन् । कहाँ–कहाँ स्कर्टिङ ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई–मधेस बन्द रहेकाले मंगलबार राति र बुधबार बिहान पश्चिमबाट पूर्व जाने एक सय ६७ वटा र पूर्वबाट पश्चिम जाने एक सय ५६ वटा बसलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । मध्य क्षेत्रअन्तर्गत वीरगन्ज भन्सारबाट पेट्रोल ३६, डिजेल ३६, ग्यास २३, हवाई इन्धन तीन, कन्टेनर २८ वटा गरी एक सय २६ वटा सवारीसाधन भित्रिएका छन् । पूर्वबाट पश्चिमतर्फ लागेका दुई सय ५१ र पश्चिमबाट पूर्व लागेका एक सय ८२ वटा सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रअन्तर्गत नवलपरासीमा पूर्वबाट पश्चिम आएका तीन सय ९९ वटा र पश्चिमबाट पूर्व गएका चार सय १५ वटा सवारीसाधनलाई स्कर्टिङ गरी सिमाना पार गराइएको प्रहरीले जनाएको छ । बेलहिया नाकाबाट एक सय ११ वटा मालबाहक ट्रक भित्रिएको र ७७ वटा खाली मालबाहक गाडी भारततर्फ गएका छन् । मध्यपश्चिम क्षेत्रअन्तर्गत पूर्वतर्फ तीन सय ३२ वटा र पूर्वबाट पश्चिमतर्फ एक सय ४२ वटा सवारीसाधन स्कर्टिङ गरी गन्तव्यतर्फ पठाइएको छ । बाँके जमुना नाकाबाट ५५ वटा सवारीसाधन नेपाल भित्रिएका छन् । सुदूरपश्चिम क्षेत्रअन्तर्गत पूर्वबाट पश्चिमतर्फ चार ट्रक र पूर्वबाट पश्चिम आएका बस ११, ट्रक १७ र तीनवटा जिपलाई प्रहरीले स्कर्टिङ गरी पठाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending