Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पत्रकार उजीर मगरकाे अनुभव, सद्भाव पुनर्जागृतको पक्षामा टीकापुर

\"ujeer\"७ भदौको टीकापुर घटनालगत्तै पत्रकारमाथि कुटपिट, मिडिया कार्यालय तोडफोडलगायतका घटना भए । त्यसबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको आठ सदस्यीय मिडिया मिसन टोली १२ भदौमा टीकापुर पुग्यो । त्यो टोलीको नेतृत्व गरेका थिए, महासंघका महासचिव उजिर मगरले । उनले घटनापछिको टीकापुर र पत्रकारको अवस्थाबारे लेखेका छन् स् किन गयो महासंघको टोली र ? टीकापुर घटनापछि पत्रकारमाथि आक्रमण, धम्की, सञ्चारगृहमा आगजनीजस्ता घटना भए । सूचनाको सही पहिचान नहुँदा सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या धेरै बढाइदियो । जसले पत्रकारमाथि नै प्रश्न उठायो । घटनाको सही सूचना नपाएपछि पाठक, दर्शक र स्थानीय बासिन्दा आक्रोशित बने । अप्रिय घटना भयो । आक्रोशित स्थानीय बासिन्दाले टीकापुरस्थित फूलबारी एफएम रेडियो तथा बजारका केही पसल र दर्जनबढी घरमा आगजनी गरे भदौ ८ गते ।   सुदूरपश्चिमका नौ जिल्लालाई मिलाएर अखण्ड सुदूरपश्चिम कायमै राखी प्रदेश बनाउनुपर्ने अखण्ड पक्षको माग । थारू बहुल जिल्ला कैलाली, कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग गरी पूर्वका तराई जिल्लासहित थरुहट प्रदेश बनाउनुपर्ने थारू समुदायको मुख्य माग हो । यी माग अहिले मात्रै उठेका होइनन् । यही मुद्दालाई लिएर ०६९ मा दुवै पक्षले सुदूरपश्चिम बन्द, हडताल गरिरहे । पहिलो संविधानसभा ०६९ जेठ १४ गते विघटन भएपछि स्थिति सामान्य बन्यो । सद्भाव पनि कायम भयो । दोस्रो संविधानसभापछि अहिले संविधान निर्माण सँघारमा पुगेका वेला दलहरूको सहमतिबीच कोरेको सीमांकनले दुई पक्षको मागलाई फेरि बल्झायो । कैलालीको आन्दोलनको केही प्रभाव बाँकेमा पनि देखियो । तर, बाँकेमा भिन्न । कोहलपुर क्षेत्रमा थारू समुदाय र नेपालगन्ज क्षेत्रमा मधेसकेन्द्रित दलले आन्दोलन चर्काए । गस्तीमा प्रहरी मात्र होइन, सेना पनि छ गस्तीमा प्रहरी मात्र होइन, सेना पनि छ आन्दोलनमा देखिने झडपका समाचार संकलन, प्रसारण, प्रकाशन गर्ने पत्रकारको धर्म हो । त्यही क्रममा पत्रकारहरू प्रताडित बने । सञ्चारमाध्यम बन्द भए । समाचार आफूखुसी, सम्प्रेषण भए । जसले टीकापुरलाई थप कहालीलाग्दो ‘युद्धभूमि’जस्तो गरी चित्रण हुन थाल्यो । \"tikapur\"यही अवस्थाबारे सत्यरतथ्य र यथार्थ वस्तुस्थिति बुझ्न नेपाल पत्रकार महासंघको आठ सदस्यीय मिडिया मिसन टोलीले भदौ १२ देखि १४ गतेसम्म टीकापुर ९कैलाली०, नेपालगन्ज ९बाँके०को स्थलगत अध्ययन गर्‍यो । त्यो टोलीको मैले नेतृत्व गरेको थिएँ । पत्रकारले किन भोग्नुपर्छ यस्तो पीडा र ? निषेधाज्ञा र कफ्र्युबाट बच्न स्थानीय प्रशासन, सुरक्षा निकाय, आन्दोलनरत पक्षसँग समन्वय गर्दै हाम्रो टिम दिउँसो दुई बजे टीकापुर पुग्यो । कतै सेना, कतै सशस्त्र र कतै नेपाल प्रहरीको डफ्फा देखियो । हामी सरासर फूलबारी एफएम स्टेसन पुग्यौँ । बाहिर एउटा मोटरसाइकल थियो, पूर्ण रूपमा जलेको । एफएमको साइनबोर्ड पनि जलेको थियो । हामी स्टेसनभित्र गयौँ । खरानीको गन्ध मात्रै थियो ।   त्यहाँबाट हामी सिद्धार्थ होटलको हलमा पुग्यौँ । त्यति धेरै पत्रकार साथीहरू सहभागी हुनुहोला भन्ने कल्पना पनि गरेका थिएनौँ । उखरमाउलो गर्मी थियो । पसिना बगाउँदै मिसनसँग साक्षात्कार गर्न आइपुग्नुभएका पत्रकार साथीहरूको हृदयविदारक कथाहरू सुन्यौँ । असार १ गतेदेखि पाँचवर्षे ‘लिज’मा योगेश रावलले लिएका थिए, फूलबारी एफएम । एफएमका सञ्चालकको नाम भने अझै थरूहटरथारूवान आन्दोलनका संयोजक रेशम चौधरीकै नाममा छ । रेशमकै एफएम भएका कारण जलाउँछौँ भनेर बारम्बार खबर आएको रावलले बताए ।   जिन्दगीभरि लेखेर, ऋण गरेर लगानी गरेको एफएम जलेपछि योगेश भक्कानिए, ‘असार १ गतेबाट पाँच वर्षका लागि मैले लिजमा लिएको थिएँ । मैले अहिलेसम्म पत्रकारिता गरेर एउटा कलमको भरमा कति कमाएको थिएँ होला र रु केही ऋण–धन गरेर पाँच वर्षका लागि लिजमा लिएको थिएँ । अब, सबै सकियो । के गर्ने भन्ने सोच्न सकेको छैन । पत्रकार साथीहरू र प्राविधिकलाई एकैछिन अघि बाहिर निस्क नभनेको भए उनीहरू त्यहीँ जल्ने रहेछन् । हाम्रो ज्यान त जोगियो अब के गर्ने ? महासंघ कैलाली शाखाका अध्यक्ष भरत शाहले अन्य घटनाको बेलीविस्तार लगाए । अखण्ड पक्षधर र थरुहट पक्षधर तथा प्रहरी प्रशासन तीनै पक्षबाट पत्रकारहरूलाई धम्की दिइएको रहेछ । पत्रकार साथीहरूमाथि कुटपिट भएको रहेछ । पत्रकारहरू पीडा पोख्छन्, ‘अखण्डको पक्षमा समाचारमा आए थरुहट पक्ष रिसाउने, थरुहटको पक्षमा आए अखण्ड पक्षधरले धम्की दिने’ समस्या कायमै छ । दुवै पक्षको स्थिति नियन्त्रण गर्ने नाममा प्रशासनले बल प्रयोग गर्दा पत्रकारसमेत मर्कामा परेका छन् । ‘पत्रकार हुँ’ भन्दाभन्दै कुटपिट र नियन्त्रणमा लिने काम भएको छ ।   साउन ३२ गते स्थानीय सुख्खडस्थित घोडाघोडी एफएमका स्टेसन मेनेजर हरेन्द्र चौधरी, समाचार प्रमुख नीलमकुमारी चौधरी अखण्ड सुदूरपश्चिम पक्षधरबाट कुटिए । अखण्ड पक्षधरले धनगढी एफएमका समाचार प्रमुख नृप रावल, पश्चिम टुडे एफएमका पासाङ ठकुल्लालाई नियन्त्रणमा लिए, क्यामेरा तोडफोड गरे । भदौ ४ गते कैलाली एफएमका स्टेसन म्यानेजर नवराज खनाललाई थरुहट पक्षकाले कुटपिट गरे । उनी चढेको मोटरसाइकल तोडफोड गरिदिए । आक्रोशको निशाना पत्रकारको मोटरसाइकल आक्रोशको निशाना पत्रकारको मोटरसाइकल यी घटनाले गर्दा पत्रकार साथीहरूको आत्मबल कमजोर भएको छ । समाज जसरी अखण्ड सुदूरपश्चिम र थरुहट दुई ध्रुवमा विभाजित भयो, त्यसरी नै पत्रकारहरूको मनोविज्ञान पनि विभाजित भयो । गणेश चौधरीले भने, ‘पहाडी भएकै कारण पहाडीयाको समाचार र थारू भएकै कारण थारू पक्षको समाचार लेख्छ भन्ने आरोप पत्रकारमाथि छ । समाचार सन्तुलित बनाउनेमा पत्रकारको पनि ध्यान पुगेन । एक पक्षीय समाचार आउँदा अर्को पक्षलाई चिढ्यायो । पत्रकारलाई समाचार संकलन गर्न त निकै सास्ती छ ।’ धनगढीका पत्रकार कर्ण शाहले पनि पत्रकारहरूमाथि परेको मनोवैज्ञानिक असरबारे बताए । शाहले भने, ‘राजनीतिकेन्द्रित समाचार बढी दिइरहेकाले समस्या आइरहेको छ । टीकापुर र धनगढीको स्थिति एउटै छैन । टीकापुरमा थारू समुदायबाट पहाडीया डराउँछन् । धनगढीमा पहाडीयाबाट थारूहरू डराउने अवस्था छ । कुटपिट भइहाल्ने भन्दा पनि मनोवैज्ञानिक त्रास बढी छ ।’ राज्यको उपस्थिति र सञ्चारकर्मीको समन्वय प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईं कैलाली पुगेको एक साता भयो । टीकापुरको घटनालाई सम्हाल्न पुगेका चापागाईंसँग धेरै सञ्चारकर्मीको पहुँच छैन । तर, चापागाईंले त्यसलाई व्यवस्थित गर्दै गरेको जानकारी दिए । ‘सूचना सम्प्रेषण गर्ने उचित प्रावधान यसअघि प्रशासन कार्यालयले बनाएको रहेनछ । म आएपछि यसलाई व्यवस्थित गर्ने प्रयास गरेको छु,’ चापागाईंले मिसन टोलीसँग प्रतिबद्धता जनाए । एकद्वार प्रणालीअनुसार सूचना सम्प्रेषण हुनुपर्ने पाठ टीकापुर घटनाबाट सिकेको उनले बताए । चापागाईंले भने, ‘सुरक्षा निकायबीच नै समन्वय तथा सूचनाको आदान–प्रदान नभएकोले यति भयानक घटना भएको ठानेको छु । सूचना शक्ति र समाधान हो । सूचनाले सन्निकटता ल्याउँछ । म मिडियाफ्रेन्डली छु । पत्रकारप्रति कुनै पक्षपात गरिँदैन । सबैलाई अझै मैले चिन्न पाएको छैन । प्रशासनको तर्फबाट पत्रकारको सुरक्षाका लागि हामी सधैँ तत्पर रहनेछौँ । नागरिकलाई सुसूचित गर्ने माध्यमलाई समस्या आउन नदिन म तयार छु ।’ सही सूचना नपाउँदाको सास्ती खेपेका टीकापुरका एक पत्रकारले आफूले रिपोर्टिङ गर्ने टिभीको सन्दर्भ औँल्याए, ‘मैले नौ शव मात्रै देखेको छु । अस्पतालमै छु । केन्द्रबाट फोनमा भनिन्छ– हैन यता गृहसचिवले पनि पुष्टि गरे । सबै सञ्चारमाध्यमले दिइसके । संख्या मात्र भन्नुपर्‍यो । मैले के भन्ने रु मेरो आँखाले नौ शव देखेको छ । केन्द्रले २१ भन्न लगाउँछ । यस्तो अवस्थाबाट हामीले कसरी रिपोर्टिङ गर्ने रु’ यतिवेला टीकापुरले के खोजेको छ  ? त्यो घटना र समाजमा भएका समस्या भित्री मनबाट पखाल्न चाहन्छन् टीकापुरवासी । तर, कहाँबाट सुरु गर्ने रु वातावरण बनेको छैन । निरन्तर कफ्र्यु, चर्को गर्मीबीचको दैनिकी जीवनयापन गर्न कसैलाई रहर छैन । अखण्ड र थारूवान शब्दले उनीहरूलाई दुई पक्षमा विभाजन गरेको छ । अहिलेसम्म दुवै पक्ष आन्दोलनकर्मीहरू आ–आफ्नो अजेन्डाबाट पछि हटेका छैनन् । मध्यमार्ग के हो, कतैबाट वैचारिक बहस चलाउन कोही तयारीमा छैनन् । बरु, केन्द्रीय नेताहरूको फरक–फरक धारणाले कैलालीवासीलाई झन् गहिरो विभाजनतिर लाने हो कि रु भन्ने आशंका पैदा गरेको छ । टीकापुर घटना न आन्दोलनकारीले चाहेर भयो, न राज्यले चाहेर । आखिर यसले राज्य र आन्दोलनकारी दुवैको शिर निहुरिएको छ । यो घटनालाई निष्पक्ष भएर हेर्दा राज्यले पर्याप्त सूचना प्राप्त नगर्नु, आन्दोलनकारीले आफ्ना कार्यकर्तालाई आन्दोलनको स्वरूपबारे जानकारी नदिनुको परिणाम देखिन्छ । अर्को पक्ष, अखण्ड र थारूवानबीचको दूरी किन बढ्छ  ? वर्षौँ सँगै बसेका, सँगै हिँडेका दुई समुदायबीच देखादेखसमेत हुनै नसक्ने गरी बिग्रिएको सम्बन्ध सुधारका लागि कैलालीमा निष्पक्ष सहजकर्ता चाहिएको छ । जो अखण्ड सुदूरपश्चिमको पक्षमा पनि नहोस्, थरूहट पक्षमा पनि नहोस् । बीचको बाटो पक्रिएपछि पक्कै टीकापुरको पुरानो सद्भाव पुनर्जागृत हुने निश्चित छ । यसका लागि जति अबेर गरियो, बिथोलिएको सद्भावले त्यति गहिरो खाल्डो खन्दै जानेछ । आजको नयाँ पत्रिका दैनिकबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending