Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

जसले छोरो मारे उसैलाई दही

महतकाे हत्या भएकाे स्थान र हत्यारालाई दहि खुवाउने उनकी आमा
पूर्व सा‌सद देवशंकर पाैडेल
पूर्व सा‌सद देवशंकर पाैडेल

लिखुखोला उपत्यकामा माओवादी खोज्दै सरकारी फौज गस्ति गर्दै थियो । वि.सं. २०५९ असाेज २४ गते पोकुमा पुगेर अमलबोटे निवासी मनबहादुर मगरलाई कव्जामा लियो । त्यसै गाउँका दुर्गाबहादुर राउतलाई पनि कव्जामा लिएर अनेक सोधखोज गर्‍यो । उनलाई पनि खानीटारको बाटो भएर लिएर हिँड्यो । केही पर छाँगोडाँडो भन्ने निर्जन पाखामा पुर्‍याएर दुबै जनालाई गोली हानेर हत्या गर्‍यो । लास त्यतै पाखामा छाडेर नेपाली सेना आइतवारे खोल्सातिर गयो । 

तेर्सो बाटो हिँडिसकेर सेना खाल्टे खोलो तर्‍यो । सिमलबोटेको सानो उकालो चढेर बद्री महतको धनसारमा टुप्लुक्क पुग्यो । धनसारको कुलेसामा एकजना केटो घाँस काट्न भनेर ठूलो डोको र खुर्पा बोकेर उभिइरहेको थियो । सेना देखेर तर्सियो । सेनाले उसलाई जिस्क्याए । उसले बुझेन किनकी ऊ लठेब्रो स्वभावको थियो । सेनाले बद्रीका घुर्‍यानमा काँक्रा फलेका देखे । काँक्रा चिरेर खान भनेर एकजना सिपाहीले उक्त ठिटो अर्जुन महतसँग भएको खुर्पा माग्न हात पसार्‍यो । हँसिया लुट्न खोजेको ठानेर उसले सेनालाई हँसिया उज्यायो । भर्खरै दुईजनाको रगतसँग खेलेर आएको सेनाले मान्छे मार्नु सामान्य ठान्यो । त्यति नै बेला अर्को सेनाले २५ वर्षीय अर्जुन महतलाई गोली हानिदियो ।

अर्जुनका पेटमा गोली लाग्यो । अर्जुन ठहरै भए । उनले खाएको खाना बद्रीजीका घरको भित्ता र कुलेसामा छरपस्ट भयो । कुलेसामा मान्छे मारिराखेर सेना बाटो लाग्यो । सिम्लेखोलो तरेर केही माथीसम्म उकालो चढ्यो । उकालो विजुलीकोटको थियो । दाहिनेतिर एउटा घर देख्यो । केहि खान पाइन्छकी भनेर उक्त घरतिर तेर्सियो । घरमा अर्जुनकी आमा पद्मकुमारी महत हुनुहुन्थ्यो । उहाँले दही झिकेर दिनु भयो । खाउन्जेल घरमा कोको हुनुहुन्छ आमा भनेर सोधे । आमाले बताउँदै गर्दा एउटा छोरा डोको बोकेर घाँस काट्न गएको छ । त्यतै भेट्नु भयो होला, भन्नु भएछ ।

अब सेनालाई यही आमाको छोरा मारिएछ भन्ने महसुस भएर मुखामुख गरेछन् । दही खाइसकेर हतारहतार पैसा थमाएर बाटोलागे । उनिहरू दएलीडाँडा कट्न नपाउँदै छोरो मारिएको खवर आयो । पद्मकुमारी दिदीको जहाज डुब्यो । एकै छिनमा पुत्र शोकले विह्वल भइन् । परोपकारी आमाले “जसले छोरो मारे उनै सेनालाई दही खुवाउनु भएछ ।”

उता मानसिक समस्या भएकी बद्रीजीकी श्रीमती थप विरामी भइन् । एकान्त धनसारको कुलेसामा मान्छे मारेको विभत्स दृश्य आँखामा झल्झली आएर झन् विरामी परिन् । नानीहरू तर्सिएर उक्त घरमा बस्न सकेनन् । बद्री महतको परिवार पनि त्यस घरमा बस्न नसकेर विस्थापित भए । बेलुका सरकारी सञ्चार माध्यमले आतङ्ककारी मारिएको भनेर विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिले अर्जुन महत भन्न नजानेर “अर्जुन मगर” भनेको थियो । अर्जुन अविवाहित थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending