Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

केरला पहिरो अपडेटः एक नेपालीसहित ४५ जनाको मृत्यु, चार सय बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ३ बजे ४ ठाउँमा पहिरो खसेको थियो । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् । घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४०० भन्दा बढी व्यक्ति बेपत्ता छन् । ५० जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ ।

पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ । केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जानकारी दिए । तर, वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी रौनक: काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...

बुटवलमा नेकपाको घरदैलो अभियान तीव्र

परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे

भक्तपुर–२ः मतको खेल कसको फाइदामा ?

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...

इमाडोलमा जलेको बस अझै सडकमैः ६ महिनादेखि अलपत्र हुँँदा दैनिक हजारौं यात्रु प्रभावित

ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...

चुनावी घेराबन्दीमा एमाले: आफ्नै आधार जोगाउनै चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...

घोषणापत्रमा चुरे प्राथमिकता, कार्यान्वयनमा कति गम्भीरता ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...

अधिकारदेखि समृद्धिसम्म: मधेसको एजेन्डामा नेकपाको प्रतिवद्धता

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...

स्थिरता र सुधारको एजेन्डा लिएर मैदानमा नेकपा: ‘तारा’ परिवर्तनको आधार भएको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE