Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८२ मंगलवार | 23rd September, 2025 Tue
Investment bank

कोशी प्रदेशमा उत्कृष्ट झापाका एसपी मिलन केसी, यस्तो छ कार्यसम्पादन

खबरडबली संवाददाता

काठमाडौं . झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

भन्सार दाखिला गरिएको उक्त राजश्व गत आर्थिक वर्ष २०७९/८० को भन्दा ४३.२० प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो।

भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रहरी केन्द्रित बन्दा राजश्व संकलनको दर बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।

भारतसँग सीमा जोडिएका काँकडभिट्टा, नकलबन्दा, भद्रपुरलगायत क्षेत्रमा झापा प्रहरीले तस्करी नियन्त्रण अभियान चलाइरहेको छ।

‘सीमा क्षेत्रको मुख्य समस्या भनेको भन्सार चोरी र तस्करी हो, यसलाई नियन्त्रण गर्ने मामलामा हामी सबै रणनीति अपनाएका छौं,’ केसीले भने।

यस्तै, झापा प्रहरी फरार अभियुक्त पक्राउमा सफल देखिएको छ। प्रहरीले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ।

जस अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

उनीहरूबाट १८४ वर्ष १ महिना १३ दिन कैद र ५ करोड ४ लाख ९८ हजार १४३ रुपैयाँ जरिवाना असुल भएको छ।

आर्थिक वर्ष २०७९/८० मा २३० फरार प्रतिवादी पक्राउ परेका थिए। उनीहरूबाट २४७ वर्ष, एक महिना ७ दिन कैद र १ करोड २ लाख ६ हजार ३९५ रुपैयाँ जरिवाना असुल भएको थियो।

मानिस पक्राउमा उक्त आर्थिक वर्षको तुलनामा ८५.६५ प्रतिशत र जरिवाना असुलमा ३९४.७७ प्रतिशतले वृद्धि भएको केसीले बताए।

यसैगरी, झापा प्रहरी मुद्दा दर्तामा पनि सफल देखिएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा मुद्दा दर्ता बढेका छन्।

२०८०/८१ मा २०८२ वटा मुद्दा दर्ता भएका छन्। जसमा १४९५ जना प्रतिवादी पक्राउ परेका छन् । २०७९/८० मा १९०९ वटा मुद्दा दर्ता र १३८० जना प्रतिवादी पक्राउ परेका थिए।

झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्। विशेषगरी, झापामा लागुऔषध ब्राउनसुगरको कारोबार बढी हुने गरेको छ।

लागुऔषध नियन्त्रण तथा कारबाहीमा झापा प्रहरीको सक्रियता बढेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधतर्फ २९७ वटा मुद्दा दर्ता भएका छन्। त्यसमा ४६२ जना पक्राउ परेका थिए। तीमध्ये ४२९ पुरुष र ३३ जना महिला थिए।

उक्त आर्थिक वर्षमा २ किलो १७४ ग्राम १९५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो। यस अवधिमा अन्य विभिन्न किसिमका लागुऔषध बरामद भएको प्रहरी उपरीक्षक केसीले बताए।

बेवारिसे सवारी साधन लिलामतर्फ ४३ लाख ३७ हजार ७०० रुपैयाँ संकलन भएको छ। जसमा ५४१ थान सवारीसाधन बरामद भएका थिए।

बेवारिसे सवारीतर्फ निजी मोटरसाइकल ५३० थान, सरकारी मोटरसाइकल १, चार पांग्रे सवारी ६, सिटी २ थान, जिप भ्यान २ थान लिलाम भएका थिए।  

आर्थिक वर्ष २०७९/८० मा २०६ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमा ३३६ जना पक्राउ परेका थिए। तीमध्ये ३०१ पुरुष र महिला ३५ थिए। उक्त वर्षमा १ किलो ५५८ ग्राम ४५९ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।

नदीजन्य दोहनतर्फ प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ७४ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ। २०७९/८० मा नदीजन्य दोहनतर्फ १२ लाख ६० हजार ९०० रुपैयाँ बराबरको बरामद भएको थियो।

काठ तस्करीतर्फ आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ९४ हजार ८१० बराबरको र आर्थिक वर्ष २०८०/८१ मा ४० लाख ४५ हजार ५०० रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ।

एसपी केसी कार्यसम्पादनमा उत्कृष्ट

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन्।  उनी कार्य सम्पादनमा कोशी प्रदेशमा प्रथम भएका हुन्।

उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले नगदसहित पुरस्कार प्रदान गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाको अभिलेखमा रहने गरी पत्र लेखेको छ।  

केसीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्‍याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका थिए।

यस्तै, पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री र संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठ पनि पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद १ हजार ४ सयसहित पुरस्कृत गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकारिताकाे यात्राबाट मन्त्रीसम्म : ‘हटसिट’ का सञ्चालक अब सञ्चारमन्त्री

काठमाडौं । लामो समयदेखि पत्रकारितामा सक्रिय जगदीश खरेल सोमबारदेखि नेपालको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका छन् । इमेज टेलिभिजनमा दुई दशकभन्दा बढी स...

मन्त्रालयमै सुत्ने तयारी, खाट र किचनको व्यवस्था गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै बस्ने...

‘मन्त्रीज्यू, शिक्षा ऐन के हुन्छ अब ?’ महावीर पुनको उत्तर– ‘त्यो थाहा छैन’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि सिंहदरब...

नवनियुक्त मन्त्रीहरुको सपथ हुँदै

 काठमाडौं । अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियु...

नेपाल टेलिकमले मनाङका दुर्गम क्षेत्रमा 4G सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला मनाङका अत्यन्तै दुर्गम र विकट क्षेत्रहरूमा नयाँ बीटीएस स्थापना गरी 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। ...

कामबिहीन बन्दै हुलाक, पुरानो गौरव, आजको निराशा

नेपालमा हुलाक सेवाको इतिहास निकै पुरानो छ । आजभन्दा करिब साढे एक सय वर्षअघि चिठीपात्र आदान–प्रदान गर्ने मुख्य माध्यम हुलाक नै थियो । गाउँ–गाउँमा ‘हुला...

दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द

काठमाडौँ । दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुल...

आफैँ फर्किए भीमफेदी कारागारबाट भागेका ६८ कैदीबन्दी

हेटौंँडा । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुर...

फरार कैदीका कारण सुरक्षा चुनौती, कस्तो बन्दै छ सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना ?

काठमाडौं । हिन्दू नेपालीहरूको महान पर्व बडादसैँ घटस्थापनासँगै सुरु भएको छ। चाडपर्व नजिकिँदै गर्दा सुरक्षासम्बन्धी चुनौती थपिएको सुरक्षा निकायले जनाएको...

नागरिकता बनाउन झुठा विवरण सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सर्लाही  । झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । चारजना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending