Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कांग्रेसमा चिरैचिरा

\"congressकाठमाडौं । संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबाहेक सबैजसो नेताहरूले संविधानका कुनै न कुनै धारामा विमति राख्दै संशोधनको आग्रह गरेका छन्। नेतात्रयको संविधान विधेयकको एकोहोरो ढिपीलाई महामन्त्री कृष्णप्रसाद सिटौलाले भने साथ दिएका छन् । नेतात्रय र सिटौलाबाहेक केन्द्रीय समितिमा अरूको फरकमत देखिएको छ।   कतिपयले आफ्ना विमतिहरू पार्टीभित्र पेस गरेका छन् भने कतिपयले संविधानसभामै संशोधन प्रस्तावका रूपमा दर्ता गराएका छन्। सरकारको नेतृत्व गरेको पार्टीभित्र नयाँ संविधानको विधेयकमा देखिएको यति धेरै विमतिलाई सम्बोधन गर्ने विषयमा तीनै नेता मौन छन्।   पार्टीभित्रका जनजाति, थारू, दलित र मधेसी सभासद्को संविधानसभामा पेस भएको विधेयक र कांग्रेस, एमाले र एमाओवादीले पेस गरेको साझा संशोधन प्रस्तावमा असहमति छ। जनजाति र दलितले आफ्ना असहमतिलाई संशोधन प्रस्ताव दर्ता गरेरै रेकर्ड गराएका छन्।   \'मधेस र थारू आन्दोलनलाई सम्बोधन नगर्ने हो भने हामी सबै सभासद्को घर जल्छ, हिंसा बढ्छु, सभासद् डिल्ली चौधरीले भने, ुनेताहरूले मिलाउनुपर्छ, मिल्छ भन्दै आउनुभएको थियो तर तीन दलको साझा संशोधन परेपछि अब त्यो सम्भावना सकियो। मंगलबार नेताहरूसँग विस्तृत छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्छौं।\'   कांग्रेसका मधेसी र थारू सभासद्हरूले भने अझै पनि आफूहरूले उठाउँदै आएको माग नयाँ संविधानमा समावेश नहुने र तराईमा जारी आन्दोलनको बेवास्ता गरे संविधानसभा नै छोड्ने चेतावनी दिएका छन्। सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मधेसी र थारू सभासद्हरूको भेलामा बोल्ने अधिकांश सभासद्हरूले पार्टीले वास्तै नगर्ने हो भने राजीनामा दिनुपर्ने धारणा राखेका थिए।   \'संविधानसभाको प्रक्रिया अविलम्ब रोकी आन्दोलनरत समूहसँग वार्ता थाल्नुपर्ने भेलाको ठहर हो\' सभासद् अजयकुमार चौरासियाले भने, \'सबैलाई बाहिर राखेर संवधिान जारी गर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन, हामी यही कुरा पार्टी नेतृत्वसमक्ष राख्छौं।\'   कांग्रेसका नेतात्रय भने संविधानसभामा पेस भएको साझा संशोधन प्रस्तावमा तलमाथि गर्न नसकिने भन्दै सबैलाई संशोधन प्रस्ताव फिर्ता लिएर पार्टी नीतिअनुसार अघि बढ्न आग्रह गरिरहेका छन्। ुसबैको माग सकेसम्म सम्बोधन भएको छ। तीन पार्टीबीच सम्झौता गर्नुपर्ने भएकाले कतिपय विषयहरूमा हामीले सम्झौता गर्नुपरेको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending