Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कांग्रेसका मधेसी, थारुको माग- प्रक्रिया रोक, वार्ता थाल

\"surendra\"काठमाडौं/ कांग्रेसका मधेसी र थारू सभासद्ले संविधानसभाको प्रक्रिया स्थगित गरेर आन्दोलनरत दलसँग वार्ता गर्न नेतृत्वसँग माग गरेका छन् । थारू–मधेसीसहित १८ सभासद्ले वार्ता माग गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ -तराई मधेसका माग सम्बोधनका लागि संसदीय दलमा संशोधन हाले पनि पार्टीले छलफलसमेत नगरेको र पार्टीको संशोधनमा आफूहरूका माग सम्बोधन नभएको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले मधेसका माग सम्बोधन नभए आफूहरूलाई संविधानसभामा रहन अप्ठेरो पर्नेसमेत बताएका छन् । ज्ञापनपत्र बुझाउने सभासद्मा सुरेन्द्र चौधरी, अमरेशकुमार सिंह, राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव, किरण यादव, मीनाक्षी झा, रामअयोध्याप्रसाद यादव, राजेन्द्र अमात्यलगायत छन् ।
‘संशोधन प्रस्ताव हाल्दै संसदीय दलमार्फत पहिले पनि प्रधानमन्त्रीलाई मागका विषयमा ध्यानाकर्षण गराएका थियौँ, तर संशोधित प्रस्तावमा मागको सुनुवाइ नै भएन, छलफलका लागि समेत हाम्रो विचार गएन,’ सभासद् तेजुलाल चौधरीले नयाँ पत्रिकासित भने, ‘तराई मधेसबाट प्रतिनिधित्व गर्ने थारू, आदिवासी सबैले छोड्दै आन्दोलनमा गएका छन् । यो राजनीतिक समस्या हो । तुरुन्तै वार्ता गर्नुपर्छ, नभए प्रक्रिया लम्ब्याएर भए पनि वार्ताका लागि सिरियस भएर पहल गर्नुपर्ने मागसहित १८ सभासद्ले ज्ञापनपत्र बुझाएका हौँ ।’
उनीहरूले महिनौँदेखि तराई र मधेसमा आन्दोलन भए पनि समस्या समाधान गर्न प्रभावकारी पहल नभएको भन्दै तत्काल वार्ता नगरिए अप्ठ्यारो अवस्था आउने जानकारी कोइरालालाई गराएका छन् । ‘अन्तरिम संविधानमा भएको समानुपातिक व्यवस्था पनि अहिले काटियो, अन्तरिममा भएको जनसंख्याअनुसारको निर्वाचन क्षेत्र बनाउनुपर्ने माग पनि पूरा भएको छैन,’ चौधरीले भने, ‘त्यसैले यी माग समेट्न र सात प्रदेशको सीमांकन पुनरावलोकनका लागि पुन: माग गरेका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending