प्रधानमन्त्रीले आन्दोलनरत दललाई भने –‘ वार्तामा आउनुहोस जायज माग पुरा गर्छौ’
भाद्र २४ गते, २०७२ बिहिवार 10th September, 2015 Thu१४:०५:१९ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत दलहरू वार्तामा आउने विश्वास व्यक्त गरेका छन् ।
एकसय एकौं बिपी जयन्तीको सन्दर्भमा नेपाली काँग्रेसद्वारा बिपी स्मृति भवन सानेपामा विहिबार आयोजित कार्यक्रममा उनले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् गर्दै आन्दोलनरत दलहरुले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरे ।
‘आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गरिएको छ,’ उनले भने , ‘हामी संविधानसभाकै माध्यमबाट संविधान निर्माण प्रक्रियालाई टुङ्ग्याउन लागिपरेका छौं । आउनुहोस्, ‘छलफलका माध्यमबाट समस्याको समाधान गरौं, छलफलबाटै समस्याको टुङ्गो लाग्छ र जायज माग पुरा गरिन्छ । ’
संविधानसभामा स्पष्ट दुई तिहाई कुनै पनि दलको नभएका कारण नयाँ संविधान दलहरुबीचको सम्झौतापत्र बन्नजाने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको यस चरणलाई अन्तिम लेनदेनको समयका रुपमा उपयोग गरी हत्या, हिंसा र आतङ्क त्यागेर वार्तामा बस्न सम्बद्ध सबै पक्षसँग आग्रह गरे।
नेपाली राजनीतिमा बिपी कोइरालाले प्रस्तुत गर्नुभएको मेलमिलाप र एकताको सिद्धान्त वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
उपप्रधानमन्त्री एवम् पार्टीका महामन्त्री प्रकाशमान सिंहले नेपाली राजनीति निर्णायक मोडमा पुगेको यो घडीमा आन्दोलनरत दल पनि छलफल र वार्ता बसेर समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने बताए ।
संविधान निर्माणको प्रक्रियालाई अब ढिलो गर्न नहुने बताउँदै उनले संविधानलाई समय सापेक्ष परिमार्जन गर्दै अघि बढ्न सकिने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले देश संविधान निर्माणको अन्तिम चरणतर्फ उन्मुख रहेकाले सबै पक्ष आन्दोलन छोडेर वार्ता र छलफलमा आउनुपर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले संविधान निर्माणको अन्तिम समयमा मधेसवादी दलका साथै विभिन्न वर्ग तथा समुदाय आन्दोलनमा रहेकाले केही दिनका लागि प्रक्रिया रोकेरै भए पनि धरैभन्दा धेरै दल र समुदायलाई समेट्न प्रयाश गर्नुपर्ने धारणा राखे ।
केन्द्रीय सदस्य एवम् अर्थ मन्त्री डा। रामशरण महतले आफ्ना असन्तुष्टिको निदानका लागि संविधानसभाकै उपयोग गर्न आन्दोलनरत दललाई सुझाव दिए ।
अर्का केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले नेपाली जनताको सात दशकदेखिको संविधानसभाबाट संविधान बनाउने चाहना साकार हुने मोडमा पुगेको बताए ।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपालका भिन्न भिन्न जातजाति र भाषाभाषीबीच वैमनस्यता ल्याउने प्रयास अन्त्य गरिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: