Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

मर्न तयार छु, झुक्न तयार छैन : प्रचण्ड

काठमाडाैं,  बहुमतीय प्रक्रिया रोकी सहमतिमा संविधान बनाउन सत्ता पक्षलाई दबाब दिन ३० दलीय मोर्चाको गरेको शक्ति प्रदर्शनमा एमाओवादी अध्यक्ष प्रचण्डले ‘मर्न तयार छु, झुक्न तयार छैन’ भन्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– ‘संवाद समितिमार्फत् सहमति खोज्न सत्ता पक्ष तयार हुन्छ भने भोलिदेखि नै वार्ता सुरु हुन्छ । प्रचण्डलाई देखाइदिनुपर्छ भन्नुहुन्छ भने अब कसले देखाउँछ, हेर्दै जानुहोला’ सत्ता पक्षलाई जनविरोधीको आरोप लगाउँदै मोर्चाका संयोजकसमेत रहेका प्रचण्डले भने, ‘हामीले एकल जातीय राज्यलाई बहुजातीय राज्य बनाउन खोजेका हौं । वार्ता हामीले होइन कांग्रेस एमालेले तोडेका हुन् । बहुमतीय प्रक्रिया खारेज गरौं । संवाद समितिबाट समाधान गर्ने दिशातिर फर्किनुस् वार्ता हुन्छ । अन्यथा द्धन्द्ध हुन्छ । तपाईं वार्ता वा द्धन्द्ध के चाहनुहुन्छ । फैसला गर्नुहोस बल सत्ता पक्षको कोर्टमा छ ।’ सत्ता पक्ष अझै सहमतिको पक्षमा नआएमा जनता महाजंगे भएर आउने चेतावनीसमेत उनले दिए । ‘अब खबरदारी सभा काठमाडौंमा हुने छैन । जनताले जिल्ला जिल्ला कब्जा गर्न थाल्नेछन् ।’ प्रचण्डले भने । यस अघि २२ दलको सभामा २२ जना सहभागी रहेको टिप्पणी गर्ने मिडियाप्रति लक्षित गर्दै प्रचण्डले भने, हेप्नुको पनि सीमा हुन्छ । आज मिडियाले के भन्छन् । सुन्न मन छ । प्रत्येक जिल्ला सदरमुकाम कब्जा हुन थाल्दा के भन्छौ ?’ संविधानसभा कांग्रेस एमालेले नल्याएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हजारौंका बलिदान गाउँघर र झुपडीबाट संविधानसभा आएको हो ।’ पहिचान र स्वायत्तता माग्नेहरुलाई एमालेले दुष्मनको संज्ञा दिएको भन्दै उनले मर्न तयार रहेको तर, नझुक्ने बताए । ‘विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान तोड्ने दुस्साहस हुँदै छ । त्यस्तो दुस्साहस तोडेनन् भने उनीहरुका लागि महंगो पर्नेछ ।’ प्रचण्डले गठबन्धनका नेतालाई आफूप्रति शंका नगर्न आग्रह गर्दै भने, ‘मर्न तयार छु, झुक्न तयार छैन ।’ शनिबार ३० दलीय मोर्चाले काठमाडौंको खुल्लामञ्चमा लाखौंको सहभागितामा जनप्रदर्शन गरेको थियो । सभा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy