Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अन्ततः यसरी सुनिश्चित भयो संविधान

\"sambidhan_2072\"काठमाडौं । संविधानसभामा नयाँ संविधान निर्माणको अन्तिम प्रक्रिया सुरु भएको छ । आइतबार संविधानको धारा १, २ र ३ पारित गरिएको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधानसभाको बैठक आइतबार दुईपटक बस्यो । पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफल सकिएको थियो । दोस्रो बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यस क्रममा तीनवटा धारा नयाँ संविधानको अंग बनेका छन् ।   संशोधन नपरेका संविधानका धारा १ र धारा २ सर्वसम्मतिले पारित भए । धारा ३ मा भने सभासद्हरू रामकुमार राई, विश्वेन्द्र पासवान, अनुराधा थापामगर र प्रमुख तीन दलको संयुक्त संशोधन परेको थियो । चिनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरिराजमणि पोखरेलले राखेको संयुक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको छ । अन्य संशोधन प्रस्ताव भने अस्वीकृत भएका छन् ।   यसअघि संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने अन्तिम अवस्थामा अधिकांश सभासद्ले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रमुख तीन दलका सभासद्ले समूहगत र व्यक्तिगत रूपमा हालेको संशोधन प्रस्तावसहित नेकपा माले, संयुक्तलगायत साना दलले आइतबार साँझ संविधानसभा भवनमै प्रस्ताव फिर्ता लिएका थिए । तर, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत केही साना दलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका छैनन् ।   संविधानसभामा सोमबार बिहान ११ बजेदेखि बाँकी धारा र संशोधन प्रस्ताव क्रमशः निर्णयार्थ पेस हुनेछन् । सबै संशोधन प्रस्ताव र धारामा निर्णय लिन बढीमा दुई दिन लाग्ने संविधानसभा सचिवालयले जानकारी दिएको छ । त्यसपछि आनुसांगिक सुधार खण्ड, धारा, उपधाराको क्रम, भाषा, व्याकरणजन्य त्रुटिहरू मिलाउने० गर्न एक दिन लाग्नेछ ।   संवैधानिक व्यवस्थाअनुसार राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको संयोजकत्वमा सभामुखले सिफारिस गरेका चार सदस्य रहेको समितिले आनुसांगिक सुधार गरी सभामुखलाई पेस गर्नेछ । यसरी तयार भएको संविधानमा सभासद्हरूले हस्ताक्षर र सभामुखले प्रमाणीकरण गर्नेछन् ।   सभामुखले प्रमाणीकरणको संविधान संविधानसभाको अन्तिम बैठकपछि हुने विशेष औपचारिक समारोहमा राष्ट्रपतिले हस्ताक्षर गरी सार्वजनिक गर्नेछन् । ३१ भदौभित्र सबै काम सकिने संविधानसभा सचिवालयले जनाएको छ । तर, संविधान भने १ असोजमा जारी हुनसक्ने सचिवालय स्रोतको भनाइ छ । स्रोतका अनुसार सबै वर्ष ३१ भदौ नहुने भएकाले १ असोजमा विशेष समारोह गर्ने सम्भावना छ । सर्वसम्मत पारित धारा १, २ र ३ मा के छ ? धारा १ : संविधान मूल कानुन (१) यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । (२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ । धारा २ :  सार्वभौमसत्ता र राजकीयसत्ता नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भएबमोजिम हुनेछ । धारा ३ राष्ट्र : बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । के संशोधन भयो ? संविधानको विधेयकमा रहेको ‘अखण्डता’ भन्ने शब्दहरूको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्दहरू राख्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending