Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गृहमन्त्री निवासबाटै कमरेड पक्राउ

\"Bamdev_250_270\"काठमाडौं । अपराध अनुसन्धान महाशाखाको टोलीले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको निवासबाटै गत भदौ २४ गते अपरान्ह ३ बजे अनेरास्ववियु प्युठाना–काठमाडौं सम्पर्क मंचका अध्यक्ष भानु भट्टराईलाई पक्राउ गर्यो ।   आजको साँघु साप्ताहिकमा खबर छ राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर बनाइदिन्छु भनी अरुण जोशीसँग ६ लाख ६० हजार रुपैयाँ ठगी गरेर फरार भएका लक्ष्मण आचार्यसँग सम्बन्ध भएको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरी दाबी छ । तर, आचार्यसँग उनको एकाधपटक फोनमा कुराकानी गर्नेबाहेक प्रत्यक्ष सम्बन्ध नदेखिएपछि बेलुका ७ बजे उनले छुटकारा पाएका थिए ।   राअमा सूचकदेखि इन्सपेक्टरसम्म जागिर लगाउने भनेर पैसा ठगी गर्ने लक्ष्मण आचार्यलाई गृहमन्त्री गौतमका स्वकीय सचिव विजय विराज बिष्टकै संरक्षण रहेको स्रोतले बतायो ।   आचार्यमात्र होइन, अनेरास्ववियु र खेलकुद क्षेत्रका करिब १० जनाभन्दा बढी व्यक्तिलाई राअमा भर्ना गर्ने भनेर रकम असुली गर्न परिचालन गरेको आरोप छ ।   आचार्यले विष्टकै निर्देशन अनुसार पैसा लिए पनि जागिर लगाउन नसकेपछि उनका विरुद्ध विरुद्ध ठगीमा परेका पीडित जोशीले भदौ १८ गते अपराध महाशाखामा उजुरी दिए । बाउन्स चक र लेनदेनको कागजसहित उनले उजुरी दिए पनि आचार्य फरार छन् ।   आचार्यले जोशीलाई डेढ लाख फिर्ता गरेको र अरु रकम गृहमन्त्रालयका मानिसहरुलाई दिएकोले उनीहरुबाट लिनुपर्ने भन्दै झुलाए । गृहका मानिस भनेर कसलाई संकेत गर्न खोजेको हो ? यसबारे छानविन गर्नुपर्ने भएको छ । जागिर लगाउन भनेर गृहमन्त्री निकट मानिसहरुलाई दिएको रकम फिर्ता नगरेपछि अप्ठेरोमा परेको कुरा आचार्यले अनेरास्वियुका कार्यकर्तालाई गुनासो गर्दै आएको बताइन्छ । पिए विष्टका कारण प्युठानमा गृहमन्त्रीसँग पार्टी नेताहरु रुष्ट भएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending