Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यस्ता छन् सत्तासमीकरणका चार विकल्प

\"Prachanda-Sushil-Koirala-and-kp-oli\"काठमाडौं । संविधानसभाबाट ३ भदौमा नयाँ संविधान जारी भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचित गर्न दलहरूबीच सत्तासमीकरण बन्नेछ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने प्रमुख दलको अनौपचारिक सहमति छ । तर, सत्तासमीकरणका लागि दलहरूबीच विभिन्न विकल्प छन् :
पहिलो विकल्प : राष्ट्रिय सहमति दलहरूका लागि पहिलो विकल्प सत्तासमीकरणमा राष्ट्रिय सहमति हो । केही साना दलसहित प्रमुख तीन दलबीच सत्तासमीकरण हुँदा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले बाँड्नेछन् । तीन पार्टीको संसद्मा चार सय ७४ सिट संख्या छ ।
राष्ट्रिय सहमति हुँदा कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमति र एमाले–एमाओवादीबीच भएको अनौपचारिक सहमतिअनुसार एमालेले सरकारको नेतृत्व लिन सक्छ । ठूलो पार्टीको हैसियतले कांग्रेसले राष्ट्रपति र तेस्रो पार्टी एमाओवादीले सभामुख लिन सक्छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सहमतिमा आएमा उपराष्ट्रपति उसले पाउने सम्भावना छ । सहमतिमा नआएमा उपराष्ट्रपति पनि एमाओवादीले पाउन सक्ने सम्भावनासमेत छ । प्रमुख तीन दल राष्ट्रिय सहमतिमा गए प्रमुख प्रतिपक्षमा चौथो शक्ति राप्रपा नेपाल बस्न सक्छ ।
दोस्रो विकल्प : एमाले–कांग्रेसको समीकरण
पहिलो विकल्प असफल भएमा दुई ठूला पार्टी कांग्रेस र एमालेले भागबन्डा गरेर सत्तासमीकरण गर्न सक्छन् । एमाओवादी प्रमुख प्रतिपक्षी दलमा रहन सक्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा दुई पार्टीले भागबन्डा गर्न सक्छन् । यसका लागि कांग्रेस–एमालेसँग पर्याप्त बहुमत सदस्य संख्या छ । संसद्मा कांग्रेसका दुई सय सात र एमालेका एक सय ८४ गरी तीन सय ९१ सभासद् छन् । यस्तो समीकरण बनेमा दुई दलबीच भएको सातबुँदे सहमतिअनुसार कांग्रेसले एमालेलाई प्रधानमन्त्रीमा समर्थन गर्नेछ । कांग्रेसले राष्ट्रपति र सभामुख तथा एमालेले उपराष्ट्रपति लिन सक्छ ।
तेस्रो विकल्प : एमाले–एमाओवादीको समीकरण
कांग्रेस प्रतिपक्षमा बस्न चाहेमा एमाले र एमाओवादीले भागबन्डा गरेर सत्ता सम्हाल्न सक्छन् । यी दुई पार्टीको सिट संख्याले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पदमा बहुमत पुग्दैन । एमालेको एक सय ८४ र एमाओवादीको ८४ सिट जोड्दा दुई सय ६८ मात्रै हुन्छ । संसद्मा अहिले कायम रहेको संख्याका आधारमा पनि एमाले–एमाओवादी सत्तासमीकरणका लागि तीन सय सभासद् चाहिन्छ । यी दुई पार्टीलाई ३२ सभासद् आवश्यक पर्छ । एमाले–एमाओवादी समीकरण बनाउन साना पार्टीको सहयोग पनि आवश्यक पर्छ । फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा–मालेको साथ लिएमा पनि एकजना कम हुन्छ । फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र नेकपा मालेको ५ गरी ३१ संख्या हुन्छ । साना दलसँग मिलेर एमाले–एमाओवादी समीकरण बनेमा एमालेले प्रधानमन्त्री, एमाओवादीले राष्ट्रपति लिन सक्छ । दुईमध्ये एकले सभामुख लिन सक्छन् र साना दलको भागमा उपराष्ट्रपति, उपसभामुख पर्न सक्छ ।
चौथो विकल्प : कांग्रेस–एमाओवादी समीकरण
कांग्रेस र एमाओवादीबीच समीकरण बन्ने विकल्प पनि छ । दुई दलको समीकरणमा दुई सय ८८ सभासद् संख्या पुग्छ । तर, १२ जना अपुग हुन्छ । त्यस्तो अवस्थामा फोरम लोकतान्त्रिक वा राप्रपाले साथ दिँदा मात्रै आवश्यक संख्या पुग्छ । दुई पार्टीबीच समीकरण बन्दा प्रधानमन्त्री र उपराष्ट्रपति कांग्रेस र राष्ट्रपति र सभामुख एमाओवादीले लिन सक्छन् । समर्थन गर्ने साना दललाई उपसभामुख दिने सम्भावना रहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending