Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

गोदावरी मेलामा पचपन्न लाखले गरे दर्शन

\"godawariललितपुर । १२ वर्षमा एकपटक वृहस्पति सिंह राशिमा आएपछि बृहस्पति अस्त भई बन्ने ग्रह गोचरीय योगका अवसरमा लाग्ने ललितपुरको गोदावरी मेला विहिबार हुँदैछ । मेला व्यवस्थापन मूल समारोह समितिका अध्यक्ष ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले अपराह्न १२ बजे सूर्यलाई अर्घ दिई धार्मिक कृत्यअनुसार मेला समापन गरे । धार्मिक विधिअनुसारका काम सम्पन्न भए पनि आज राति १२ बजेसम्म मेला चल्ने प्रजिअ कोइरालाले बताए । मेलामा दिउँसोभन्दा राति धेरै स्नानार्थी आउने गरेका छन् । दिउँसो धेरैजसो मानिस घुम्ने उद्देश्यले आउने र रातिमा स्नान एवम् गोदावरी कुण्डसँगै रहेको सिद्धेश्वर महादेवको दर्शन गर्न आउने गरेको १२ वर्षे गोदावरी मेला व्यवस्थापन मूल समितिले जनाएको छ । दिउँसो जानेलाई महादेव मन्दिरसँगैको कुण्डमा स्नान गर्न नदिने भएकाले राति निद्रा  मारेर स्नान गर्न आउनुपरेको भक्तपुरको सूर्यविनायकबाट आउनुभएका शिवराम सापकोटा बताउनुहुन्छ । “ऐतिहासिक स्थलमा १२ वर्षमा लाग्ने मेलामा पनि दिउँसो स्नानको व्यवस्था गर्न नसक्नु समिति र स्थानीय प्रशासनको कमजोरी हो, यो कमजोरीले दिउँसो घुम्न र राति स्नान गर्न आउन बाध्य भयौँ”– एउटै मेलामा दुईपटक आउनुपरेको गुनासो सुनाउँदै उनले भने । मेलामा बिहीबार अपराह्नसम्म ५५ लाख भक्तजनले स्नान र दर्शन गरेको समितिका अध्यक्ष कोइरालाले जानकारी दिए । ‘सिंह अस्त मेला भदौ ३१ गते राति १२ बजे सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेपछि सकिनेछ, भोलि असोज १ गते विशेष समारोह आयोजना गरी समापन गर्ने तयारीमा छौं ’ –उनले भने । देश विदेशका धार्मिक पर्यटक आउने मेलाको व्यस्थापन राम्रो नभएको आगन्तुकले गुनासो गरेका छन् । समितिले रसिद नकाटी दक्षिणा लिने, चुरोट नखाऔँ भनेका स्थानमा स्वयंसेवकको बिल्ला लगाएकाले नै धुम्रपान गर्ने र महिला स्नान गरेका स्थानमा पुरुष स्वयंसेवकले जिस्क्याउने एवम् पानी छ्याप्ने जस्ता विकृति देखिएको मेलामा सहभागी भएका गोलढुङ्गाका रामहरि नेपालले जानकारी दिए । मेला व्यवस्थापन समितिका संयोजक मधुसूदन पौडेल कमीकमजोरी भएको स्वीकार्दै यसपटकका कमी कमजोरीलाई सुधार्न शिक्षाका रुपमा ग्रहण गरिने बताउँछन् । ‘सुधार्नका लागि भौतिक संरचनाको आवश्यकता पर्ने हुनाले यसपटक चन्दाबाट उठेको रु ४० लाखभन्दा बढी रकम सुधारमा खर्च गछौँ, अन्य शीर्षकमा मास्दैनौँ, जसबाट १२ वर्षपछिको मेलामा अहिलेका कमी कमजोरीलाई सुधार्न सकिने विश्वास लिएका छौँ”–उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy