कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको बताएको छन। खेती गरेपछि एकै पटक उत्पादनमा वृद्धि गराउन सके आम्दानी पनि धेरै हुने भन्दै विषादीको प्रयोग गर्नु उचित नहुने बताए।
शनिबार नवलपुरको कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याज खेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले यस्तो बताएको हो।
उनले भने, “छिटो उत्पादन बढाउन खोजे पनि यसले दीर्घकालीन रूपमा आफैँलाई हानी गर्दछ। आम्दानी क्षणिक होला तर विभिन रोगको सिकार भई आफैँलाई शिथिल बनाउँछ।”
कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको बताए।
जिल्लाको कावासोती, मध्यविन्दुलगायत विभिन्न स्थान गरेर २५ हेक्टरमा सामूहिक प्याज खेती सुरु गरिएको छ। जिल्लामा रहेका १५ वटा किसान समूहले प्याज खेतीका लागि सामूहिक नर्सरी निर्माण गरेर बिरुवा तयार पारेर सामूहिक खेती गरिएको छ। यसबाट २३४ किसान लाभान्वित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १०:४७
काठमाडौँ। शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस...
बैशाख १८ गते, २०८३ - १०:३३
दार्चुला। नेपालको दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास ग...
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...


प्रतिकृया लेख्नुहोस्: