Ntc summer Offer
Khabar Dabali ३ चैत्र २०८१ सोमबार | 17th March, 2025 Mon
Investment bank

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

खबरडबली संवाददाता

झापा  । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कुलको २४औं वार्षिकोत्सवका अवसरमा २८ फागुनमा कक्षा १० मा पढ्ने १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य भाइरल भएको हो ।

उनको मन्तव्यको भिडियो खिच्ने झापाका सञ्चारकर्मी विजय बरालका अनुसार, उनले राउत अध्ययनरत् विद्यालयको वार्षिकोत्सवको पूरा भिडियो खिचेका थिए ।

‘कार्यक्रमकोबीचमा विद्यार्थीहरूले अभिभावक र अन्य उपस्थितसामू विभिन्न विषयमा बोल्ने क्रम चल्यो, त्यसक्रममा कक्षा १० का आविष्कारले बोल्न हलको माहोल नै अर्कै भयो’, उनी भन्छन्, ‘फर्किएर अर्को दिन मैले त्यो क्लिपमात्र सुरुमा पेजमा अपलोड गरेको थिएँ, केही समयमै त्यो भाइरल हुन थाल्यो ।’

बरालले सुरुमा राउतले मन्तव्य दिएको भाषण ‘विन्जु मिडिया कर्नर’ नामक आफ्नो पेजमा अपलोड गरेका थिए । उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार गर्दासम्म ८ लाख ४६ हजारभन्दा बढीले हेरिसकेका छन् ।

‘बिर्तामोड झापा’ नामक पेजमा ३१ लाखले यो भिडियो हेरेका छन् । ‘यो पनि बिर्तामोडकै साथीहरूले चलाउनु भएको पेज भएकाले उहाँहरुले माग्नुभयो र मैले दिएको थिएँ’, उनले थपे, ‘पछि अरु थुप्रैले डाउनलोड गरेर आफू अनुकूल अपलोड गर्नुभयो ।’

पछि उनले आफ्नो पेजमा विद्यालयको कार्यक्रमको पूरा भिडियो पनि राखेका छन् । त्यसमा अरु कक्षामा पनि पढ्नेले विद्यार्थीले पनि आ–आफ्नो विषयमा बोलेका देखिन्छ ।

आविष्कारको बोल्दा चाहिँ उनको प्रस्तुतिको शैलीका कारण हलमा उपस्थित धेरैले हुटिङ गरेको सुनिन्छ ।

हिटलरसँग तुलना

मन्तव्यका क्रममा उनले देशको अहिलेको अवस्था, भ्रष्टाचारबारे चर्चा गर्दै यसबारे अहिलेका युवाले नबोले कसले बोल्छ ? भनेर प्रश्न उठाएका छन् ।

‘हाम्रा पितापुर्खाले यो देश बचाउनलाई रगत दिएका छन्, हामी यसलाई गुमाउन सक्दैनौं, हामी निराशालाई जलाउने छौं’, उनले अगाडि भनेका छन्, ‘अब हामी अन्धकारमै रही रहने कि आशाको किरण बन्ने भन्ने निर्णय गर्नुछ ।’

आविष्कारका अनुसार, विद्यालयको अन्तिम वर्ष भएकाले उनलाई शिक्षकहरूले वार्षिकोत्सवमा केही प्रस्तुति दिन भनेका थिए ।

‘मलाई पहिल्यैदेखि वक्तृत्वकलामा रुचि थियो, म भाग लिइरहेको हुन्थे’, उनी भन्छन्, ‘यसपटक पनि सरले केही प्रस्तुति दिनु भनेकाले मैले अघिल्लो दिन बेलुकी यो स्पिच तयार गरेको थिएँ ।’

उनले यसरी दिएको भाषणलाई भारतीय सञ्चारमाध्यमहरूले हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन् ।

भारतको आर्थिक अखबार ‘द इकोनमिक टाइम्स’ले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ । त्यसमा उनको भाषणलाई धेरैले जर्मनका क्रुर शासक एडल्फ हिटलसँग तुलना गरेको उल्लेख गरिएको छ ।

‘आज म यहाँ नयाँ नेपाल निर्माण गर्ने सपना लिएर उभिएको छु‘’ भन्दै दिएको भाषणको केही अंश पनि समाचारमा समावेश गरिएको छ । इकोनमिक टाइम्सले समावेश गरेको एक्समा अपलोड गरिएको भिडियोमा धेरैले उनको आवाज हिटलरको जस्तो भएको उल्लेख गरेका छन् ।

धेरैले यो भिडियोलाई लिएर मिम पनि बनाएका छन् । एक जना प्रयोगकर्ताले ‘भिडियो गेम जिटीएको पाँचौं भर्सन आउनुभन्दा पहिले नेपाली हिटलर पाएको,’ उल्लेख गरेका छन् ।

अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई किन हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियोसहितको सामग्री प्रकाशन गरेको छ । ‘उनले जुन शैलीमा भाषण दिएका छन्, त्यो सुनेर सबै प्रयोगकर्ता हैरान छन्’, भनिएको छ ।

भारतको टेलिभिजन च्यानल एनडीटीभीले नेपालको राजनीतिक र आर्थिक चुनौतिलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ ।

भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेको उल्लेख गरेको छ । उसले यो चार्ली च्याप्लिनको प्रसिद्ध भाषण ‘द ग्रेट डिक्टेटर’ बाट प्रेरित भएको भन्दै एक प्रयोगकर्ताले दिएको टिप्पणीलाई समेत समाचारमा समावेश गरेको छ ।

आविष्कार भन्छन्– मेरो भाषण राष्ट्रप्रेमको अभिव्यक्ति हो

तर, विद्यार्थी राउतले भने आफूले देशको अवस्था हेरेर आक्रोशित भएर त्यस्तो मन्तव्य दिएको बताएका छन् ।

‘धेरै उत्कृष्ट विश्वभरि चिनिएका व्यक्तित्वहरूसँग जोडेर पनि भिडियो पनि बनेको रहेछ, मलाई त्यो देख्दा कता–कता हास उठ्छ, अचम्म पनि लाग्छ’, उनले थपे, ‘ममा राष्ट्रप्रति अति नै प्रेम छ, देश प्रेमकै कारण मैले त्यस्तो अभिव्यक्ति दिएको थिएँ ।’

देशको ४० प्रतिशत जनसंख्या युवाको रहेको भन्दै भन्दै विगतको गौरवमय इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबमा युवालाई उचाल्न खोजेको उनले बताए । ‘भ्रष्टाचारमा देशको अवस्था लाज मर्दो छ, त्यसैले मैले यस्तो भाषण गरेको थिएँ’, उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यौनसम्पर्क गर्दा महिलाहरुले किन ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ जस्ताे आवाज निकाल्छन ?

केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि...

युवतीहरूको यौन सम्बन्ध छ कि छैन भनेर कसर थाहा पाउने ?

यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन...

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो, अब ८ चैतमा

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ ग...

यौन क्षमता कसरी बढाउने ? याी १४ तरिका अपनाउनुस

नाइट डेटिङमा जानुस्ः सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने...

बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु

बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको ...

बसको ठक्करबाट साँझ १ जना बालिकाको मृत्यु

विराटनगर ।  स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिँदा उनको मृत्यु...

बिआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यकः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका...

अर्घाखाँचीको डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ मा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।  पूर्वपश्चिम लोकमार्गबाट अर्घाखाँची जोड्ने मुख्य सडकमा पर्...

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदान...

प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता निराजन बम रिहा

हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन्। ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy