Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्ववियु निर्वाचनः हार्ने कलेजमा तालाबन्दीमा उत्रे विद्यार्थी संगठन

खबरडबली संवाददाता

काठमाडौं। २०८१ माघ २३ गते त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरूलाई छलफलका लागि बोलायो । २३ वटा विद्यार्थी संघ संगठन तथा समूहहरूलाई बोलाउँदा २१ वटा संगठनका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।

चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन सहज रूपमा सम्पन्न गर्ने विषयमा छलफल राखिएको थियो ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिस्ट्रार प्राडा केदार रिजाल लगायतका पदाधिकारीहरूको उपस्थितिमा भएको कार्यक्रममा सहभागी विद्यार्थी संगठनहरूले एउटै दाबी थियो । सबै विद्यार्थी संगठनहरूले एकै स्वरमा भने– चैत ५ गतेको स्ववियु निर्वाचन स्वच्छ, निष्पक्ष र विनाअवरोध सम्पन्न गराउन तयार छौँ ।

विद्यार्थीहरूको प्रतिबद्धतापछि त्रिवि स्ववियु निर्वाचन गर्न हौसियो । चैत ५ गते तोकिएको मितिमै सहज रूपमा निर्वाचन सम्पन्न हुनेमा त्रिवि आशावादी रह्यो । तर, अहिले निर्वाचनको मितिकै पूर्वसन्ध्यामा आइपुग्दा तिनै प्रतिबद्धता गर्ने विद्यार्थी संगठनहरू तालाबन्दी गर्ने, तोडफोड गर्ने तथा निर्वाचन बिथोल्ने गतिविधिमा लागेका छन् ।

विद्यार्थी नेता चुन्ने निर्वाचनमा विद्यार्थीहरूबाटै अवरोध हुन थालेको छ । विद्यार्थी संगठनहरूले कहिल्यै पनि विश्वविद्यालय तथा क्याम्पसहरूमा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले आफ्ना घोषणापत्रमा समेत तालाबन्दी नगर्ने प्रतिबद्धता जनाए पनि आफ्नो जनाधार कमजोर देखिएको तथा पराजित हुने अवस्था देखेका क्याम्पसहरूमा तालाबन्दी गर्दै हिँडेका छन् ।

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये १६ वटा क्याम्पसमा विद्यार्थी संगठनहरूको तालाबन्दी छ । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको असन्तुष्ट पक्षले नै तालाबन्दी गरेको छ ।

उपत्यकाभित्रका विभिन्न ६ वटा आंगिक क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् ।

विश्वभाषा क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस, शंकरदेव क्याम्पस,   नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा तालाबन्दी गरिएको छ । उपत्यका बाहिर महेन्द्रनगरको शिद्धनाथ बहुमुखी क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, भैरहवाको भैरहवा बहुमुखी क्याम्पस, विराटनगरको महेन्द्र मोरङ क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस लगायतका तालाबन्दी छ । जसले गर्दा ती क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

त्रिविका आङ्गिक क्याम्पसबाहेक अन्य कतिपय क्याम्पसमा समेत तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी संगठनहरू आफ्नै प्रतिबद्धताबाट पछि हटेर तालाबन्दीमा उत्रिएको देखेर त्रिविका अधिकारीहरू आजित भइसकेका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन सहज रूपमा सम्पन्न गराउन प्रतिबद्धता जनाएको तर, अहिले आएर उनीहरू आफ्नै प्रतिबद्धताबाट पछि हटेको बताए ।

किन गर्दैछन् तालाबन्दी ?
त्रिवि केन्द्रीय क्याम्पसको तालाबन्दी खोल्ने विषयमा पटकपटकको छलफलले सार्थकता पाउन सकेको छैन । तालाबन्दी खोल्ने विषयमा स्ववियु निर्वाचन समिति र नेविसंघबिच छलफल गरिएको थियो तर, उनीहरूले आफ्नोतर्फका उम्मेदवार आधिकारिक नमानिएसम्म तालाबन्दी नखुल्ने चेतावनी दिए । माग सम्बोधन नगरी ताला खोल्नेको हात नै काटिदिने धम्की नेविसंघका नेताहरूले दिए ।

त्यसपछि स्वयम्भुमा रहेको होटल बज्रमा निर्वाचन समितिको बैठक बसेको थियो । उक्त बैठकले समेत कुनै निकास निकाल्न सकेन । जसले गर्दा त्रिविको केन्द्रीय क्याम्पसमै स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

नेविसंघको आन्तरिक विवादका कारण उम्मेदवारीमा देखिएको लफडा, फर्जी विद्यार्थी भर्ना गरेको आरोप, निर्वाचन समितिले निष्पक्ष रूपमा काम गर्न नसकेको आरोपजस्ता कारण देखाउँदै विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् ।

नेविसंघका प्रवक्ता सुरज सेजुवाल संगठन ‘चेन अफ कमाण्ड’मा नचल्दा समस्या भएको बताउँछन् । संगठनको नियम, कानुन अनुसार नेता तथा कार्यकर्ता नचल्दा समस्या भइरहेको उनको भनाइ छ । नेविसंघमा नेताहरूको निर्देशन नमान्ने परम्परा कायम रहेको बताउँदै उनले यसमा माउ पार्टी तथा त्यसका नेताहरू जिम्मेवार रहेको बताए ।

‘नियन्त्रणमा छैन । संगठनमा अनुशासन प्रशिक्षणको अभाव छ । नेविसंघका नेता कार्यकर्ता सबैभन्दा पहिला नेविसंघप्रति नै जवाफदेही हुनुपर्छ तर, यहाँ त ठ्याक्कै माउ पार्टीका नेता समाइदिन्छन् । केन्द्रीय अध्यक्ष को हो रु मेरो त महामन्त्री छ, नेता छ भन्ने मनसाय देखिन्छ,’ उनले भने ।  

नेविसंघभित्रको विवादका कारण स्ववियु निर्वाचनमा धेरै ठाउँमा विवाद देखिएको छ । जसले गर्दा ती कलेजहरूमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेविसंघले आचारसंहिता बनाएको छ । आचारसंहितामा कुनै पनि कलेजमा तालाबन्दी नगर्ने भन्ने छ । तर पनि धेरैजसो कलेजहरूमा नेविसंघकै असन्तुष्ट पक्षबाट तालाबन्दी भइरहेको छ ।

त्यस्तै नेविसंघले अनुशासन समितिसमेत बनाएको छ । तर, कुनै नेता कार्यकर्ताले अनुशासन समितिको निर्देशन समेत टेर्दैनन् । तालाबन्दी खोल्ने विषयमा संगठन र पार्टीको तर्फबाट समेत पहल भइरहेको उनको भनाइ छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडाल आफ्नो संगठनबाट कुनै कलेजमा तालाबन्दी नगरिएको बताउँछन् । नवलपुरका तालाबन्दी गरिएको भनिएका कलेजहरूमा तत्काल ताला खोल्न भनिएको समेत उनले बताए ।

‘अनेरास्ववियुको तर्फबाट कुनै पनि कलेजमा तालाबन्दी छैन । तालाबन्दी गरेका नवलपुरमा मैले तुरुन्तै खोल्नुस् भनेर निर्देशन दिएको छु । अरु संगठनको तालाबन्दी भएकाले मैले केही भनेको छैन । नत्र हाम्रो संगठनको तर्फबाट भएको हो भने म आफैँ ताला तोड्न जान्छु,’ अध्यक्ष बडालले भने ।

नेविसंघको आन्तरिक झमेलाका कारण कलेजहरूमा तालाबन्दी भइरहेको बताउँदै उनले लोकतन्त्रको मसिहा भन्ने नेविसंघले आफ्नो जित सुनिश्चितता नभएका कलेजहरूमा तालाबन्दी गर्दै हिँडेको आरोप लगाए ।

नेविसंघकै नेतृत्व गरेकाहरू अहिले कांग्रेसको महामन्त्री रहेको बताउँदै तल अराजकता हुँदा टुलुटुलु हेरेर बस्ने गरेको बडालको आरोप छ ।

‘आन्तरिक कमी कमजोरीको विषयवस्तु पार्टीको आन्तरिक कारबाहीको विषय बन्ला तर, पार्टीको आन्तरिक विवादले समग्र निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नदिनु राम्रो होइन,’ अध्यक्ष बडालले भने ।  

अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले महत्त्वपूर्ण कलेजहरूमा आफ्नो संगठनको तर्फबाट तालाबन्दी नरहेको बताए । शंकरदेव कलेजबाहेक अन्यमा आफ्नोतर्फ तालाबन्दी नरहेको उनको भनाइ छ ।

‘महत्त्वपूर्ण ठाउँमा हामीले तालाबन्दी गरेका छैनौँ । निष्पक्ष निर्वाचन हुनुपर्छ भनेका छौँ । विद्यार्थीको निर्वाचन विद्यार्थीबाटै हुनुपर्छ भनेका छौँ । हार्नेजस्तो आकलन भएको ठाउँमा समेत हामी लडिरहेका छौँ । नेविसंघ र अनेरास्ववियुले हार्ने ठाउँमा तालाबन्दी गरेका छन्,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending