काठमाडौं । नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वविशेष आर्थिक सल्लाहकारसमेत रहेका एमाले नेता मोतीलाल दुगडका कम्पनीले कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले सूचना निकालेकै दिन सोमबार एमालेबाट निष्कासित रावलले प्रधानमन्त्री ओलीविरुद्ध यस्तो आरोप लगाएका हुन् ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कुरा सुशासनको गर्ने तर काम कुशासनको गरिरहेको आरोप लगाउँदै रावलले सामाजिक सञ्जालमा लेखेका छन्:
सुशासनका कुरा गर्ने प्रधानमन्त्री केपी नेतृत्वमा कुशासनका पछिल्ला उदाहरण:
–सरकार बनेको सात महिना भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु
–राज्यका विभिन्न पदहरू भागबन्डा गर्नु
– पूर्वविशिष्टहरूलाई आजीवन भत्ता र सुविधा बढाउने प्रयास गर्नु
– राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसमेत व्यक्तिलाई दिक्किने कानुन ल्याउने दुष्प्रयत्न गर्नु
– प्रम केपीका एक समयका आर्थिक सल्लाहकार, राज्यमन्त्री र एमाले उद्योग विभाग प्रमुखले राज्यको कर नतिर्नु
प्रधानमन्त्री ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ । दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको छ । अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन ।
पूर्वसांसद समेत रहेका दुगदलाई ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - ११:२४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाब...
चैत्र ४ गते, २०८१ - १०:५७
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...
चैत्र ४ गते, २०८१ - १०:५३
काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने उद्योग बन्द भएक...
चैत्र ४ गते, २०८१ - १०:५१
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । ...
चैत्र ४ गते, २०८१ - १०:४६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।...
चैत्र ४ गते, २०८१ - १०:०५
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइज...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
प्रतिकृया लेख्नुहोस्: