काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताएका हुन् ।
साो क्रममा उनले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’ कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।
सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।
‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘अन्यअन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनको सुरुआतदेखि नै माओवादी केन्द्रको ठूलो विमति भएको भन्दै प्रचण्डले सरकारमा मिलनविन्दु नदेखेको बताए ।
आफूहरु भ्रष्टाचार नियन्त्रणको पक्षमा र वर्तमान सरकार भ्रष्टाचारी संरक्षणको पक्षमा रहेको टिप्पणी गर्दै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने कि भ्रष्टाचारीको रक्षा गर्ने, हामी त्यसमाथि रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौं । अहिलेको सरकार त्यसलाई बचाउनेको पक्षपाति भएपछि त्यहाँ अहिले सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १०:५७
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...
चैत्र ४ गते, २०८१ - १०:५३
काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने उद्योग बन्द भएक...
चैत्र ४ गते, २०८१ - १०:५१
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । ...
चैत्र ४ गते, २०८१ - १०:४६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।...
चैत्र ४ गते, २०८१ - १०:०५
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइज...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
प्रतिकृया लेख्नुहोस्: