ओखलढुंगा । स्थानीय तह पुसंरचनापछि गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न सर्वसाधरणले निशुल्क प्रदान गरेको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले व्यक्तिका नाममा गरेको खुलेको छ ।
जिल्लाको चम्पादेवी गाउँपपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न स्थानीयले दिएको जग्गा व्यक्तिका नाममा बनाएको खुलेको हो ।
गाउँपालिका अध्यक्ष नवराज के.सी.ले गाउँपालीकाको लागि आवश्यक पूर्वधार संरचना निर्माण गर्न तत्काल जग्गा आवश्यक परेकोले जग्गा उपलब्ध गरिदिनको लागि स्थानीय ११ जना सँग अनुरोध गरेका र उनीहरुले गाउँपालिकालाई निशुल्ल्क जग्गा प्रदान गरेका थिए । अध्यक्ष केसीको अनुुरोधलाई स्वीककार गरी सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकहरुले गाउँपाालिकका केन्द्रलाई आवस्यक जग्गा २०७४/२०७५ सालमा उपलब्ध गराएका थिए ।
जग्गा दिदएको एक ददशक बिबत्न लााग्दा सममेत उक्त जग्गामा गाउपालिकको पपूर्वाधार संरचना निर्माण हुन नसक्दा स्थानीय सशंकित भएका थिए । उक्त जग्गामा के कति कारणले संरचना निर्मान हुन सकेन भनी सोधखोज गर्दा चम्पादेवी गाउँपालिका अध्यक्ष के।सी।ले बेवास्ता गरेको जग्गादाताहरुको भनाइ छ ।
गाउँपालिका केन्द्रको संरचना निर्माण गर्ने भन्दै पालिका अध्यक्ष नवराज के।सी।ले जगत लुइटेको कि.न. ९६४ बाट ७ रोपनी, तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत भिम प्रसाद दाहालले सनक कुमार श्रेष्ठको कि.न. २०४ बाट ८ आना, तत्कालिन शिक्षा शाखा प्रमुख भवनाथ बरालले ललित बहादुर श्रेष्ठबाट कि.न. २०२ बाट १ रोपनी, जगत बहादुर लुइटेलले जानुका श्रेष्ठको कि.न. ६४० बाट १ रोपनी, तत्कालिन सूचना अधिकारी भविमाया दाहालले नरबहादुर श्रेष्ठको कि.न. ६३६ बाट ८ आना जमिन जालसाजी गरेर आफ्नो नाममा गरेको दाताहरुको भनाइ छ ।
साविक कालिका गाविस अध्यक्ष जगत लुइटेलको योजनामा सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकलाई झुक्यानमा पारी किर्ते जालसाजी गरेको र सोही योजना सफल भएबापत साविक पलापु गविस वडा नं ८ नवलपुरको कित्ता नं. ९६४ बाट कित्ताकाटको ७ रोपनी जग्गा जगत लुइटेलबाट गाउँपालिका अध्यक्ष केसीले घुसस्वरुप लिएको दाताहरुले बताएका छन् । सार्वजनिक पदमा बसी सोही पदको आडमा सोझा नागरिकलाई प्रभावमा पारी झुक्याई किर्ते जालसाजी र अख्तियार दुरुपयोग गरी गाउँपाललिकाको सर्वाजनिक प्रयोजनका लागि भनी लिएको जग्गा ४ जना व्यक्तीले व्यक्तीगत कायम गरी भ्रष्टाचारजन्य कार्य गरेकोले उनीहरुलाई प्रचलित कानूनबमोजिम छानविन गरी हदैसम्मको कारवाही गरिपाउँ भनि दाताहरुले अख्तिययारमा समेत निवेदन दिएका छन् ।
यस विषयमा गाउँँपालिका अध्यक्ष केसीसँग कुरा बुझ्न खाेज्दा पटक पटक फाेेन गर्दा पनि उनकाे फाेन उठेन ।
चेत नारायण श्रेष्ठ, मेख बहादुर श्रेष्ठ, सनक बहादुर श्रेष्ठ, नर बहादुर श्रेष्ठ, पातली माया तामाङ, मोतिलाल तामाङ, बिर बहादुर तामाङ, ठनमाया श्रेष्ठ, शेर वहादुर तामाङ, शेख बहादुर श्रेष्ठ, जमुनी माया श्रेष्ठ र जमुना श्रेष्ठले गाउँपालिकालाई जग्गा दान दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: