Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गाउँपालिका केन्द्रको लागि सर्वसाधरणले निशुल्क दिएको जग्गा पालिका अध्यक्ष र कर्मचारीले पारे झ्वाम

खबरडबली संवाददाता

ओखलढुंगा । स्थानीय तह पुसंरचनापछि गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न सर्वसाधरणले निशुल्क प्रदान गरेको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले व्यक्तिका नाममा गरेको खुलेको छ  ।

जिल्लाको चम्पादेवी गाउँपपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न स्थानीयले दिएको जग्गा व्यक्तिका नाममा बनाएको खुलेको हो ।

गाउँपालिका अध्यक्ष नवराज के.सी.ले गाउँपालीकाको लागि आवश्यक पूर्वधार संरचना निर्माण गर्न तत्काल जग्गा आवश्यक परेकोले जग्गा उपलब्ध गरिदिनको लागि स्थानीय ११ जना सँग अनुरोध गरेका र उनीहरुले गाउँपालिकालाई निशुल्ल्क जग्गा प्रदान गरेका थिए । अध्यक्ष केसीको अनुुरोधलाई स्वीककार गरी सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकहरुले गाउँपाालिकका केन्द्रलाई आवस्यक जग्गा २०७४/२०७५ सालमा उपलब्ध गराएका थिए ।

जग्गा दिदएको एक ददशक बिबत्न लााग्दा सममेत उक्त जग्गामा गाउपालिकको पपूर्वाधार संरचना निर्माण हुन नसक्दा स्थानीय सशंकित भएका थिए । उक्त जग्गामा के कति कारणले संरचना निर्मान हुन सकेन भनी सोधखोज गर्दा चम्पादेवी गाउँपालिका अध्यक्ष के।सी।ले बेवास्ता गरेको जग्गादाताहरुको भनाइ छ ।

गाउँपालिका केन्द्रको संरचना निर्माण गर्ने भन्दै पालिका अध्यक्ष नवराज के।सी।ले जगत लुइटेको कि.न. ९६४ बाट ७ रोपनी, तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत भिम प्रसाद दाहालले सनक कुमार श्रेष्ठको कि.न. २०४ बाट ८ आना, तत्कालिन शिक्षा शाखा प्रमुख भवनाथ बरालले ललित बहादुर श्रेष्ठबाट कि.न.  २०२ बाट १ रोपनी, जगत बहादुर लुइटेलले जानुका श्रेष्ठको कि.न. ६४० बाट १ रोपनी,  तत्कालिन सूचना अधिकारी भविमाया दाहालले नरबहादुर श्रेष्ठको कि.न.  ६३६ बाट  ८ आना जमिन जालसाजी गरेर आफ्नो नाममा गरेको  दाताहरुको भनाइ छ ।

साविक कालिका गाविस अध्यक्ष जगत लुइटेलको योजनामा सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकलाई झुक्यानमा पारी किर्ते जालसाजी गरेको र सोही योजना सफल भएबापत साविक पलापु गविस वडा नं ८ नवलपुरको कित्ता नं. ९६४ बाट कित्ताकाटको ७ रोपनी जग्गा जगत लुइटेलबाट गाउँपालिका अध्यक्ष केसीले घुसस्वरुप लिएको दाताहरुले बताएका छन् । सार्वजनिक पदमा बसी सोही पदको आडमा सोझा नागरिकलाई प्रभावमा पारी झुक्याई किर्ते जालसाजी र अख्तियार दुरुपयोग गरी गाउँपाललिकाको सर्वाजनिक प्रयोजनका लागि भनी लिएको जग्गा ४ जना व्यक्तीले व्यक्तीगत कायम गरी भ्रष्टाचारजन्य कार्य गरेकोले उनीहरुलाई प्रचलित कानूनबमोजिम छानविन गरी हदैसम्मको कारवाही गरिपाउँ भनि दाताहरुले अख्तिययारमा समेत निवेदन दिएका छन् ।

यस विषयमा गाउँँपालिका अध्यक्ष केसीसँग कुरा बुझ्न खाेज्दा पटक पटक फाेेन गर्दा पनि उनकाे फाेन  उठेन ।

चेत नारायण श्रेष्ठ, मेख बहादुर श्रेष्ठ, सनक बहादुर श्रेष्ठ, नर बहादुर श्रेष्ठ, पातली माया तामाङ, मोतिलाल तामाङ, बिर बहादुर तामाङ, ठनमाया श्रेष्ठ, शेर वहादुर तामाङ, शेख बहादुर श्रेष्ठ,  जमुनी माया श्रेष्ठ  र जमुना श्रेष्ठले गाउँपालिकालाई जग्गा दान दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending