Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रवि लामिछानेको निलम्बित सांसद पदबारे कानुनी परामर्शमा सभामुख, फुकुवाको सम्भावना छ ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निलम्बित सांसद पद फुकुवा गर्न अनुरोध गरेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफूले फुकुवा गर्ने आधार नदेखेको भन्दै त्यसबारे महान्यायाधिवक्तासँग कानुनी परामर्श गरिरहेको बताएका छन्।

सांसद पद निलम्बनमा परेपछि हिउँदे अधिवेशनको सुरुमा पनि त्यस्तो निलम्बन फुकुवा गरिदिन अनुरोध गरेको स्मरण गराउँदै लामिछानेले मङ्गलवार पनि सभामुख समक्ष पुरानो अनुरोध दोहोर्‍याएका थिए।

लामिछानेले गरेको अनुरोधमा आफूले विगतदेखि नै कानुनी परामर्श गरिरहेको जानकारी गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए।

"यो विषयमा म चुप्प लागेर बसेको छैन। मैले कानुनी परामर्श गरिनै रहेको छु भन्नुभयो," प्रेस विज्ञ अधिकारीले भने, "यस विषयमा हामीले महान्यायाधिवक्तालाई पनि सोधेका छौँ। त्यसबारे जवाफ आइसकेको छैन।"

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुरक अभियोगपत्र दर्ता भएसँगै गत पुस ८ गते लामिछानेलाई संसद् सचिवालयले प्रतिनिधि सभा सदस्यको पदबाट निलम्बन गरेको थियो।

कास्कीस्थित जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको जानकारी गराएको र त्यसै अनुसार निलम्बनमा परेको भन्दै आफूले फुकुवा गर्न नमिल्ने सभामुखले बताएका बुझिएको छ।

"सभामुखले सम्पत्ति शुद्धिकरणको व्यवस्था बमोजिम नै फुकुवा हुन्छ। अहिले मैले गर्नसक्ने अवस्था छैन भन्नुभयो," अधिकारीले बीबीसीसँग भने।

लामिछानेसहितका नेताले सभामुखसमक्ष के कुरा राखे?

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभामुखलाई भेट्न पुगेका सांसदहरूले संसदीय सर्वोच्चताको विषय उठाउँदै निलम्बनको विषयलाई लिएर आफूहरू न्याय माग्न अदालत जानसक्ने विषय पनि उल्लेख गरेका थिए।

रास्वपाले पार्टी सभापति लामिछाने निलम्बनमा परेदेखि नै शक्ति पृथकीकरणको सिद्धान्तअनुसार त्यस्तो निलम्बनको प्रक्रिया मिल्दो नभएको भन्दै त्यसको विरोध गर्दै आएको थियो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखसमक्ष आफूहरूले "सरकारले एकजना व्यक्तिलाई निलम्बन गर्न सुनियोजित रूपमा मुद्दा लगाइन्छ भने त्यसले भविष्यमा अरूलाई के हुन्छ" भनेर कुरा राखेको बताए।

त्यस विषयमा घिमिरेले आफूहरूलाई दिएको जवाफबारे परियारले भने, " उहाँले म पनि यो विषयमा गम्भीर छु। यसलाई यत्तिकै अनदेखा गरेर बस्नुहुँदैन भन्ने छ। तर कानुनी आधार बिना मैले चल्न मिल्दैन भन्नुभयो।"

सभामुखले नै निलम्बन फुकुवाका लागि कानुनी आधार नभएको बताएपछि अब रास्वपाले के गर्छ?

जवाफमा प्रमुख सचेतक परियाले भने, "न्याय कसरी हुन्छ भनेर अब हामी कानुनी परामर्श गरेर त्यसै अनुसार अगाडि बढ्छौँ।"

"त्यसबाहेक विगतमा यस्ता किसिमका घटनामा कसरी न्याय निरूपण भएको छ, त्यो हेर्छौँ। कास्की अदालतले जुन आधारमा गरेको छ त्यसमा कानुनी बाटोमा जानुको विकल्प छैन।"

चितवनबाट प्रतिनिधि सभामा निर्वाचित सांसद रहेका लामिछाने पार्टीको संसदीय दलका नेता पनि हुन्।

उनी गत कात्तिक २ गते काठमाण्डूमा पक्राउ परेका थिए। पक्राउ परेको ६६औँ दिनमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।

अभियोजनकर्ताहरूले उनीसँग सम्पत्ति शुद्धीकरण मामिलामा २७ करोड ८९ लाख ४४ लाख रुपैयाँ बिगो माग गरेका छन्।

उनीविरुद्ध यसअघि कास्की, काठमाण्डू, रूपन्देही र चितवन जिल्लामा दर्ता भएका मुद्दाहरूमा उनी धरौटी राखेर रिहा भएका हुन् भने पर्सामा परेको उजुरी अनुसन्धानकै क्रममा रहेको छ।

लामिछाने र उनको दलले राजनीतिक प्रतिशोधका कारण आफूलाई विभिन्न आरोप लगाइएको दाबी गर्दै आएका छन्।

एकजना वरिष्ठ अधिवक्ता शम्भू थापाले रास्वपाले आफ्ना सभापति निलम्बनमै पर्नु नपर्ने भनेको विषय "दाबी गर्न लायक रहेको" धारणा व्यक्त गरेका छन्।

"पहिला त सम्पत्ति शुद्धिकरणमा पहिल्यै अरू मानिसहरूलाई मुद्दा चलाएको छैन भनेपछि यिनलाई चलाउनुपर्ने होइन भन्ने मलाई लाग्छ। दोस्रो, यिनीसँग जे सम्पत्ति भनेको छ त्यो सम्पत्ति नै छैन, के शुद्धिकरण? तेस्रो, सबै ठाउँमा अपचलन भनेर पनि मुद्दा चलाएको छ अनि फेरि सम्पत्ति शुद्धिकरण भनेर पनि ल्याएको छ," थापाले कुराकानीमा भने।

"भित्रि रूपमा मैले हेर्दा यो राजनीतिक खिचातानीको विषय जस्तो चाहिँ देखिन्छ।"

लामिछानेको सक्रियता

कात्तिकको पहिलो साता पक्राउ परेपछि सहकारी ठगी र सङ्गठित अपराधमा समेत मुद्दा बेहोरिरहेका कारण लामिछानेले पार्टीभित्र सक्रिय रूपमा काम गरेका थिएनन्। कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको थियो।

सोमवार भने लामिछानेले पार्टी सभापतिका रूपमा बैठकको नेतृत्व गरेका थिए।

सहकारी ठगीमा पाँचवटा जिल्लामा अनुसन्धान भइरहेका बेला काठमाण्डू, चितवन, पोखरा, रुपन्देहीमा मुद्दा दर्ता भए पनि पर्सामा भने अभियोजन समेत नभएको अवस्थामा राजनीतिक रूपमा गतिहीन भएर बस्न नसकिएको राय स्वयं सभापतिले राखेको परियारले बताए।

"पछिल्ला मुद्दाहरू पेचिला छन्। पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्नेछ भनेर पार्टी सभापति नेतृत्वमा आउनुभएको छ। अब त्यही अनुरूप काम अगाडि बढ्छ," उनले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending