Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भारतीय हस्तक्षेप विरुद्ध लेख लेख्दा प्रधानमन्त्रीका दुई सल्लाहकारले राजीनामा दिनुपर्यो

\"Bijan\" काठमाडौं । संविधान निर्माण अन्तिम चरणमा पुगेका वेला भारतको असान्दर्भिक भूमिकाको विश्लेषण प्रकाशित भएपछि प्रधानमन्त्री सुशील कोइरालाका दुई सल्लाहकारले राजीनामा दिनुपरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ प्रधानमन्त्रीका विकास तथा सामाजिक सल्लाहकार डा. विजन पन्त र प्रेस सल्लाहकार प्रतीक प्रधानले राजीनामा दिएका हुन् । पन्तले नयाँ पत्रिका दैनिकमा संविधान निर्माणमा भारतीय संस्थापनको अव्यावहारिक र असान्दर्भिक भूमिकाको आलोचना गरेका थिए भने प्रधानले रिपब्लिका दैनिकमा ‘रंग एड्भाइस’ शीर्षकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले समयमा संविधान आउनुपर्ने बताए पनि पछि द्वन्द्व बढाउन चाहनेको प्रभावमा धारणा फेरिएको बताएका थिए । दुवै सल्लाहाकारको विश्लेषणप्रति भारतीय पक्षले आपत्ति जनाएपछि उनीहरूले राजीनामा दिएका हुन् । प्रेस सल्लाहकार प्रधानको राजीनामा सोमबार प्रधानमन्त्रीले स्वीकृत गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानले सोमबार ट्विट गर्दै राजीनमाबारे भनेका छन्, ‘आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट आजै (सोमबार)देखि लागू हुनेगरी राजीनामा गरेको छु ।’ \"Prateek\" पन्तको राजीनामा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको एक महिनापछि डा. विजन पन्तलाई ०७० फागुनमा विकास तथा सामाजिक सल्लाहकारमा नियुक्त भएका थिए । उनले सोमबार बालुवाटार गएर प्रधानमन्त्रीको सचिवालयमा राजीनामापत्र बुझाएका छन् । पन्तले भने, ‘प्रधानमन्त्रीलाई सजिलो होस् भनेर राजीनामा दिएँ ।’ तर, रातिसम्म स्वीकृत नभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending