काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि मोबाइल एप ‘NT App’ सञ्चालन गरिरहेको छ । ग्राहकको आवश्यकता र प्रविधिसँगै बदलिंदो प्रवृत्तिलाई मध्यनजर गर्दै कम्पनीले एपमार्फत धेरैजसो सेवा एउटै स्थानबाट उपलब्ध गराएको छ ।
एपबाट मोबाइल सेवासम्बन्धी सम्पूर्ण विवरण हेर्नदेखि डिजिटल भुक्तानीसम्मका काम गर्न सकिन्छ । ‘Company Info’ सेक्सनमार्फत कम्पनीको वार्षिक साधारणसभा सूचना, वित्तीय विवरण, स्मारिका र महत्त्वपूर्ण उपलब्धिहरूको जानकारी लिन सकिनेछ । ग्राहकले आफ्नो मोबाइल सेवाको हालको ब्यालेन्स, प्रयोग गरिरहेका प्याकेजको स्थिति, बाँकी डेटा वा मिनेट र ‘Usage History’को पाँच दिने विवरण हेर्न सक्छन् ।
मोबाइल एपबाटै ईसिम (eSIM) दर्ता गर्न मिल्ने सुविधा थप्ने तयारीमा रहेको टेलिकमले ‘नमस्ते पे’ लाई एपसँगै एकीकृत गरेको छ । यसले डिजिटल भुक्तानीलाई थप सहज बनाएको देखिन्छ । ‘Complain Section’ मार्फत विभिन्न समस्याको गुनासो दर्ज गरेर सिधै सम्बन्धित विभागमा कल गर्न सकिन्छ ।
एपमार्फत ब्यालेन्स ट्रान्सफर, डेटा वा भ्वाइस प्याक गिफ्ट गर्नु, केवाईसी अपडेट, बायोमेट्रिक सेटअप, पासवर्ड परिवर्तन, कल वेटिङ वा फरवार्डिङ जस्ता सेवा सक्रियरनिष्क्रिय गर्न सकिन्छ । साथै, भीएएस (VAS) सेवा, रिचार्ज, बिल तिर्ने, फ्रेन्ड्स एन्ड फ्यामिली नम्बर थप्ने जस्ता सुविधा पनि सहजै प्रयोग गर्न सकिन्छ ।
एपमा टेलिकमका सबै सेवाहरूको महसुल दरबारे जानकारी पनि दिइएको छ । पहिलोपटक एप डाउनलोड गर्ने प्रयोगकर्तालाई १ जीबी निःशुल्क डेटा दिने व्यवस्था गरिएको छ भने एप प्रयोग गर्दा टेलिकम नेटवर्कमा डेटा शुल्क नलाग्ने व्यवस्था छ । टेलिकमको वेबसाइट खुल्दा पनि इन्टरनेट शुल्क लाग्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: