काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि मोबाइल एप ‘NT App’ सञ्चालन गरिरहेको छ । ग्राहकको आवश्यकता र प्रविधिसँगै बदलिंदो प्रवृत्तिलाई मध्यनजर गर्दै कम्पनीले एपमार्फत धेरैजसो सेवा एउटै स्थानबाट उपलब्ध गराएको छ ।
एपबाट मोबाइल सेवासम्बन्धी सम्पूर्ण विवरण हेर्नदेखि डिजिटल भुक्तानीसम्मका काम गर्न सकिन्छ । ‘Company Info’ सेक्सनमार्फत कम्पनीको वार्षिक साधारणसभा सूचना, वित्तीय विवरण, स्मारिका र महत्त्वपूर्ण उपलब्धिहरूको जानकारी लिन सकिनेछ । ग्राहकले आफ्नो मोबाइल सेवाको हालको ब्यालेन्स, प्रयोग गरिरहेका प्याकेजको स्थिति, बाँकी डेटा वा मिनेट र ‘Usage History’को पाँच दिने विवरण हेर्न सक्छन् ।
मोबाइल एपबाटै ईसिम (eSIM) दर्ता गर्न मिल्ने सुविधा थप्ने तयारीमा रहेको टेलिकमले ‘नमस्ते पे’ लाई एपसँगै एकीकृत गरेको छ । यसले डिजिटल भुक्तानीलाई थप सहज बनाएको देखिन्छ । ‘Complain Section’ मार्फत विभिन्न समस्याको गुनासो दर्ज गरेर सिधै सम्बन्धित विभागमा कल गर्न सकिन्छ ।
एपमार्फत ब्यालेन्स ट्रान्सफर, डेटा वा भ्वाइस प्याक गिफ्ट गर्नु, केवाईसी अपडेट, बायोमेट्रिक सेटअप, पासवर्ड परिवर्तन, कल वेटिङ वा फरवार्डिङ जस्ता सेवा सक्रियरनिष्क्रिय गर्न सकिन्छ । साथै, भीएएस (VAS) सेवा, रिचार्ज, बिल तिर्ने, फ्रेन्ड्स एन्ड फ्यामिली नम्बर थप्ने जस्ता सुविधा पनि सहजै प्रयोग गर्न सकिन्छ ।
एपमा टेलिकमका सबै सेवाहरूको महसुल दरबारे जानकारी पनि दिइएको छ । पहिलोपटक एप डाउनलोड गर्ने प्रयोगकर्तालाई १ जीबी निःशुल्क डेटा दिने व्यवस्था गरिएको छ भने एप प्रयोग गर्दा टेलिकम नेटवर्कमा डेटा शुल्क नलाग्ने व्यवस्था छ । टेलिकमको वेबसाइट खुल्दा पनि इन्टरनेट शुल्क लाग्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: