Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चर्चित प्रचण्डका तीन चुनौति

\"dipshikha\"प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रसंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्डै प्रचण्ड छन् । सबको मुखमा प्रचण्ड छन् । बोलीमा छन् । लवजमा छन् । मायामा छन् । गालीमा छन् ।
मानिसहरु भन्छन्, ‘प्रचण्ड बदलिइरहन्छन् ।’ मलाई सोध्न मन छ, ‘बदलिएका मानिसहरु हुन् कि प्रचण्ड ?’ उही मानिस अघिल्लो दिन वा साल प्रचण्डलाई गाली गरिरहेको देख्छु । उही मानिस पछिल्लो दिन या साल प्रचण्डको प्रसंसा गरिरहेको भेट्छु । म भ्रममा छु– बदलिइरहने मानिसहरु हुन कि प्रचण्ड ? कि दुवै ?
मानिसहरु भन्छन्, ‘प्रचण्ड बदलिइरहन्छन् ।’ मलाई सोध्न मन छ, ‘बदलिएका मानिसहरु हुन् कि प्रचण्ड ?’ उही मानिस अघिल्लो दिन वा साल प्रचण्डलाई गाली गरिरहेको देख्छु । उही मानिस पछिल्लो दिन या साल प्रचण्डको प्रसंसा गरिरहेको भेट्छु । म भ्रममा छु– बदलिइरहने मानिसहरु हुन कि प्रचण्ड ? कि दुवै ? संविधान जारी भएको भोलिपल्ट एकाविहानै कार्यालय हानिदैँथिएँ । नजिकैका एक साथी चिया पसलबाट कराए । रोकिएँ । र, चिया पिउन थालेँ । अर्को पसलका दाजु कुचो लगाउँदै आइपुगे । कुरो चल्दै थियो, संविधानको । होइन, प्रचण्डको चल्यो । को बन्ला राष्ट्रपति ? को बन्ला प्रधानमन्त्री ? म अन्जान झैं कुरा सुन्दैथिएँ । अर्का दाजु आइपुगे । चिया पसले दाजुले प्रचण्डलाई ‘राष्ट्रपति हुनुपर्ने’ भने । कुचो लाउँदै गरेका दाजुले नकारे । भने, ‘हुँदैन । त्यो काम नलाग्ने पदमा प्रचण्डलाई किन पठाउने ?’ अर्को दाजु बोले, ‘नेताचाहीँ प्रचण्ड हो के, राष्ट्रपति या पधानमन्त्री जे बनाए नि सुहाउँछ । ज्यानै सुहाउने –संविधान उसैले बनायो ।’ उनीहरुको आशय थियो– संविधान ‘प्रचण्ड अडान’ले बनेको हो । प्रचण्ड जतै फिट खाने नेता हुन् । करिब एक महिनाअघि  प्रचण्डको नाम लिन डराउनुपथ्र्यो । कसैले चिया पसलमा माओवादीलाई गाली गरिरहँदा स्वयं माओवादी भएर पनि गाली थपिदिएर हिँडेमात्रै छुट पाइन्थ्यो । संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको माओवादी एकाएक लोकप्रियताको शिखरमा छ । प्रचण्ड त्यो शिखरको टुप्पोमा मोहनी हाँसो हाँसिरहेका छन् ।यो आजको सत्य हो । प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकन छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’प्रचण्ड बुझिनसक्नुका छन् । केही बुझ्नेहरुले भन्छन्, ‘स्वनिर्णय गरेको बेला प्रचण्ड हावी हुन्छन् । जब परिबन्दमा निर्णय गर्छन् तब प्रचण्ड फस्छन् ।’ प्रचण्डले ‘निराश’ माओवादी कार्यकर्तालाई भन्थे –माओवादी अब १० वर्ष राजनीतिको केन्द्रमा हुन्छ । हामीलाई भर लाग्दैनथ्यो । अरुलाई ‘इस’ लाग्थ्यो । उनले त्यो सम्भव छ भन्ने कुरा फेरि एक पटक देखाएका छन् ।
\"Prachandaप्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन्
संविधान निर्माणबारे प्रचण्डमाथि झिना आरोप छन्–उनले वर्ग छोडे । वर्गका मुद्दा छोडे । उनी कति ‘सतर्क’ छन् ? थाहा छैन । उनका तर्क छन्– यसपालि गक्षअनुसार पाउने यत्ति हो । प्रचण्ड हारेर जित्न सक्छन् । यसपालि संविधान निर्माणमा उनले जिते । उनी ‘जित्न र हार्न’ दुवैमा सिपालु छन् । यसबीच पार्टी फुटका चोटहरु बेहोरे । जब प्रचण्ड खुल्ला राजनीतिको मूलधारमा आए तब प्रचण्डका निर्णयहरुमा मुलुक हिँडेको छ । उनले उठान गरेका एजेण्डाहरुको निरन्तर बहस र कार्यान्वयनमा देश बहेको छ । हिलो संविधानसभाको चुनावयता देशका ठुला निर्णयहरुमा प्रचण्ड हावी छन् । सेना समायोजन, शान्तिप्रक्रिया, दोस्रो संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणमा प्रचण्डको ‘बोल्ड’ निर्णयले काम गरेको छ । प्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन् । केही उदाहरणहरु हेर्न सक्छौं । आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए । उनी आफै पराजित भए । तर, डराएनन् । अहिले आफ्नै पार्टी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ असहमत हुँदाहुँदै संविधान निर्माणको निर्णयमा पुगे । उनीमाथि पार्टीभित्रकै मुख्य नेता र भारतीय पक्षको ठुलो दबाब थियो । तर, उनले टेरेनन् । प्रचण्ड के बोल्छन् ? होइन के गर्छन् ? भनेर हे¥यौं भने दृढ प्रचण्ड भेटिन्छन् । बरु सत्य के हो भने  प्रचण्ड परिस्थितिको  द्रूत गतिमा आँकलन गर्ने खुबी भएका नेता हुन् । उनी त्यो गतिमा हुँदा अरुले भेउसमेत पाउन्नन् अनि उनीमाथि ‘अस्थिरता’को आरोप लाग्छ । अँ त, सन्दर्भ प्रचण्डको चर्चाको भन्दा पनि चुनौतिको हो । प्रचण्ड अहिले हावी छन् । उनले संविधान निर्माणमा नसमेटिएका केही विषयबारेमा बोलिसकेका छन् । मधेसी, जनजाति, थारु, महिला र शासकीय स्वरुपबारे अबका एजेण्डा बनाउलान् नै ।  प्रचण्ड जति चर्चामा छन् उति नै उनीमाथि चुनौति पनि छन् । ती चुनौतिहरुलाई प्रचण्डले कसरी नेतृत्व गर्छन् भन्ने कुराले प्रचण्डको लोकप्रियताको शिखरको नापोजाँचो गर्नेछ । १.पार्टी निर्माण खासमा एकीकृत नेकपा माओवादी नाम मात्रै हो । आज यो पार्टी पार्टीको रुपमा छैन । पेरिसडाँडामा ‘साइनबोर्ड’ र निर्वाचन आयोगमा ‘दर्ता’बाहेक अरु एमाओवादीको नाममा केही छ भन्नु आत्मरति मात्रै हो । यस्तो नाम मात्रै भएको एमाओवादीलाई पुनर्निर्माण गर्न सक्छन् या सक्दैनन् ? अर्का नेता बाबुराम भट्टराईको नयाँ शक्तिको अवधारणाले पार्टी बन्छ या अरु केही हुन्छ ? प्रचण्डमाथि आजको युगसापेक्ष कम्युनिष्ट पार्टी बनाउने चुनौति छ । २. वर्गीय मुद्दा जुन जुन एजेण्डा बोकेर एमाओवादीले जनयुद्ध या संविधानसभा लड्यो, ती सबै एजेण्डा नयाँ संविधानमा सम्बोधन भएका छैनन् । सोही कारण अहिले प्रचण्डमाथि वर्गीय मुद्दा छाडेको आरोप छ । प्रचण्ड यसैमा रमाएर बस्छन् या सम्बोधन हुन बाँकी वर्गीय मुद्दा उठाएर थप उपलब्धिका लागि योजनाबद्ध लड्छन् । यो प्रचण्डको अर्को चुनौति हो । थप वर्गीय मुद्दा उठाउँदा मध्यम वर्गले उनका मुद्दा स्विकार्छ कि स्विकार्दैन ? वा भनौँ स्विकार्न प्रचण्डले के त्यस्तो योजना ल्याउँछन् ? लोकतान्त्रिक राजनीतिमा आएको एमाओवादीलाई कुनै एउटा वर्गलाई मात्रै सम्बोधन गर्ने छुट छैन । वर्गीय पक्षधरता पनि लिने र अर्को वर्गलाई पनि सँगै लिएर जाने बाटो त्यति सहज छैन । ३. होइन तर हो यो मुख्य चुनौति ‘होइन’ तर ‘हो’ । उनका पारिवारिक, जीवनशैलि र कार्यशैली देखाएर विरोधीहरुले जहिल्यै खुइल्याउने गर्छन् । सत्य के हो ? पार्टी नेता तथा कार्यकर्तालाई थाहा भए पनि आम मानिसलाई थाहा हुन्छ भन्ने हुँदैन । राजनीतिमा देखिने कुरा र नदेखिने कुरा दुवैले कहिलेकाहीँ समान अर्थ र महत्व बोकेका हुन्छन् । यहाँ यसोउसो भनिरहनुभन्दा पनि माथिका कुराहरुमा प्रश्न उठ्न दिनुहुँदैन । प्रचण्ड प्रायः एक्लै दौडिरहेका हुन्छन् । ‘एक्लै’ दौडने तरीकालाई बदलेर ‘टीमबद्ध’ दौडने बनाउन जरुरी छ । उनको राजनीतिक दैनिकी यति भद्रगोल छ कि त्यसले इमान्दार मानिसहरुलाई वाक्क बनाउँछ । यसलाई उनले निर्ममतापूर्वक बदल्नुपर्छ । ओली, कोइराला या सिटौलाले प्रचण्डको साहसमाथि सधैं सकारात्मक बोलिरहन सक्दैनन् । यो राजनीतिक मान्यताविपरीत कुरा हो । उनले अबका केही दिनमा प्रचण्डविरुद्ध धुँवादार बोल्न थाल्नुपर्छ । त्यसबेला प्रतिरक्षा गर्ने राजनीतिक होइन सामाजिक मानिसहरुलाई प्रचण्डले जोगाउन या बनाउन सक्नुपर्छ । र अन्त्यमा, प्रचण्ड ‘सीमा र कमजोरीरहित’ हुन् भन्न थालियो भने अतिरञ्जना हुन्छ । प्रचण्डमाथि उल्लेखित चर्चाका अतिरिक्त एक मान्छे हुन् । नेपाली समाज र संस्कार विकासको सापेक्षतामा कमजोरी हुन्छन् । यो नै सत्य हो । तर प्रचण्ड हारेर ‘जित्न’ सक्छन् । जितेर ‘हार्न’ सक्छन् । हार्दा र जित्दा पनि सहन सक्छन् । लोकप्रियताको शिखरमा उभिएका प्रचण्डले माथि उल्लेखित तीनवटा चुनौतिलाई सामना गरे भने भुइँबाट आएको नेपालीको छोरो ‘जननेता’ र ‘राजनेता’को दुवै पगरी गुथ्न सक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies