Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधान जारी गर्दा भोजमा प्रतिप्लेट १८ सय रुपैयाँका दरले कुल ७२ लाख खाना खर्च

\"CA5\"काठमाडाैं । व्यवस्थापन समितिले संविधान जारी भएको दिन ३ असोजको रात्रिभोजको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक सहमति गरेको छ । रात्रिभोजमा निम्त्याइएका चार हजारको हाराहारीमा पाहुनाले खाना खाएको भान्साको जिम्मा लिएको अल्फा हाउसले जनाएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– प्रतिप्लेट १८ सय रुपैयाँका दरले कुल ७२ लाख खाना खर्च लागेको अल्फा हाउसको दाबी छ । संसद् सचिवालयमा क्यान्टिनसमेत सञ्चालन गरिरहेको अल्फा हाउसले तीन सय रुपैयाँमा अन्य वेला खाना खुवाउँदै आएको छ ।
संविधानसभामा हुने थप कामका लागि कर्मचारीलाई दिइएको अतिरिक्त प्रोत्साहन भत्ता संविधानसभा विघटन भएपछि पनि कायमै राखिएको छ । व्यवस्थापिका–संसद्को उच्च निकाय ‘सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति’को बुधबारको बैठकले सचिवालयका कर्मचारीलाई दिइँदै आएको भत्ता कायम राख्ने निर्णय गरेको सचिवालय स्रोतले जानकारी दियो ।
‘सचिवालयका तर्फबाट व्यवस्थापन समिति बैठकमा प्रोत्साहन भत्तालाई निरन्तरता दिने प्रस्ताव गएको हो,’ स्रोतले भन्यो, ‘संविधानसभा त सकियो, तर हामी सबैको मिहिनेतले संविधान बन्यो ठीकै छ निरन्तरता दिऊँ, भनेर सभामुख सुवासचन्द्र नेम्वाङले स्वीकृति दिनुभयो । त्यसपछि अरू सबैले समर्थन जनाए ।’ सभामुखको अध्यक्षतामा रहेको व्यवस्थापन समितिमा उपसभामुख ओनसरी घर्ती, महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्द शर्मा सदस्य छन् ।
संसद् सचिवालयका कर्मचारीले अहिले तलबको ८० प्रतिशत अतिरिक्त भत्ता र दैनिक ६ सय रुपैयाँका दरले खाजा खर्च पाउँदै आएका छन् । शनिबार हाजिर गर्ने कर्मचारीले सात सय ५० रुपैयाँ खाजा खर्च पाउने गर्छन् । सचिवालयका कार्यालय सहयोगी कर्मचारीले मासिक ४१ हजार तीन सय ६४ रुपैयाँ पाउँदै आएका छन् । कार्यालय सहयोगीको नियमित तलब १२ हजार नौ सय ८० रुपैयाँ हो । त्यसको ८० प्रतिशत, खाजाबापतको दैनिक ६ सय र बिदा दिनको सात सय ५० रुपैयाँका दरले हिसाब गर्दा ४१ हजार तीन सय ६४ रुपैयाँ हुन आउँछ । कर्मचारीको तहअनुसार यो रकम बढ्दै जानेछ ।
सचिवालयका प्रवक्ता डा. भरत गौतमले व्यवस्थापन समितिले गरेको निर्णयबारे आफूलाई आधिकारिक जानकारी नआएको बताए । ‘यसबारे आधिकारिक जानकारी पाएको छैन,’ उनले भने, ‘व्यवस्थापन समितिले गरेको निर्णयबारे थाहा भएपछि जानकारी दिनेछु ।’
व्यवस्थापन समितिले संविधान मस्यौदा निर्माणमा सहयोग गर्न विज्ञका रूपमा कानुन मन्त्रालयका सचिव भेषराज शर्मा, पूर्वसचिव माधव पौडेल, पूर्वमुख्यसचिव तीर्थमान शाक्य र भाषाविद् शरदचन्द्र वस्तीलाई एक लाख १५ हजार रुपैयाँ नघट्ने गरी पारिश्रमिक दिने निर्णय पनि गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending