Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जनयुद्धबारे जनार्दनको रोचक खुलाशा

\"janardanएमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम क्षेत्र नम्बर २ बाट संसद्मा प्रतिनिधित्व गर्छन् । १० वर्षको माओवादी सशस्त्र युद्धका क्रममा राजनीतिक र सैन्य क्षेत्रमा काम तथा नेतृत्व गरेका शर्मासाग युद्धकालका कैयौा अविष्मरणीय क्षण छन् यस्ताे छ :
०५२ फागुन १ गते जनयुद्ध सुरु गर्ने वेला म दाङमा कार्यरत थिएँ । त्यतिवेला त्यहाँको जनआधार कमजोर थियो । पार्टीमा काम गर्ने साथी निकै कम थिए । सुरुवाती कारबाही गर्दा जिल्लाभरि कभर गर्नुपर्छ भन्ने पार्टीको सर्कुलर थियो । सबैतिर कारबाही गर्दा सरकारी सुरक्षाकर्मीको ध्यान विकेन्द्रित हुन्थ्यो ।
पार्टीमा क्रियाशील साथीहरू पनि जनयुद्ध सुरु गर्ने भनेपछि निष्क्रिय भए, कतिपय त सम्पर्कविहीन नै भए । जनयुद्ध घोषणाको अघिल्लो तथा माघको अन्तिम दिन अरू साथीलाई अन्यत्र कारबाही गर्न पठाएँ । मचाहिँ एक्लै घोराही बजारका विभिन्न ठाउँमा पोस्टर टाँस्न गएँ । एक्लै भए पनि निश्चित गरिएका सबै टार्गेट भ्याएँ । त्यसवेला ममा नयाँ खालको उत्साह थियो । देश र जनताका लागि केही गर्न लागिएको छ भन्ने थियो ।
राति अबेरसम्म पोस्टर टाँसिसकेपछि पहिले बसिरहेको घरमा गइनँ । अर्कैमा गएँ । सुरक्षाका कारण त्यसो गर्नुपथ्र्यो । जनयुद्धको औपचारिक घोषणापछि प्रशासनले कस्तो प्रतिक्रिया गर्ला त भन्ने जिज्ञासा थियो हामी सबैमा त्यसवेला । तर, खास केही भएन ।
त्यतिवेला हामीले कुनै ठूलो हिंसात्मक कारबाही नगरेकाले होला, सामान्य भयो । भोलिपल्ट दिउँसो आफैँले पोस्टर टाँसेका ठाउँमा हेर्न गएँ । ती यथावत् थिए । अरू मानिस पनि कुतूहलका साथ पोस्टर हेरिरहेका थिए । मनमनै खुसीको अनुभूति भयो । केही साहसिक काम गर्न सफल भइयोजस्तो लाग्यो ।
अाजकाे नयाँ पत्रिकाबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending