Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

एमालेमा विद्याको कमब्याकले ल्याएको तरंग- ईश्वरले ओलीलाई नेतृत्व छाड्नुस् भनेपछि बैठकमा नोकझोक

ओलीको जवाफ- तपाईं कर्ण थापाको कुरा बोकेर नआउनुस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनलाई लक्षित गरेर बसेको सचिवालय बैठक १० घण्टा लामो छलफलपछि सकियो ।  तर यो बैठकले पार्टीभित्रको गहिरो असहमति र आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याइदिएको छ। 

विशेषतः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको नोकझोंकले नेतृत्व हस्तान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको बहसलाई तीव्र बनाएको छ।

बैठकमा विधानको महत्वपूर्ण धारा– ७० वर्ष उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने प्रस्तावमाथि छलफलका क्रममा ओली र पोखरेलबीच खुला वाकयुद्ध भयो। 

पोखरेलले नेतृत्वको शैलीमाथि गम्भीर प्रश्न उठाउँदै ओलीलाई 'अब तपाईंले छोड्नुस्' भनेर सिधा नेतृत्व परिवर्तनको माग गरेका थिए।

पोखरेलको भनाइ थियो, 'तपाईं र मबीच कुनै विचारधारात्मक द्वन्द्व छैन, तर तपाईंको कार्यशैलीमा गम्भीर समस्या छ। पार्टीभित्र आत्मालोचना र मूल्यांकनको संस्कार हराउँदै गइरहेको छ।' 

यति भनिरहँदा ओलीले बीचमै 'तपाईं कर्ण थापाको कुरा बोकेर आउनुभयो?' भन्दै आपत्ति जनाएपछि तनाव झन् चुलिएको थियो।

आफूमाथि आएको नेतृत्व परिवर्तनको दबाबका बीच अध्यक्ष ओली भने पछि हट्न तयार देखिएनन्। उनले “पार्टीमा अझै मेरो आवश्यकता छ, अहिले नेतृत्व छाड्ने अवस्था छैन” भन्ने जवाफ दिए। बहुमतका आधारमा उमेर र कार्यकालको सीमा हटाउने प्रस्ताव पारित भएलगत्तै ओलीका लागि तेस्रो कार्यकालको बाटो खुला भएको छ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा केही संशोधनसहित पारित भएको छ। यसले पार्टी पदाधिकारीको संख्या १५ मा सीमित गर्दै सचिवालय संरचना हटाउने र पदाधिकारीलाई स्थायी समिति सरहको भूमिका दिने प्रस्ताव अघि बढाएको छ। 

केन्द्रीय कमिटीको सदस्य संख्या २५१ बनाउने र विधान महाधिवेशनमा १०औं महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने निर्णयले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सहभागी हुन अयोग्य बनाएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा साधारण सदस्यता नवीकरण गरी सक्रिय हुन खोजेकी थिइन्। तर, विधान अनुसार १०औं महाधिवेशनमा सहभागी नभएकाले उनी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नसक्ने निर्णयले उनको राजनीतिक पुनरागमनमा अवरोध खडा भएको छ।

पार्टीभित्र ७० वर्षे उमेर सीमा हटाउने र कार्यकाल सिमाका व्यवस्था खारेज गर्नु ओलीका लागि अनुकूल देखिए पनि यसले नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको बहसलाई अझ चर्काउने देखिन्छ। 

ईश्वर पोखरेलजस्ता वरिष्ठ नेताहरूको असन्तुष्टि संस्थागत असन्तुलन र रणनीतिक द्वन्द्वको संकेत हो, जसले आगामी महाधिवेशन र एमालेको रणनीतिक पथमा असर पुर्‍याउने निश्चित छ।

अब शुक्रबार बस्ने पोलिट्ब्युरो बैठक र त्यसपछि केन्द्रीय कमिटीले विधान मस्यौदालाई अनुमोदन गरेपछि भदौमा हुने महाधिवेशनमा अन्तिम रूप दिने तयारी छ। तर महाधिवेशनभन्दा अघि नै नेतृत्व र संस्थागत संरचनाको बहसले एमालेभित्र ठूलो ध्रुवीकरण गराउने संकेत देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending