काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनलाई लक्षित गरेर बसेको सचिवालय बैठक १० घण्टा लामो छलफलपछि सकियो । तर यो बैठकले पार्टीभित्रको गहिरो असहमति र आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याइदिएको छ।
विशेषतः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको नोकझोंकले नेतृत्व हस्तान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको बहसलाई तीव्र बनाएको छ।
बैठकमा विधानको महत्वपूर्ण धारा– ७० वर्ष उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने प्रस्तावमाथि छलफलका क्रममा ओली र पोखरेलबीच खुला वाकयुद्ध भयो।
पोखरेलले नेतृत्वको शैलीमाथि गम्भीर प्रश्न उठाउँदै ओलीलाई 'अब तपाईंले छोड्नुस्' भनेर सिधा नेतृत्व परिवर्तनको माग गरेका थिए।
पोखरेलको भनाइ थियो, 'तपाईं र मबीच कुनै विचारधारात्मक द्वन्द्व छैन, तर तपाईंको कार्यशैलीमा गम्भीर समस्या छ। पार्टीभित्र आत्मालोचना र मूल्यांकनको संस्कार हराउँदै गइरहेको छ।'
यति भनिरहँदा ओलीले बीचमै 'तपाईं कर्ण थापाको कुरा बोकेर आउनुभयो?' भन्दै आपत्ति जनाएपछि तनाव झन् चुलिएको थियो।
आफूमाथि आएको नेतृत्व परिवर्तनको दबाबका बीच अध्यक्ष ओली भने पछि हट्न तयार देखिएनन्। उनले “पार्टीमा अझै मेरो आवश्यकता छ, अहिले नेतृत्व छाड्ने अवस्था छैन” भन्ने जवाफ दिए। बहुमतका आधारमा उमेर र कार्यकालको सीमा हटाउने प्रस्ताव पारित भएलगत्तै ओलीका लागि तेस्रो कार्यकालको बाटो खुला भएको छ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा केही संशोधनसहित पारित भएको छ। यसले पार्टी पदाधिकारीको संख्या १५ मा सीमित गर्दै सचिवालय संरचना हटाउने र पदाधिकारीलाई स्थायी समिति सरहको भूमिका दिने प्रस्ताव अघि बढाएको छ।
केन्द्रीय कमिटीको सदस्य संख्या २५१ बनाउने र विधान महाधिवेशनमा १०औं महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने निर्णयले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सहभागी हुन अयोग्य बनाएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा साधारण सदस्यता नवीकरण गरी सक्रिय हुन खोजेकी थिइन्। तर, विधान अनुसार १०औं महाधिवेशनमा सहभागी नभएकाले उनी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नसक्ने निर्णयले उनको राजनीतिक पुनरागमनमा अवरोध खडा भएको छ।
पार्टीभित्र ७० वर्षे उमेर सीमा हटाउने र कार्यकाल सिमाका व्यवस्था खारेज गर्नु ओलीका लागि अनुकूल देखिए पनि यसले नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको बहसलाई अझ चर्काउने देखिन्छ।
ईश्वर पोखरेलजस्ता वरिष्ठ नेताहरूको असन्तुष्टि संस्थागत असन्तुलन र रणनीतिक द्वन्द्वको संकेत हो, जसले आगामी महाधिवेशन र एमालेको रणनीतिक पथमा असर पुर्याउने निश्चित छ।
अब शुक्रबार बस्ने पोलिट्ब्युरो बैठक र त्यसपछि केन्द्रीय कमिटीले विधान मस्यौदालाई अनुमोदन गरेपछि भदौमा हुने महाधिवेशनमा अन्तिम रूप दिने तयारी छ। तर महाधिवेशनभन्दा अघि नै नेतृत्व र संस्थागत संरचनाको बहसले एमालेभित्र ठूलो ध्रुवीकरण गराउने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: