Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भारत हाम्रो असल मित्र हो कसैले सम्वन्ध विर्गान नखोजे हुन्छ – ओली

\"Kp_Oli_Banner\"काठमाडौं  । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले भारत असल मित्र भएको बताउँदै उसका विरुद्ध केही गर्नु पर्ने कारण र योजना नभएको बताएका छन् । नेपाल पर्यटन राष्ट्रिय व्यवसायी सङ्गठनको प्रथम महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष ओलीले तत्कालका केही साना स्वार्थ पूरा गर्न ठूला उपलब्धिलाई ओझेल पार्न नहुने भन्दै उनले संविधान जारी भएपछि नेपाल र भारतका बीचको सम्बन्ध बिगार्ने प्रयास भए पनि त्यो सफल नहुने विश्वास व्यक्त गरे । उनको भनाइ थियो– ‘भारत हाम्रो भरपर्दो मित्र हो, उसका विरुद्ध केही गर्नुपर्ने कारण वा त्यस्तो कुनै योजना नेपालको छैन, यो कुरा भारत सरकारले बुझेको हुनुपर्छ तर संयुक्त राष्ट्रसङ्घको सदस्य रहेको स्वतन्त्र सदस्य नेपालले आफ्नो संविधान जारी गर्नु पनि उत्तिकै स्वाभाविक कुरा हो ।’ संविधान जारीपछि राजनीतिक सङ्क्रमणकाल समाप्त भएकाले केही दलले असन्तुष्टि व्यक्त गर्ने क्रममा गरेको हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताएका छन् । नेपाल पर्यटन राष्ट्रिय व्यवसायी सङ्गठनको प्रथम महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले विश्वका कुनै पनि मुलुकका भन्दा लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नेपालको संविधान कमजोर नरहेको दाबी गर्दै संविधानसभाको व्यापक सहभागिताका आधारमा निर्मित संविधानलाई मान्न आग्रह गरे । उनले भने –‘लोकतन्त्रमा केही कुरामा चित्त बुझेन भन्दैमा आन्दोलनका नाममा निर्दाष व्यक्ति र प्रहरीमाथि आक्रमण, व्यक्तिका घर, सरकारी कार्यालय तोडफोड, सीमामा अवरोधजस्ता कार्य स्वीकार्य छैन । संविधानमा मेरो पनि चित्त नबुझेका केही विषय छन् तर संविधान मेरा लागि मात्र होइन, यो देशलाई अघि बढाउने दस्तावेज हो ।’ तराई मधेस केन्द्रित दलका कुनै असन्तुष्टिका विषय भए वार्तामा बसेर सङ्घीयताको हेरफेर गर्न सकिने उनले बताए । उनले संविधानमा सङ्घीयता, गणतन्त्र, समावेशीता र समानुपातिकलगायतका व्यवस्था गरेर जनतालाई अधिकार सम्पन्न बनाएको चर्चा गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि पर्यटन क्षेत्रमा केही भ्रम रहे पनि क्रमशः पूर्ववत् अवस्थामा ल्याउन सरकारले काम गरिरहेको बताए । एमालेका पर्यटन क्षेत्रका इञ्चार्ज सूर्य थापाले मुलुकको आर्थिक विकासको महत्वपूर्ण हिस्साका रुपमा पर्यटन क्षेत्रलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy