Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बाबुराम भट्टराईले एमाओवादी छोडे

\"baburam-bhattarai\" काठमाडौं  । एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन् ।

संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका भट्टराई संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए ।

नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा भट्टराईले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको बताए।

रुपान्तरित व्यवस्थापिका संसदमा आफू सांसद नरहने पनि उनले बताए। ‘मैले यो जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि जानकारी गराइसकेको छु’, उनले भने ।

उनले पत्रकार सम्मेलनमा आफुले पहिलेदेखि नै पार्टीहरु रुपान्तरण हुदै जानु पर्ने कुरा गर्दै आएकोले संविधानसभाबाट संविधान जारी गर्ने एउटा चरण पुरा भइसकेको  अव नयाँ ढंगले अगाढी बढ्ने उदेश्य रहेको बताउँदै उनले भने–‘ आजैका मितिदेखि लागू हुने गरी मैले एकीकृत नेकपा माओवादी सम्पूर्ण दायित्व, जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको घोषणा गर्दछु ।’

तत्काल के गर्ने भन्ने दिमागमा नभएको तर पार्टीहरु बाहिर रहेका,  देशभक्त , प्रगतिशिल शक्तिसँग मिलि, कुनै पनि पार्टीमा नरहेकासँग सल्लाह गरेर कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने सल्लाह गरेर अगाडि बढ्ने उनले बताए ।

देश र जनताको सेवा गर्ने एउटा साधन पार्टी हो, पार्टीमात्रै सबै साधन होइन,’ केही समय सामान्य नागरिकको रुपमा रहन्छु,\'  उनले भने ।

भट्टराईले पार्टी अध्यक्ष भएर एमाओवादीमा फर्कने सम्भावना पनि नरहेको बताए । उनले भने, ‘घरबाट निस्किसकेपछि नयाँ घर बनाउने, नयाँ बाटो हिंड्ने अथवा जंगलमा बस्ने अनेक विकल्पहरु हुन्छन्,’ उनले एमाओवादीमा फर्कने सम्भावनाबारे भने, \'पुरानो घर, भत्केको घर, छोडेको घर फर्कने कुरै हुँदैन ।\'

भट्राइले पत्रकार सम्मेलनमा पाँच ‘स’को प्रतिबद्धता जनाएका छन् ।  सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डता समानुपातिक समावेशी लोकतन्त्र , समृद्धि, समाजिक न्याय र सदाचार प्रति सँधै प्रतिबद्ध रहने उनले बताए ।

यो पनि पढ्नुस् बाबुरामले ठीक गरे कि बेठीक ? के भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending