Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बाबुरामले ठीक गरे कि बेठीक ? के भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ?

\"Babauram-Bhattarai-quits-Pa\"काठमाडौं । पार्टी भित्रकै प्रतिपक्षको उपमा पाएका डा. बाबुराम भट्टराईले अन्ततः शनिबार एमाओवादी परित्याग गरेको घोषणा गरेका छन् ।

शान्ति प्रक्रिया र संविधानसभा मेरै एजेण्डा हो भनेर दाबी गर्ने उनले पत्रकार सम्मेलन गरेर साधारण सदस्य समेत नरहने गरी पार्टी र सांसद पद समेत त्यागेको बताए ।

संविधानसभाबाट नयाँ संविधान जारी भएको एकसाता नपुग्दै पार्टी परित्यागको घोषणा गरेर डा. भट्टराईले ठीक गरे कि बेठीक ? अब उनी के गर्लान् ? अहिले राजनीतिक वृत्त र पार्टी पंक्तिमा यही कुराको बहस र जिज्ञासा छ ।

आफ्नो खुट्टामा आफै बन्चरो हाने : खनाल

एमाओवादीलाई नजिकबाट चिनेका वाम विश्लेषक मुमाराम खनाल भन्छन्, ‘बाबुरामले पार्टी परित्याग गरेर आफ्नो खुट्टामा आफै बन्चरो हाने ।’

बिभाजन कुनै पनि पार्टीका लागि सुखद नहुने भन्दै उनले यो बिभाजनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धक्का लागेको टिप्पणी गरे । ‘भट्टराई मात्रै कमजोर हुन्नन् प्रचण्डसमेत कमजोर हुनेछन्,’ खनालले भने, ‘उनको यो क्षेत्रीय राजनीतिले अरु पार्टीमा पनि बिभाजन ल्याउन सक्छ ।’

बिभाजनको औचित्य पुष्टि होला ?

[caption id=\"attachment_39949\" align=\"alignleft\" width=\"200\"]\"mani-thapa\" मणि थापा[/caption]

बाबुरामले पार्टी बिभाजनको पुष्टि गर्न सक्लान् कि नसक्लान् भन्ने कुरा भविष्यले देखाउने नै छ । तर विगतमा सँगै जनयुद्ध लडेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भट्टराईले पार्टी बिभाजनको औचित्य पुष्टि गर्न नसक्ने दाबी गरे । उनको हालत पनि एमाओवादीबाट अलग भएका अरु माओवादी पार्टीहरुको भन्दा फरक नहुने उनले बताए ।

उनले भने, ‘देशमा राजनीतिक संकट छ, यस्तोबेला सबै वाम दल एकढिक्का हुनुपर्नेबेला बाबुराम भट्टराईले एमाओवादीबाट अलग भएर ठीक गरेनन् । उनको हालत पनि हालका अरु माओवादी पार्टीहरुको जस्तै हुनेछ ।

आधा घण्टा लामो पत्रकार सम्मेलनमा उनले अधिकांश समय आफ्नो राजनीतिक ब्याकग्राउण्ड र संविधान निर्माण प्रक्रियाको कुरा गरेर खर्चिएका थिए ।

पत्रकार सम्मेलनमा उनले भत्किएको र पुरानो घरमा नफर्किने त बताए । तर, जतिसुकै भत्किएको र पुरानो किन नहोस् आफू जन्मिएको, हुर्किएको घर भनेको घर नै हो बरु त्यसलाई मर्मतसम्भार गरेर अझ बलियो बनाएर बसिन्छ भन्ने कुरालाई भने भट्टराईले नजरअन्दाज गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending