Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

‘राजसंस्था राख्ने सहमति श्यामशरणले उल्ट्याए’

काठमाडौं, दोस्रो जनआन्दोलन २०६२र६३ मा तत्कालीन राजा र र आन्दोलनरत दलहरूबीच राजसंस्था राख्ने सहमति भएको तर नेपालका लागि भारतका पूर्वराजदूत श्यामशरणले त्यसलाई उल्ट्याएको खुलासा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले गरेका छन्। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर –राणाका अनुसार भारतीय कंग्रेस आईका वरिष्ठ नेता करण सिंहको पहलमा राजसंस्था राख्ने सहमति भए पनि त्यसबेला उनीसँगै नेपाल आएका अर्का प्रतिनिधि श्यामशरणले त्यसलाई उल्ट्याएको दावी गरेका छन् । जनआन्दोलन चर्किरहेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रूपमा सिंह र श्यामशरण २०६३ वैशाख पहिलो साता दल र दरबारबीच मध्यस्थता गर्न भनेर नेपाल आएका थिए। सिंहले त्यसबेला तत्कालीन राजा ज्ञानेन्द्र र आन्दोलनरत दलका नेताहरूसँग भेटेर दुवै पक्षबीच सहमतिको वातावरण बनाउन पहल गरेका थिए। वार्ताका क्रममा कुनै न कुनै रूपमा नेपालमा राजसंस्थालाई निरन्तरता दिने विषयमा सहमति भएको चर्चा त्यतिबेला चलेको थियो। यसै कारण आन्दोलनका कारण पुनर्स्थापित प्रतिनिधिसभाको जेठ ४ गते बस्ने बैठकमा राजसंस्था उत्तराधिकारी ऐन संशोधन प्रस्ताव लैजाने सहमति भएको स्रोतको दाबी छ। भारतले आन्दोलनरत तत्कालीन सात दल र सशस्त्र विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। भारतीय नेता सिंह अध्यक्ष राणाका फुपाजु हुन्। उनीहरूबीच आत्मीय सम्बन्ध पनि छ। राणाले यसबेला आएर यो खुलासा गर्नुलाई समेत राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ। २०६३ वैशाख ८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट दलहरूको सिफारिसमा सरकार गठन गर्ने र जनताको नासो जनतालाई नै फर्काउने घोषणा भएको थियो। त्यो शाही घोषणालाई अधुरो र अपुरो भन्दै आन्दोलनरत सात दलले आन्दोलन जारी राखेका थिए। तर ११ गते पहिला विघटित प्रतिनिधिसभा पुनस्र्थापनासहित सरकार गठनका लागि राजाले दलहरूलाई आह्वान गरेका थिए। ११ गतेको शाही घोषणामा आन्दोलनरत दलका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन र राजाको प्रत्यक्ष शासनको अन्त्य, प्रतिनिधिसभा पुनस्र्थापना, सम्प्रभुसत्ताको स्रोत नेपाली जनता, निर्वाचित संविधानसभाद्वारा संविधान लेखन गर्ने विषय उल्लेख थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending