राष्ट्रिय स्वाधीनताको पक्षमा एक ढिक्का भएर अघि बढ्न विभिन्न छ राजनीतिक दलले समावेशी समानुपातिक गठबन्धन नाम दिएर मोर्चा गठन गरेका छन् ।
नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, दलित जनजाति पार्टी र मधेस समता पार्टीले राष्ट्रिय स्वाधीनताको प्रवद्र्धन गर्न गठबन्धन बनाएका हुन् ।
ती दलका सांसदहरुको आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय स्वाधीनताको विषयलाई सशक्त रुपमा जनतासामु लैजाने निर्णय गरेको नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जानकारी दिए ।
मुलुक सङ्कटमा परेका बेला साना ठूला सबै दल एक ढिक्का भएर राष्ट्रियताको पक्षमा उभिन आवश्यक भएको उनको भनाइ थियो । पछिल्लो दिन पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुको आयातमा देखिएको समस्यालाई उच्चस्तरीय समिति गठन गरी वार्ताको माध्यमबाट यथाशक्य छिटो समाधान गर्न सरकारलाई आग्रह गरिएको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापाले जानकारी दिए ।
तराई मधेसमा आन्दोलनकारी दलहरुले उठाउँदै आएका जायज मागलाई वार्तामार्फत सम्बोधन गर्न र प्रधानमन्त्री सुशील कोइरालाले तराईका विभिन्न जिल्लामा सुरु गरेको भ्रमणलाई निरन्तरता दिँदै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र र निषेधाज्ञा हटाउनसमेत सरकार समक्ष माग गरिएको सांसद थापाको भनाइ छ ।
छ राजनीतिक दलका सातजना सांसद छन् । बैठकले नेपाली राजनीतिमा देखिँदै आएको प्रमुख तीन दलको राजनीतिक एकाधिकारलाई तोड्नुुपर्नेमा समेत जोड दिएको छ ।
बैठकपछि गठबन्धनआबद्ध नेपाली जनता दलका उपाध्यक्ष मुक्तिनाथ गौतमले मत प्रतिशत सीमालाई स्वीकार गर्ने र समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयनमा लान पहल गर्ने निर्णय पनि लिइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: