Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दश पृष्ठको सूचना प्राप्त गर्दा तिराइएको रकम फिर्ता गरिएपछि दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भएको छ ।

सूचनाको हकसम्बन्धी नियमावली २०६५ को दफा ४ को उपदफा (२) बमोजिम सार्वजनिक निकायहरुले नागरिकलाई दश पृष्ठको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि यसअघि यस्तो ‘प्राक्टिस’ अन्य सार्वजनिक निकायले गरेका थिएनन् ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ बमोजिम धनकुटा कुरुले तेनुपाका नोदनाथ त्रितालले २०७१ माघ २२ गते गरेको उजुरीमाथि निर्णय गर्दै केही दिनअघि राष्ट्रिय सूचना आयोगले निःशुल्क पाउनुपर्ने दश पृष्ठको सूचनावापतको रु ५० निवेदकलाई फिर्ता गर्न आदेश गरेको थियो ।

निवेदकले आयोगमा विपक्षी कार्यालयले निःशुल्क उपलब्ध गराउनुपर्ने दश पृष्ठको सूचनाको दस्तुर लिएकामा छुट गर्न आग्रह गर्दा नदिएको जिकिर गरेका थिए । पटक पटकको प्रयासपछि आयोगको आदेश भएको करिब चार महिनापछि मन्त्रालयले आदेश कार्यान्वयन गरेको निवेदक त्रितालले जानकारी दिए ।

आयोगले गरेको निर्णयमा ‘नियमावली बमोजिमको पाना १० को पाउनुपर्ने छुट रकम रु पचास उजुरीकर्तालाई फिर्ता गराई यस आयोगलाई जानकारी गर्न हुन’ भनी निर्देशन दिइएको थियो । ।

सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना मागकर्तालाई १० पानासम्मको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending