काठमाडौं । नयाँ संविधान जारी भएपछि मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । संविधानलाई कसैले विरोध र कसैले समर्थन गरेका छन् । सरकार समर्थित दलहरुले त दीपावली, सभा र चियापान समेत गर्दै बधाइ साटासाट गरे । संविधान जारी गर्न भूमिका खेलेको भन्दै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उपहारस्वरुप ढुंगा प्राप्त भएको छ ।
तपाईंलाई आश्चर्य लाग्यो होला ढुंगा पनि उपहार ? हो । लामो दुरिका धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले आइतवार विश्वकै सर्वोच्च शिखर सगरमाथा एवं अमेरिका महादेशको सर्वोच्च शिखरको ढुंगा ओलीलाई उपहार दिएका छन् ।
भक्तपुरको बालकोटमा आयोजित कार्यक्रममा संजयले नयाँ संविधान बनाउन प्रमुख भूमिका खेलेकाले आफूले ज्यानको जोखिममा राखेर सर्वोच्च शिखरहरुबाट ल्याएका ढुंगाहरु ओलीलाई प्रदान गरेको बताए । पण्डितले सिसामा विशेषरुपले सजाएर राखिएको ढुंगा ओलीलाई प्रदान गरेका थिए ।
ढुंगा हस्तान्तरण कार्यक्रममा ओलीले संसारका हिमाल जित्ने संजय पण्डितको अभियानलाई आफूले सदैव सहयोग गर्ने जानकारी गराए ।
कार्यक्रममा सांसद हिराबहादुर के.सी, राखेपका पूर्वउपाध्यक्ष पिताम्वर तिमल्सिना, पूर्वसांसद बीरबहादुर केसीलगाएतको उपस्थिती थियो ।
सात महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने अभियानमा रहेका पण्डितको अब अन्तिम यात्रा अन्टार्टिका महादेशको माउण्ट भिन्सन मासिफ रहेको छ । उनी २०१५ को अन्त्यतिर त्यसतर्फ प्रस्थान गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: