Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भारतविरुद्ध आक्रोश बढ्दो, कतै टिभी च्यानल बन्द, कतै हस्ताक्षर संकलन

काठमाडौं । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भारतप्रति नेपालमा आक्रोश बढ्दै गएको छ । आफ्नो अनुकुल संविधान नबनेपछि अघोषित नाकाबन्दी गरेपछि नेपालीहरुले भारत विरुद्ध प्रदर्शन दगायतका बिभिन्न कार्यक्रम सार्बजनिक गरेका छन् ।

१३ विद्यार्थीले राष्ट्रसंघको ध्यानाकर्षण गराउने

१३ विद्यार्थी संगठनहरुको आइतबार बसेको संयुक्त बैठकले भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोध गर्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अनेरास्ववियूको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले तत्काल नाकाबन्दी फिर्ता लिन र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रहसहित लैनचौरस्थित भारतीय दूतावासको ध्यानाकर्षण गराएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय गाडी र चलचित्रहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

राष्ट्रिय स्वाधिनताका निम्ति भन्दै समावेशी समानुपातिक गठबन्धन नाम दिएर साना ६ दलले मोर्चासमेत निर्माण गरिसकेका छन् ।

शान्तिबाटीमा युवाहरुको प्रदर्शन

\"youth-strike-against-India\"भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको विरोध गर्दै युवाहरुले आइतबार काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमार्फत आह्वान गरेर अपरान्ह चार बजे भेला भएका युवाहरुले राष्ट्रिय झण्डासहित एक घण्टासम्म प्रदर्शन गरेका हुन् ।

हामी युवा अभियानको आह्वानमा प्रदर्शनमा सहभागी भएकाहरुले भारत बिरुद्ध चर्को नाराबाजी गरेका थिए । कार्यक्रम राष्ट्रियगानबाट सुरु भएको थियो । राष्ट्रियगान गाइरहँदा सबै सहभागिहरुले आ–आफ्नो हातमा रहेको चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्नेहरुले भारतीय हस्तक्षेपको कडा शब्दमा प्रतिवाद गर्दै राष्ट्रियताको निम्ति जस्तोसुकै कठिन लडाइँ लड्न पनि पछि पर्न नहुने बताएका थिए ।

बारामा हस्ताक्षर संकलन

बाराको सिमरबासी युवाहरुले भारतीय हस्तक्षेपको विरोध र राष्ट्रियताको पक्षमा भावना जागृत गर्ने उद्देश्यले सचेतना अभियान शुरु गरेका हुन् । भारतीय हस्तक्षेपको विरोधमा सिमरा चोकमा शुरु भएको हस्ताक्षर अभियानमा हजारौंले हस्ताक्षर गरिसकेका छन् । राष्ट्रिय गीतसंगै बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा बिभिन्न पेशाकर्मी, राजनीतीक नेता–कार्यकर्ता र सर्वसाधारणले सहभागिता जनाएका छन् ।

चितवनमा भारतीय टिभी च्यानल बन्द

चितवनका केबुल टेलिभिजन सञ्चालकहरुले भारतीय टिभी च्यानलको प्रसारण बन्द गराएका छन् । नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै केवुल टिभी र सीम टिभीले सबै भारतीय टेलिभिजन च्यानलहरू बन्द गरेका हुन् ।

शनिबारदेखि भारतीय समाचारमुलक, मनोरञ्जनात्मक तथा हिन्दी भाषा प्रयोग भएर प्रसारण हुने सबै भारतीय टेलिभिजनहरूको प्रसारण रोकिएको छ । केवुल सञ्चालकहरुले राष्ट्रिय स्वाधिनताको मुद्दामा आफूहरुले पनि सहयोग गरेको बताएका छन् । उनीहरुले केन्द्रीय तहबाट नै भारतीय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग पनि गरेका छन् । नवलपरासीमा पाँच दिने अल्टिमेटम

नवलपरासीमा हिन्दी गीत, कार्यक्रम र चलचित्र प्रसारण बन्द गर्ने अभियान चलाइएको छ । युवा विद्यार्थीहरुले पाँच दिन भित्र रेडियो, टिभी र चलचित्र हलमा भारतीय गीत, कार्यक्रम, चलचित्र प्रसारण नगर्न आह्वान गरेका छन् ।

भारतले अन्तराष्ट्रिय कानुन विपरित भूपरिवेष्ठित देश नेपालमा नाकाबन्दी गरेपछि स्थानीय आक्रोशित छन् ।

बाँकेमा पनि विरोध

\"pardasan\"बाँकेको नेपालगञ्जमा पनि भारतीय हस्तक्षेपको विरोध प्रदर्शन भएको छ । युवा विद्यार्थीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डासहित भारत विरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणेशमान चोकबाट निकालेको विरोध ¥याली बीपीचोकमा पुगेर सम्पन्न भएको थियो । बीपीचोकमा आयोजित कोणसभालाई सम्वोधन गरेका विद्यार्थी नेताहरुले नेपालको समस्या समाधान गर्न नेपालीहरु नै सक्षम रहेको भन्दै अनावश्यक चासो र हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: