Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतविरुद्ध आक्रोश बढ्दो, कतै टिभी च्यानल बन्द, कतै हस्ताक्षर संकलन

काठमाडौं । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भारतप्रति नेपालमा आक्रोश बढ्दै गएको छ । आफ्नो अनुकुल संविधान नबनेपछि अघोषित नाकाबन्दी गरेपछि नेपालीहरुले भारत विरुद्ध प्रदर्शन दगायतका बिभिन्न कार्यक्रम सार्बजनिक गरेका छन् ।

१३ विद्यार्थीले राष्ट्रसंघको ध्यानाकर्षण गराउने

१३ विद्यार्थी संगठनहरुको आइतबार बसेको संयुक्त बैठकले भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोध गर्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अनेरास्ववियूको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले तत्काल नाकाबन्दी फिर्ता लिन र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रहसहित लैनचौरस्थित भारतीय दूतावासको ध्यानाकर्षण गराएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय गाडी र चलचित्रहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

राष्ट्रिय स्वाधिनताका निम्ति भन्दै समावेशी समानुपातिक गठबन्धन नाम दिएर साना ६ दलले मोर्चासमेत निर्माण गरिसकेका छन् ।

शान्तिबाटीमा युवाहरुको प्रदर्शन

\"youth-strike-against-India\"भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको विरोध गर्दै युवाहरुले आइतबार काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमार्फत आह्वान गरेर अपरान्ह चार बजे भेला भएका युवाहरुले राष्ट्रिय झण्डासहित एक घण्टासम्म प्रदर्शन गरेका हुन् ।

हामी युवा अभियानको आह्वानमा प्रदर्शनमा सहभागी भएकाहरुले भारत बिरुद्ध चर्को नाराबाजी गरेका थिए । कार्यक्रम राष्ट्रियगानबाट सुरु भएको थियो । राष्ट्रियगान गाइरहँदा सबै सहभागिहरुले आ–आफ्नो हातमा रहेको चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्नेहरुले भारतीय हस्तक्षेपको कडा शब्दमा प्रतिवाद गर्दै राष्ट्रियताको निम्ति जस्तोसुकै कठिन लडाइँ लड्न पनि पछि पर्न नहुने बताएका थिए ।

बारामा हस्ताक्षर संकलन

बाराको सिमरबासी युवाहरुले भारतीय हस्तक्षेपको विरोध र राष्ट्रियताको पक्षमा भावना जागृत गर्ने उद्देश्यले सचेतना अभियान शुरु गरेका हुन् । भारतीय हस्तक्षेपको विरोधमा सिमरा चोकमा शुरु भएको हस्ताक्षर अभियानमा हजारौंले हस्ताक्षर गरिसकेका छन् । राष्ट्रिय गीतसंगै बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा बिभिन्न पेशाकर्मी, राजनीतीक नेता–कार्यकर्ता र सर्वसाधारणले सहभागिता जनाएका छन् ।

चितवनमा भारतीय टिभी च्यानल बन्द

चितवनका केबुल टेलिभिजन सञ्चालकहरुले भारतीय टिभी च्यानलको प्रसारण बन्द गराएका छन् । नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै केवुल टिभी र सीम टिभीले सबै भारतीय टेलिभिजन च्यानलहरू बन्द गरेका हुन् ।

शनिबारदेखि भारतीय समाचारमुलक, मनोरञ्जनात्मक तथा हिन्दी भाषा प्रयोग भएर प्रसारण हुने सबै भारतीय टेलिभिजनहरूको प्रसारण रोकिएको छ । केवुल सञ्चालकहरुले राष्ट्रिय स्वाधिनताको मुद्दामा आफूहरुले पनि सहयोग गरेको बताएका छन् । उनीहरुले केन्द्रीय तहबाट नै भारतीय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग पनि गरेका छन् । नवलपरासीमा पाँच दिने अल्टिमेटम

नवलपरासीमा हिन्दी गीत, कार्यक्रम र चलचित्र प्रसारण बन्द गर्ने अभियान चलाइएको छ । युवा विद्यार्थीहरुले पाँच दिन भित्र रेडियो, टिभी र चलचित्र हलमा भारतीय गीत, कार्यक्रम, चलचित्र प्रसारण नगर्न आह्वान गरेका छन् ।

भारतले अन्तराष्ट्रिय कानुन विपरित भूपरिवेष्ठित देश नेपालमा नाकाबन्दी गरेपछि स्थानीय आक्रोशित छन् ।

बाँकेमा पनि विरोध

\"pardasan\"बाँकेको नेपालगञ्जमा पनि भारतीय हस्तक्षेपको विरोध प्रदर्शन भएको छ । युवा विद्यार्थीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डासहित भारत विरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणेशमान चोकबाट निकालेको विरोध ¥याली बीपीचोकमा पुगेर सम्पन्न भएको थियो । बीपीचोकमा आयोजित कोणसभालाई सम्वोधन गरेका विद्यार्थी नेताहरुले नेपालको समस्या समाधान गर्न नेपालीहरु नै सक्षम रहेको भन्दै अनावश्यक चासो र हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending