Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

\"mahindraन्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक डा पिटर आर लेभ्वाईबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच  नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । नेपालमा लोकतान्त्रिक विधिद्वारा संविधानसभाबाट संविधान जारी भएको र यसमा अमेरिकाको पनि समर्थन रहेको बताउँदै अमेरिकी वरिष्ठ निर्देशक लेभ्वाईले आगामी दिनमा नेपाललाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा चासो राखेका थिए । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । साथै लोकतान्त्रिक विधिद्वारा बनेको संविधानमा आफ्नो देशको पनि समर्थन रहेको वरिष्ठ निर्देशक लेभ्वाईले बताएका थिए । सो भेटमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि दुर्गा भट्टराई र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीसहितका परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहेको थियो । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र संयुक्त राष्ट्रसङ्घका राजनीतिक विभाग मामिलाका उपमहासचिव जेफ्री डी फेलेटम्यानबीच आज संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घले नेपालको संविधान निर्माण प्रक्रियालाई शान्तिप्रक्रियाको कोसेढुङ्गा भनेर समर्थन गरिसकेको सन्दर्भमा लोकतान्त्रिक विधिद्वारा जारी भएको संविधानको स्वागत गरिएको र असन्तुष्टका मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्नुपर्ने बारेमा छलफल भएको मन्त्री पाण्डेले बताए । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र दक्षिण र मध्य एसियन मामिलाका अमेरिकी सहायकमन्त्री निशा देशाई विश्वालबीच पनि आज यहाँ भेटवार्ता भएको छ । सो अवसरमा सहायक विदेशमन्त्री देशाईले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गरेकी थिइन । मन्त्री पाण्डेका अनुसार अमेरिकाले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गर्नुका साथै असन्तुष्टका मागलाई पनि सहमतिबाटै समाधान गर्न अग्रसर हुनुपर्ने धारणा राखेको थियो । सो अवसरमा नेपालीले सशस्त्र द्वन्द्वलाई समेत कुशलतापूर्वक शान्तिपूर्वक समाधान गरेको सन्दर्भमा अहिले उठेको मागलाई पनि सहमतिकै माध्यमबाट टुङ्ग्याउन सकिने धारणा राखेको थियो । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र स्विडेनका अन्तर्राष्ट्रिय विकास सहयोग मन्त्री इजावेल लोभिनबीच पनि आज यहाँ भेटवार्ता भएको छ । भेटवार्तामा स्विडेनले नेपालमा संविधान जारी भएकामा खुसी प्रकट गरेको थियो । साथै सो भेटवार्तामा द्विपक्षीय हित र चासो एवम् सहयोगका बारेमा छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending