Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

\"mahindraन्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक डा पिटर आर लेभ्वाईबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच  नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । नेपालमा लोकतान्त्रिक विधिद्वारा संविधानसभाबाट संविधान जारी भएको र यसमा अमेरिकाको पनि समर्थन रहेको बताउँदै अमेरिकी वरिष्ठ निर्देशक लेभ्वाईले आगामी दिनमा नेपाललाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा चासो राखेका थिए । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । साथै लोकतान्त्रिक विधिद्वारा बनेको संविधानमा आफ्नो देशको पनि समर्थन रहेको वरिष्ठ निर्देशक लेभ्वाईले बताएका थिए । सो भेटमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि दुर्गा भट्टराई र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीसहितका परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहेको थियो । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र संयुक्त राष्ट्रसङ्घका राजनीतिक विभाग मामिलाका उपमहासचिव जेफ्री डी फेलेटम्यानबीच आज संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घले नेपालको संविधान निर्माण प्रक्रियालाई शान्तिप्रक्रियाको कोसेढुङ्गा भनेर समर्थन गरिसकेको सन्दर्भमा लोकतान्त्रिक विधिद्वारा जारी भएको संविधानको स्वागत गरिएको र असन्तुष्टका मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्नुपर्ने बारेमा छलफल भएको मन्त्री पाण्डेले बताए । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र दक्षिण र मध्य एसियन मामिलाका अमेरिकी सहायकमन्त्री निशा देशाई विश्वालबीच पनि आज यहाँ भेटवार्ता भएको छ । सो अवसरमा सहायक विदेशमन्त्री देशाईले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गरेकी थिइन । मन्त्री पाण्डेका अनुसार अमेरिकाले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गर्नुका साथै असन्तुष्टका मागलाई पनि सहमतिबाटै समाधान गर्न अग्रसर हुनुपर्ने धारणा राखेको थियो । सो अवसरमा नेपालीले सशस्त्र द्वन्द्वलाई समेत कुशलतापूर्वक शान्तिपूर्वक समाधान गरेको सन्दर्भमा अहिले उठेको मागलाई पनि सहमतिकै माध्यमबाट टुङ्ग्याउन सकिने धारणा राखेको थियो । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र स्विडेनका अन्तर्राष्ट्रिय विकास सहयोग मन्त्री इजावेल लोभिनबीच पनि आज यहाँ भेटवार्ता भएको छ । भेटवार्तामा स्विडेनले नेपालमा संविधान जारी भएकामा खुसी प्रकट गरेको थियो । साथै सो भेटवार्तामा द्विपक्षीय हित र चासो एवम् सहयोगका बारेमा छलफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending