Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रचण्ड फेरि संविधान बहिष्कार गरेका दलसँग नरम

\"Prachanda_shirsha\"काठमाठाैं । मधेसकेन्द्रित दलहरूसँगको गठबन्धन विपरीत कांग्रेस, एमालेलगायत तीन दलसँग १६ बुँदे सहमति गरी संविधान जारी गराउन अग्रणी भूमिका खेलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि संविधान बहिष्कार गरेका ती दलहरूप्रति नरम देखिएका छन्।
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ– बुधबार भारतीय राजदूत रञ्जित रेसँग भएको भेटवार्तामा उनले त्यस्तो संकेत दिएका हुन्। राजदूत रे बुधबार बिहान दाहाललाई भेट्न उनकै निवास लाजिम्पाट पुगेका थिए।\'महन्थ ठाकुरजीले ल्याएका पाँचवटा सर्त पूरा गरिदिन प्रधानमन्त्रीसँग कुरा गरिरहेको छु,\' दाहालले अन्नपूर्णसँग भने, \'त्यसो भएमा औपचारिक वार्ता हुन्छ । आन्दोलनरत मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन गरेर अगाडि बढ्न बल गरिँदैछ।\'
सामाजिक न्यायका लागि समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने, सीमांकनमा नमिलेका विषयलाई संघीय आयोगमार्फत मिलाउने, अहिलेका ७५ जिल्लामा एउटा क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयलाई समेटेर संविधानको पहिलो संशोधन गर्न तीन दलका शीर्ष नेता सहमत भएका छन्।
संविधान घोषणापछि गम्भीर चुनौती र संकटको सामना गरेका प्रमुख तीन दलका नेताहरूले नाकाबन्दी खुलाउन राजनीतिक र कूटनीतिक तहमा वार्ता गरिरहेका छन्। एमाओवादी अध्यक्ष दाहालले नाकाबन्दी खोल्न कूटनीतिक र राजनीतिक तहमा छलफल भइरहेको जानकारी दिए।
केही दिनअघि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग टेलिफोन वार्ता गरी नाकाबन्दी खुलाइदिन आग्रह गरेका थिए । नेपालमा बढेको भारतविरोधी मानसिकताप्रति भारतीय कूटनीतिज्ञले पनि चासो व्यक्त गर्न थालेका छन्।
तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गरिएको आठबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति, सेना फिर्ता, थुनामा रहेकाको रिहाइ भएमा वार्ताका लागि वातावरण बन्ने बताउँदै आएका छन्।
पछिल्लो समयमा मधेस केन्द्रित दलका नेताहरूले पनि वार्ताका लागि लचकता देखाएका छन्। नाकाबन्दी खुला गरिदिन आग्रह गर्ने तीन दलका शीर्ष नेतालाई राजदूत रेले दिने गरेको जबाफ उद्धृत गर्दै उच्च स्रोतले भन्यो, \'हाम्रो सीमा क्षेत्रमा भइरहेको आन्दोलनलाई छिटो वार्ता गरी आन्दोलनकारीका माग सम्बोधन गरिदिए अवस्थालाई सामान्य गर्न सजिलो हुन्थ्यो।\' \'हामी एउटा चरणबाट अर्को चरणमा प्रवेश गरेका छौं।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending