Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पार्टीमा राजिनामा ठोकेर भकुण्डेमा ‘कालो धान’ फलाइरहेका लोकेन्द्र विष्ट

\"lokendra_dhan_khetiकाठमाडौं । केही समयअघि पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका एमाओवादी नेता तथा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर कहाँ छन् ? उनी के गर्दैछन् ? आम मानिसमा यस्तो जिज्ञासा हुनु स्वाभाविक हो । करिब पूरै जीवन राजनीतिमै बिताएका विष्ट हक्की स्वभावका थिए । पछिल्ला केही वर्षयता एमाओवादीमा देखिएको अस्तव्यस्ततासँग असहमति जनाए । र, अचेल विष्ट राजनीतिक दिनचर्यामा छैनन् । विष्टलाई आजकाल काभ्रेको भकुण्डेबेसीमा हाफ्पाइन्ट लगाएर खेतमा पानी हालिरहेको कसैले भेटे नझुक्किए हुन्छ । उनी तिनै पूर्वमन्त्री विष्ट हुन् । रोशी या सुनकोशीमा जाल हान्दै गरेका विष्टजस्तै कोही देखिए नि नझुक्किनुस् । उनी उनै विष्ट हुन् । आजभोलि विष्ट किसान भएका छन् । रुकुम स्थायी घर भएका विष्ट काठमाडौंस्थित काँडाघारीमा परिवारलाई राखेर काभ्रेको भुकण्डेबेसीमा कालो धान फलाएका छन् । सिन्धुली–काठमाडौं सडक खण्डको भकुण्डेबेसी बजार सकिनासाथ बायाँ मोडिने कच्ची सडक छ । त्यो सडक समातेर करिब सय मिटर काटे एउटा ठुलो भकुण्डे पोल्ट्रीफर्म नामक कुखुरा फर्मका लागि बनाइएको दुईतले टहरो भेटिन्छ । एमाओवादीका स्थानीय कार्यकर्ता धर्मसिंह लामाको फर्म केही समययता संचालनमा छैन । गएको भुकम्पले टहरोको दुबै चौडाइका भित्ता भत्काइपछि कुखुरा छैनन् । लामाले टहरो मर्मत गर्दैछन् । सोही फर्ममा कामदारका लागि बनाइएको सानो एककोठे अर्को टहरो छ । विष्ट त्यो टहरोमा भेटिन्छन् । प्रायः विष्टको साथमा भेटिने लामाकै सहयोगमा विष्टले आसपासका सात ठाउँमा गरी ५३ रोपनी खेत स्थानीयसँग भाडामा लिएका छन् । त्यसमध्ये ४३ रोपनी खेतमा कालो धान (G60 Black rice) लगाएका छन् । हामीलाई साथमा लिएर गएका विष्टले हिँड्ने बेलामा हिसाब निकालेः ‘८० देखि ८५ मुरी फल्छ होला ।’ त्यसपछि भने, ‘अनुभव भएन ।’ पानीको समस्या छ । अलि तलको सानो खोलाबाट तीनवटा मेसिन लगाएर केही खेतमा पानी लगाएका छन् । ९ रोपनीमा उनले कालो भटमास लगाएका छन् । अलि माथि तीन रोपनीमा भने खुमलचार धान । बिउ निकाल्दैछन्– इण्डोनिसियन बोडीको । थोरै । बिउको लागि मात्र लगाएका । उक्त बोडीको लम्बाई ६०–८० सेन्टीमिटर हुने उनले जानकारी दिए । स्विट कर्न मकैको १७ गेडा ल्याएर रोपेका रे । १२ बोट मात्रै उम्रिएछ । सुनाए– यो पनि बिउलाई हो । \"lokendra_dhan_kheti \"lokendra_dhan_khetiउनका दिनचर्या आजकाल भकुण्डेमै बित्छ । उनले भने– अरुले खेत रोप्दा म बिउको व्याड राख्दैथिएँ । मानिसहरुले अचम्म माने । अरुका खेतमा धान लहलह झुल्दा उनको कालो धान बुथुरे थियो । कालो धानबारे थाहा नपाएका ती किसानले विष्टको खेत हेर्दै गिज्याए । विष्ट कुनै खेतको आलीमा बसेर सुने । घामले डढेका विष्टका खुट्टाका औंला पहेला थिए । उनले भने– हिलोले खायो । हिलो औषधी तेल बेसार लगाएको हुँ । फुर्सदमा जाल खेल्न दाप्चाखोला, रोशी र सुनकोशी पुग्छन् । सानो, मध्यम र ठुलो गरी तीनवटा जाल छन्, उनीसित । उनका बा खुबै जाल खेल्थे । उनी आफ्ना बासँगै जान्थे । सम्झन्छन् –सानो थिएँ, बाले एकदिन सोधे– म मरे भने यो जाल के गर्छस् ? बाले भनेछन्, ‘जाल खेल्न सिक् ।’ जनयुद्धकालमा पनि उनी जाल खेल्थे । माछा मारेर छापामारलाई खुवाउँथे । लामाले बीचमै सुनाए– दाइ कहिलेकाहीँ त रित्तै आउनुहुन्छ । विष्टले दुखेसो गरे– करेन्ट लाउने र विषादी हाल्नेले माछा मासे । उनले यसपालिको एक सिजनलाई मात्रै खेत भाडामा लिएका छन् । प्रति रोपनी ८ हजारका दरले भाडा तिर्नुपर्छ । कालो धानको नाम भकुण्डेका किसानले सुनेका त थिए तर देखेका थिएनन् । के हो कालो धान धानको एक प्रजाति हो, कालो धान । समुन्द्री सतहबाट एक हजारदेखि बाईस सय मिटरको उचाईमा फल्ने यसलाई (G60 Black rice) भनिन्छ । चीनबाट आयातीत यो धानको व्यावसायिक खेती नेपालमा छैन । यो धान नेपाल भित्रिएको पाँच वर्ष भयो भने बिउ पाइन थालेको तीन वर्ष । केही किसानले परीक्षणको रुपमा मात्रै खेती गरेका छन् । सबैभन्दा ठुलो परिमाणमा खेती गर्ने विष्ट नै हुन् । यो धान कालो रंगको हुन्छ । धान कुटेर चामल बनाएपछि पनि यो कालै हुन्छ । २२ सय मिटरको उचाईमा गरिएको खेतीबाट भने यसको निक्खरता र प्राकृतिकपन (गाढा कालोपन) आउने विष्ट बताउँछन् । धान कुटेर चामल बनाएपछि यो चामलको मूल्य प्रति किलो  ३–५ सय रुपैयाँ पर्छ । काठमाडौंलगायतका धनी तथा मध्यम वर्गले यसको फाइदाबारे जानेका छन् । खान थालेका छन् । कालो धानको फाइदा यो धान (चामल) उच्च पोषणयुक्त हुन्छ । क्यान्सर, अल्जाइमर्स, प्रेसर, रक्तअल्पता लगायतका रोगीलाई यसले फाइदा गर्छ । मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्छ । चीनलगायत विकसित मुलुकमा यसको प्रयोग अनिवार्यजस्तो मानिन्छ । यो चामल (प्रति व्यक्ति) एक छाकमा १५ ग्रामभन्दा बढी खान हुँदैन । बढी खाए अपच हुन सक्छ ।  खाना पकाउँदा अन्य चामलसँग माथि उल्लेखित मात्रामा मिसाएर खाना पकाउनु पर्छ । तर यो चामल करिब १२ घण्टा भिजाएपछि मात्र अर्को जातको चामलसँग मिसाउँदा सँगै पाक्छ । यो चामलको मिसावटले पुरै भातको रंग कलेजीे हुन्छ । कालो धानको ठुला उत्पादक विष्ट यसको व्यावसायिक खेती नभए पनि मागचाहिँ बढेको छ । विष्ट यसको व्यावसायिक खेती गर्ने ठुला उत्पादक किसान हुन् । उनले ३२ केजी बिउलाई ३२ हजार रुपैयाँमा किनेका थिए । उनी यसपालि बिउ उत्पादन गर्न चाहन्छन् । उनले भने –किसानलाई फाइदाजनक र गुणस्तरीय खेतीमा आर्कषित गर्नु मेरो काम हो । त्यसैले सकेसम्म सबै खेतबाट बिउ छान्न कोसिस गर्छु र किसानकहाँ पु¥याउँछु । कालो धान खेतीमा पुगेका विष्टको रोचक कथा राजिनामा दिएका विष्ट कृषिमा केही गर्नुपर्छ भन्ने सोचेर दाङ पुगे । केही ठाउँमा खेत हेरे । नयाँ र गुणस्तरीय खेती गर्ने सोचेका विष्ट झण्डै पाँच महिना दाङमा बसेर । जमिन र उत्पादनको अध्ययन गरे । त्यसबीचमा रुकुमका सरुण बाँठा मगरसँग उनको भेट भयो । उनै सरुणले करिब १३ कट्ठा खेतमा कालो धान लगाएका रहेछन् । उनैले सुनाए कालो धानको फाइदा । केही नयाँ गर्ने प्रतिवद्धताका जब्बर विष्टले तत्कालै बिउ मगाए र काठमाडौं फर्के । बिउ मगाएका विष्टसँग जमिन थिएन । युद्धकालमा काम गर्दा जमिन देखेको आधारमा एक्लै लोकल बस चढेर भकुण्डे पुगे, जमिन खोज्न । उनको उद्देश्य जमिन हेर्ने मात्रै थियो । पानी र जमिन हेर्दाहेर्दै साँझ परेको विष्टले पत्तै पाएनन् । काठमाडौं फर्कने गाडी नपाएपछि स्थानीय एमाओवादीलाई फोन गरे । आफू भकुण्डेचोकमा अलपत्र परेको सुनाए । तिनै साथीले भकुण्डेका धर्मसिंह लामालाई विष्ट भएको ठाउँमा लिन पठाए । त्यस रात उनै लामाको घरमा बास बसे । विष्टले आफू जमिन भाडामा खोज्न आएको बताए । लामाले प्रयास गर्छु भने । विष्ट विहानै चार बजे उठेर काठमाडौंको नयाँ बसपार्क हानिए । कारण थियो, दाङबाट धानको बिउ नयाँ बसपार्क आइसकेको थियो । धानको बिउ बोकेर पुनः उनी भकुण्डे फर्किए । लामासित जमिन भाडामा खोज्न निस्के । अन्ततः सहयोगी लामाको साथमा कालो धान फलाए । धर्मसिंह पनि विष्टजस्तै काभ्रे भकुण्डेका स्थानीय धर्मसिंहको पुरानो घर खनालथोक ७ मा पर्छ । उनले स्थानीय किसानलाई उत्प्रेरित गर्न उन्नत खेती तथा पोल्ट्री र बाख्रा पालेका छन् । उनी खोरमा भएको विटल क्रस जमुनापारी बोका ब्रिडिङ गर्ने योजनामा छन् । जसबाट नश्ल सुधार हुन्छ र उन्नत जातको बाख्रा उत्पादन हुन्छन् । \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti  \"lokendra_dhan_kheti \"lokendra_dhan_kheti  \"lokendra_dhan_kheti
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending