Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

ठमेलको टर्टल क्लबमा युवकमाथि आक्रमण, ७ पटकसम्म मुद्दा चलेको श्रेष्ठ पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवामाथि ज्यान जाने गरी आक्रमण गरेको आरोपमा ३४ वर्षीय सुमन (विष्णु)श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, ६ पुसमा क्लबमा रोशनकुमार शाहीलाई फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो। आक्रमणमा युवाको नाक समेत भाँचिएको थियो।

सुमनविरुद्ध यसअघि पनि ७ पटकसम्म मुद्दा चलेको भेटिएको प्रहरीले बताएको छ ।

२६ माघ २०७० मा प्रहरी कालिमाटीबाट अभद्र व्यवहारको कसुरमा, १५ साउन २०७५ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट अभद्र कसुरमा, ३० साउन २०७५ मै ललितपुरबाट चोरी कसुरमा, २४ पुस २०७६ मा ललितपुरबाटै अभद्र कसुरमा, २१ भदौ २०७८ मा कालिमाटीबाट ज्यान मार्ने उद्योगको कसुरमा, १२ साउन २०८० मा महाराजगञ्जबाट अभद्र कसुरमा र १९ साउन २०८० मा महाराजगञ्जबाटै चोरी कसुरमा मुद्दा चलेको भेटिएको हो ।

ठमेल क्षेत्रमा उनी गुण्डागर्दी गर्दै हिँड्ने गरेको पाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...

गैरीगाउँमा भीषण आगलागी, काठमाडौँ र ललितपुरका दमकल परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...

हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँन उपराष्ट्रपतिको अपिल

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...

काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...

वीरगञ्जमा दुई समुदायबीचको विवाद सुल्झियो, ४ बजे सद्भाव र्‍याली निकाल्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक: राम कार्की

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...

बालेन शाहले बुझाए आयोगलाई लिखित जवाफ

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending