जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छन् । कांग्रेसले कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने उम्मेदवारका रूपमा शाहीलाई अघि सारेको हो ।
जुम्ला तथा समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित छन्। कर्णालीका दुर्गम जिल्ला, विकासमा पछाडि परेका समुदाय, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई निरन्तर उठाउँदै आएका शाहीलाई पार्टीले राष्ट्रिय सभा जस्तो गरिमामय सदनका लागि उपयुक्त व्यक्ति ठहर गर्दै उम्मेदवार बनाएको जनाएको छ ।
कर्णालीका मुद्दा राष्ट्रिय नीति निर्माण तहसम्म पुर्याउन सक्ने क्षमता, राजनीतिक अनुभव र समन्वयकारी भूमिकाका कारण शाहीलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेश सभापतिको हैसियतमा उनले पार्टी संगठनलाई जिल्लादेखि वडास्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छन् । शाहीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै कर्णालीको समग्र विकास, पछाडि परेका वर्ग र क्षेत्रका आवाज राष्ट्रिय सभामा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरे।
कर्णाली अझै पनि विकास, अवसर र पहुँचका हिसाबले पछाडि परेको क्षेत्र हो । यदि राष्ट्रिय सभामा पुग्ने अवसर पाए भने कर्णालीका नागरिकका अधिकार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ छ । राष्ट्रिय सभा सङ्घीय संसदको महत्त्वपूर्ण अङ्ग भएकाले यहाँ प्रस्तुत हुने नीति, कानून र राष्ट्रिय सरोकारका विषयले देशको दीर्घकालीन दिशालाई प्रभाव पार्ने गर्छन् ।
यस सन्दर्भमा कांग्रेसले कर्णालीबाट अनुभवी र क्षेत्रीय प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ । कर्णाली प्रदेशमा कांग्रेसभित्र शाहीको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ । पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले शाहीको उम्मेदवारीले कर्णालीको राजनीतिक उपस्थिति राष्ट्रिय स्तरमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
साथै, शाहीको उम्मेदवारीले कांग्रेस संगठनलाई थप उत्साहित बनाएको उनीहरूको भनाइ छ । माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ । यस निर्वाचनलाई कर्णालीको राजनीतिक भविष्य र राष्ट्रिय राजनीतिमा प्रदेशको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...
पौष २४ गते, २०८२ - १६:५१
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्...
पौष २४ गते, २०८२ - १६:४२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...
पौष २४ गते, २०८२ - १६:३७
नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...
पौष २४ गते, २०८२ - १६:२७
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...
पौष २४ गते, २०८२ - १६:०७
पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ
पौष २४ गते, २०८२ - १५:४१
काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...
पौष २४ गते, २०८२ - १५:३०
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने ...
पौष २४ गते, २०८२ - १५:१७
ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...
पौष २४ गते, २०८२ - १४:५३
ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...




प्रतिकृया लेख्नुहोस्: